October 6, 2005

‘’ यसपाली तिहारमा म घर आउंदिन

Filed under: Literature

देश छताछुल्ल पोखिएको बेला
लाखौं चेली विधवाको पोसाकमा ढाकिएको बेला
म तिमीसंग हाँसो बाँड्न सक्तिन
त्यसैले दिदी यसपाली तिहारमा म घर आउँदिन
तिम्रो हातको सप्तरंगी टिका लाउँदिन

दाजु जंगलतिर, भाइ खाडी मूलुक छिरेको बेला
आमाको छाती चरचर चिरिएको बेला
म दुवो र मखमलीको माला लाउँदिन
साँच्चै, दिदी यसपाली म घर आउँदिन
तिम्रो हातको सप्तरंगी टिका लाउँदिन

विदेशमा नेपालीको हत्या भएको बेला
कति भाइहरु निर्दोष भइ कारागारको जीवन विताइरहेको बेला
म सेलरोटी र सगुन खाँदिन
हो, दिदी यसपाली म घर आउँदिन
तिम्रो हातको सप्तरंगी टिका लाउँदिन

खाडी मूलुकमा चेलीहरुको दुदर्शा भएको बेला
कति बहिनीहरुका चीर हरण भएको बेला
म तिहारको मण्डपमा बस्न सक्दिन
हो, दिदी यसपाली म घर आउँदिन
तिम्रो हातको सप्तरंगी टिका लाउँदिन

देशमा अमनचयन भत्किएको बेला
विदेशीले हाम्रो माटोमा आँखा लाएको बेला
म हाँसेर देउसीभैलो खेल्न सक्तिन
हो, दिदी यसपाली म घर आउँदिन
तिम्रो हातको सप्तरंगी टिका लाउँदिन

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/10/06/tihar/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.