Dashain Dohri Sanja
दशैं दोहरी साँझ
खाडी मुलुक साउदी अरेवियाको धेरै ठाउँहरुमा यसपाली वृहतरुपमा दशैं कार्यक्रमहरु भएको समाचार संकलन भएको छ । रिसाद राजदूतावासदेखि लिएर उधेलिया जुन शहरभन्दा टाढाको क्षेत्रमा पनि विशेष दशैं भोज कार्यक्रम भएको थियो ।
सिडी कभरको नमूना

अरेवियन फाल नामक कम्पनीका नेपालीहरुले विशेष दशैं भोज एकादशी र पूर्णिमाको दिन २ पटक आयोजना गरेका थे । पूणिर्माको अवसर पारेर गरिएको विशेष दोहरी साँझ तथा भोजको आयोजना व्यापक जनसहभागिता वीच सम्पन्न भएको थियो ।
यस दशैं भोज कार्यक्रमको श्रेय ३३ जना नेपालीहरुलाई जान्छ भनेर कार्यक्रममा वक्ताहरुले वताए । जसको सिडी बजारमा आइसकेको छ, सिडीको टाइटलमा लेखिएको छ, साउदी अरेवियाको मरुभुमिमा दशैं पर्व, यस टाइटलका जन्मदाता यसै कम्पनीका श्री दामोदर ढुंगाना हुनुहुन्छ । लोक दोहरीमा ध्रुव हमाल स्याङ्जा, उधमान कुवर, मिन बहादुर, खेमनाथ, रेशम, र साथीहरु हुनुहुन्थ्यो । गिटारमा हरी नेपाली र नाचमा समस्त सवैको उपस्थिति रहेको थियो भने गितहरु लोक दोहरी, आधुनिक गित देखि लिएर भोजपुरी गितहरुमा समेत नाचगान भएको थियो ।