October 20, 2005

Umesh Ji Ko Blog Padhda

Filed under: Own WOrds

उमेशजीको व्लग पढ्दा
वर्षौपछि मनमा कता कता साह्रै पीडा महसुस गरेको छु । त्यतिको पीडा त्यसदिन पनि भएको थिएन जतिवेला मलाई योग्यता ब९ी भएको भनि अन्तर्वार्ताबाट फ्याकिएको थियो ।
हिजो पनि सधैं झैं उमेशजीको व्लगभित्र छिरे, व्लगमा आफ्नै कुरा अन्तर्गत च्यानल नेपालबाट मेरो जागिर चट भन्ने हेरे, उदेक लाग्यो फेरि पनि एउटा हृदयस्पर्शी, मेहनती र कर्मठ साथकिो बारेमा यस्तो समाचार उहाँकै व्लगबाट थाहा पाउँदा मनमा साह्रै दुःख लाग्यो । के गर्नु, हाम्रो देश यस्तै छ, मेहनती र योग्य मानिसको कदर कमै हुन्छ । घुस्उयहा प्रवृति, नातावाद कृपावादको विगविगी छ । न सरकार स्थिर छ न त जनताले सुखको स्वास फर्ेन पाएका छन् । देश हरेक कोणबाट अस्तव्सत भइरहेको बेला एउटा परम मित्र प्रति पर्न गएको मर्माहत दुःख लेख्न पनि गाह्रो हुदोरहेछ ।
तर्सथ कमेन्टमा यस्तो लेखे
उमेशजी,
तपाईको व्लग पढें, सुन्दा दुःख लाग्यो, यो सन्सार नै यस्तै छ तर धैर्य गर्नुहोला । कुनै पनि चिज विगर्नु भनेको नयाँ निर्माणको संकेत हो । तपाई जस्ता व्यक्तिले समेत यस्ता सानातिना कुरामा चित्त दुखाउने र हरेश खाने हो भने अरुले के गर्ने रु जीवनमा समस्या नै रहेन भने जीवन जिउनुको अर्थ नै रहदैन जस्तो लाग्छ मलाई, जीन्दगी भनेको संघषर्शील हुनुपर्दछ, होइन र रु मेरै कुरा गरु न साउदी अरेविया छिर्नु अघि जिल्ला विकास समितिमा कम्प्युटर अपरेटरमा एप्लाइ गरेको थें । सवैभन्दा र्सवश्रेष्ठ रिटन र प्राक्टिकलमा हुँदाहुदै पनि इन्टरभ्यूमा फालिए, मलाई इन्टरभ्यूमा यस्तो प्रश्न गरे तपाई जस्तो वढी योग्यता भएको मानिसलाई हामीले के जागीर दिने रु यहाँ त कम्प्युटरमा अलि अलि टाइप मात्र गर्ने मानिस खोजेका हौं जवकी त्यो पोष्टको विञापन राष्ट्रिय पत्रिकामा छापिएको थियो । होला त्यतिवेला मैले त्यहाँ जागीर पाएको भए त्यै ५-७ हजारमा झुण्डिरहनु पथ्र्यो नै तर आज त्यो भन्दा केही न केही पक्कै सुधार भाको छ जस्तो लाग्छ । पैसाकै कुरा गर्दा पनि केहि त छ नै तर अनुभवहरु प्रशसतै वटुलेको छु । नयाँ नयाँ देश र महादेशका मान्छेहरु, यूरोपेलीय देखि अप्रिmका हुँदै एशियाका नाम नसुनेका देशका मानिसहरु साथीहरु भएका छन् ।
जेहोस् मित्र, समय आउँछ, धैर्य गर्नुहोस् ।
उही तपाईको मित्र
चिज

आज फेरी उमेशजीको व्लय भित्र छिर्दा अर्को शीषक ूमैले अवकाश पत्र बुझेू लिएको खवर र पाउनुपर्ने पैसा पनि पाउने नपाउने ठेगान नभएको कुरा कुराले अझ मलाई दुखी तुल्यायो । एउटा पत्रकार जसले दुनियाको दुखलाई संसार सामु ल्याएर निराकरण गर्ने पैयत्न गर्दछ उसैमाथि यस्तो दुःख पर्दा खै कसले सहारा दिने - बत्ती मुनिको अध्यारो भनेको यही होला सायद ।

हिजो रातभरी निदाउन सकिन, मन भरि अनेक कुराहरु खेलिरह्यो र भगवानसंग ओछ्यानैबाट पार्थना गरे सवै कुरा ठिक ठाक होस् ।



1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/10/20/umesh-ji-ko-blog-padhda/trackback/

  1. Dear chij, It is really the same situation i faced in Nepal and presently i am in working in UAE. How can i explain about the previous situation where i have to face partiality for the job.

    Thank and wish you all the best in the days to come.

    Yamanand Tiwari

    Comment by Yamanand Tiwari — October 26, 2005 @ 6:41 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.