Dashain Party in Saudi Arabia
साउदी अरवमा विशेष दशैं भोज
साउदी अरविया जस्तो पृथक संस्कृति वोकेको मुस्लिम राष्ट्रमा नेपालीहरुले विशेष दशैं कार्यक्रम अरवियन फालको उथमानिया पार्कमा खसी काटेर मनाए । कार्यक्रमको निकै चहलपहल थियो । यस पर्व एक त नेपालमा माओवादीले यो पर्व भरि एकतर्फी युद्ध विराम गर्नु अर्को तर्फराजनितिक दलहरुले पनि एक अर्कामा सहयोगको भाव सृजना गर्नुले पनि यो दशैं विशेष थियो भन्ने मनस्थिति देशभन्दा बाहिर श्रम गरिरहेका हरेक नेपालीहरुको थियो । देशमा अव शान्ति स्थापना हवस् भन्ने आर्शीवाद दुर्गा भवानीबाट यस वर्षसवैमा जाउन र सवैको बुद्धि फिरोस् भन्ने आम प्रवासी नेपालीहरुको संयुक्त भाव थियो यो दशैं ।
हुन त दशैंको टिका बुधबार नै परे पनि साउदी अरवको परिस्थिति र समयलाई मध्यनजर गरी अरवियन फालका नेपालीहरुले विहीवार भव्यताका साथ मनाए । कार्यक्रममा नेपाली, भारतीय, श्रीलंकाली तथा फिलिपिनीहरुको सहभागीता थियो । कार्यक्रमको शुरुआतमा चिफ गेष्ट अरवियन फालका प्रोजेक्ट इञ्चार्ज दिनेश जीबाट शुभकामना तथा धन्यवाद ज्ञापन त्यसपश्चात नेपालीहरुको मासलाई प्रतिनिधित्व हुने गरी श्री चन्द्र सिं गुरुङबाट सवैलाई धन्यवाद तथा दशैंको पृष्ठभूमि, किन र कसरी दशैं मनाउने चलन हामीमा आएको हो भनेर स्पष्ट पार्नु भो त्यसपश्चात भोज कार्यक्रम संचालन भयो । खसी काटेको क्लीप
यस वर्षो दशैं कार्यक्रममा नेपालमा झैं केराको पातमा, चिउरा र मासु खाएर मनाउन यहाँको समय, परिस्थिती र परिवेशबाट अस्वस्थ्य रहे पनि शुद्ध नेपाली खाना बासमति चामलको भात, खसीको कवाफ, खसीको भुटन, आलु र काउली तरकारी, सलाद तथा कालो दाललाई ध्यूले झानेर विशेष परिकार वनाइएको थियो ।

Click for More Picture