October 12, 2005

यसपालीको दशैं पनि यस्तै भो

Filed under: Article

जीवनको यो अथाह अनि अनविज्ञ यात्रामा शैर गर्दागर्दै साढे २ दशक नाघिसकेको छ तै पनि अझै खै म मा परिपक्कता नआएको हो कि अथवा जीवनदेखि पारदर्शी भएर हो, जीवन बुझ्न सकेको छैन । प्रवासको छाती माथि टेकेको पनि लगभग ३६ महिना भइसकेको छ । अव केही समयभित्र नै स्वदेशको आँगन टेक्ने कुराको परिकल्पनामा उत्ताउलो भएछु क्यारे । हुन त मातृभूमिको यादमा पिरोलिनु तव मात्र सम्भव हुदोरहेछ जव घरपरिवार, साथीसंगी अनि गाउँवेशी, त्यो गोरेटा र घाडेटोलाई चटक्कै छाडेर विरानो मुलुकमा सास फेर्न आइपुगिन्छ ।देश, समाज, गाउँवेशी, रोदी, दशैंको लिङे पिङ, तिहारको देउसी भैलो सदैव आँखामा खुशीका आँशुहरु बनेर छत्लकिन्छन् ।

साउने संक्रान्तिको मासको बारा, घ्यू चाकु, जनपूणिमाको क्वाटी संझेर मुख मिठ्याउँनु सिवाय अर्को विकल्प हुन्न तव जाग्दोरहेछ देशप्रेम, आफू नमरी र्स्वर्ग देखिन्न भन्ने उखान सही लाग्छ आजकल ।यस्तै छ यो विरानो मुलुकमाथिको मेरो यात्रा, यसपाली त दशैंमा घर आउँछु भनेर आमालाई पठाएको चिठी पनि झुठो ठहरियो । वावाले कहिले आउँछौ भनेर गर्नु भएको टेलिफोनको उत्तर दिन सकिन, खै किन हो । प्रवासको यो जीवनमा विश्राम लिन छोटै समय भएपनि नेपाल आमाको काखमा लुटपुटि खेल्ने आशा पनि यसपालीलाईलाई थामियो । दशैंको लिङे पिङ, निधारभरि रातो टिका यसपाली पनि लगाउन नसकिने भो । नवरात्रीभरी भुटनदेवी माईको मन्दिरमा जागरम पनि बस्न सकिइएन । कुनै समय थियो हामी साथी मिलेर रातभरी जाग्रम वस्द्यथ्यौं । के केटा के केटी सवै जना रमाइलो गर्दथ्यौं त्यो आज पनि महसुस गरेर हाँस्ने गरेको छु । चुरिया माईको सुरुङ भित्र पस्दाको भययुक्त रोमाञ्जक यात्रा केवल अव त सम्झनामा मात्र सीमित रहन गएको छ । सायद अव त ति सुरुङले पनि मलाई विर्सियो होला । हेटौंडा सानो वजार तर झकिझकाउ अनि चारैतिर हरिया वोटहरुले मुख्य वजारलाई सुसजित बनाई दशैंको बेलामा हरिया वोटहरुमा साना साना विद्युती वलहरु लगाउँदा हेटौंडा बजार एकपटक त दुलही सिंगारिए झैं लाग्ने गर्दछ । त्यो परिवेशमा रम्न यसपाली पनि सकिइएन । यसपाली त शहीद स्मारक पुगेर रंगीन जीवन विताउने ठूलो सुर थियो त त्यो पनि श्यामश्वेतमा परिणत भयो । विगतलाई सम्झदा हाम्रो घरभन्दा निकै टाढा रहेको राप्तीमा पौडदाको आनन्द अझैं अनुभव भइरहेको छ । घरआँगनमा खेलिने लंगुरवर्जा र हृवाकलले पनि मलाई हेटौंडा बजार आज पनि मस्तिकमा ल्याउने गर्दछ । त्यो पिपल वोट, चुरिया माई, मनकामना, शहीद स्मारक सवैको सम्झना फेरि एकपटक मस्तिष्कमा आएको छ । के गर्नु विवशता आज मसंग धेरै छन् चाहेर पनि र्फकन सकेको छैन । साथीसंगीको माया भएर पनि भेट्न सकेको होइन । आमाको दशधारा दुतको ऋण चुकाउन सकेको होइन । बाबाको विश्वासलाई हकिकतमा परिणत गर्न अझैं कति समय लाग्ने हो ।

यिनै द्धन्द्धात्मक परिवेशबाट अल्भिmएर, उल्भिmएर यसपाली पनि महाअष्टमी, महानवमी र विजयादशमीको दिन घरको टिका जमारा थाप्न सकिएन । यसपालीको दशैं पनि यस्तै भो ।



Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/10/12/dashshain/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.