October 31, 2005

Hetauda-KTM

Filed under: Information

October 29, 2005

Cheerful Vs Gloomy

दुःख र सुखका पर्यायवाचीहरु
समय र परिस्थितिसंग जुध्दाजुध्दै साउदी अरेवियाको अत्यन्तै तातो वालुवामा आफ्नो दीनचर्या अनि जीवनका पैयाहरु खियाउने क्रममा विषम परिस्थितिसंग संझौता गर्दै कहिले हाँसो र कहिले दुःखका पर्यायवाचीहरुसंग पौठेजोरी खेल्दै सरदका अत्यन्तै कठांग्रिने रातहरु हुन् अथवा ग्रीष्मका छाला खुइलिने पचास डिग्रीभन्दा माथिको तापक्रमलाई सहदै सुनौलो भविष्यको खोजीमा साउदी अरेविया छिर्ने हरेक नेपालीको कथा ज्यादै मार्मिक हुने गर्दछ ।

सरकार र सम्बन्धीत निकायहरुले त आफ्नो दुनो सोझ्याउने काम मात्र गर्दछन् । यहाँ आएपछि थाहा हुन्छ वैदेसिक रोजगारको मतलव र वास्तविकता जुन सम्झदा पनि उदेक लाग्ने गर्दछ । विहान घाम झुल्कनु पूर्व नै कभर अल (एक प्रकारको लुगा जुन तलदेखि माथि सम्म एउटै हुन्छ) लगाएर काममा निस्कनु पर्दछ । पचास भन्दा माथि तापक्रममा मरुभुमिमा अवस्थित तेलका कुवा, पाइप लाइन तथा ग्याँसका कुवाहरुमा काम गर्नु पर्ने कुरा नेपालीहरुले सपनामा पनि चिताएका हुदैनन् । के गर्नु कहिलेकाही त यति टाढा जानु पर्दछ कि साथमा पिउने पानी समेत नपाएर छट्पटाउनु सिवाय अर्को विकल्प हुन्न । तैपनि जिउनु त पर्दछ नै, आँशु पिएर, देश समाज र राष्ट्रको लागि अथवा आफ्नै परिवारको लागि पलपल मरेर एउटा सुनौलो भविष्यको आशा त गर्नु पर्दछ नै । तर पनि कहिलेकाही छुट्टीका दिनहरुमा यसरी दोहरी गाएर अथवा नाचगान गरेर दुखहरु भुल्दा पनि गाउँवेशी र रोदीको सम्झना विउतने गर्दछ, साउदी अरेवियाकै मरुभूमिमा भएपनि ।

October 26, 2005

My duty in Aramco Project


Aramco Coference Room, Udhailiyah East Admin Bledg RM#305 (more…)

Photos in KSA

साउदी अरेविया भित्र कार्यरत नेपालीहरुको केही तस्विरहरुः
देश त्रिकोणात्मक द्धन्दमा होमिएको बेला नेपाली युवाहरु विदेसिने क्रम व्यापकरुपमा चर्केको छ । यसै सिलसिलामा खाडी मुलुक भित्रिने क्रममा साउदी अरेविया भित्र्ने नेपालीहरुको संख्या वृहत भइसकेको छ । आजकल त साउदी अरेवियाको जुनसुकै ठाउँमा प्रशस्त नेपालीहरु देखिने गर्दछ ।
उजाड मरुभूमिम एक नेपाली भेट्दा जुन आनन्द र खुशी पहिले महसुस गरिन्थ्यो आजकल त साउदी अरवमा पनि मिनी नेपाल भइसकेको तथ्यांकले जनाउँछ । अझ भन्नु पर्दा नेपालीरुको जमात विशेष गरी साउदी अरेवियाको राजधानी रीयादको सोनी विल्डिङ, दमामको दमाम गार्डेन तथा उधेलियाको कन्ट्राक्टर पार्कलाई लिन सकिन्छ । वर्तमानमा दुख झेलेर सुनौलो भविष्यको कल्पनामा डुव्न पुगेका नेपालीहरुको केही तस्विरहरु यहाँ मैले प्रस्तुत गर्न खोजेको छु । (more…)

October 23, 2005

Press Release from Radio Patrakar Sangharsa Samiti

Filed under: News

स्वतन्त्र रेडियो पत्रकार संर्घार्ष समिति २०६२ को प्रेस विज्ञप्ति
नेपाली संचार क्षेत्रमाथिको निरन्तर हमलाको श्रृंखलालाई निरन्तरता दिंदै गए राती सुरक्षाकर्मीहरु लगाएर स्वतन्त्र प्रसारण संस्था कान्तिपुर एफएमका प्रसारण सामग्रीहरु लुट्ने दुष्कर्मले सरकार निर्लज्जतापर्वक स्वतन्त्र संचारका विरुद्ध नाङ्गो भौतिक हस्तक्षेपमा उत्रिएको प्रमाणित भएको छ । असोज २३ गते जारी गरिएको असंवैधानिक सञ्चार अध्यादेशको राष्ट्रिय तथा अन्तर्रराष्टिय स्तरबाट समेत तीब्र विरोध भइरहेका अवस्थामा अध्यादेश लाद्ने नाममा मध्य राति कान्तिपुर एफएम प्रवेश गरी उपकरणहरु लुट्नुले सरकारको भयभीत, हतास र कायर मनस्थितिको द्योतकसमेत हो । यसरी राज्य नै लुटपाटमा उत्रनु राज्य आतंकसमेत भएकोले अब यो आतंकको शिकार कुनै पनि संचारसंस्था वा संचार माध्यम हुन सक्ने खतरा देखापरेको छ । (more…)

October 22, 2005

Manipal Teaching Hospital

हार्दिक श्रद्धाञ्जली
दुर्घटनामा परि असामयिक निधन हुन पुगेका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली
साथै शोकाकुल परिवारहरु प्रति इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्। (more…)






















Thank you for visiting my blog.