Manipal Teaching Hospital
हार्दिक श्रद्धाञ्जली
दुर्घटनामा परि असामयिक निधन हुन पुगेका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली
साथै शोकाकुल परिवारहरु प्रति इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्।
पोखरामा अवस्थित मनिपाल शिक्षण अस्पताल एउटा वेल नोन अस्पताल हो । यहाँबाट शिक्षा हासिल गरेका विद्यर्थीहरुले धेरै नाम कमाएर विश्वका धेरै देशहरुमा छरिएका छन् । नेपाल र नेपालीको नाम जोडेर विश्वमा भलै वाहिर विद्यार्थीहरु भए पनि नेपालको नाम, इज्ज्तजर प्रतिष्ठा सेवा क्षेत्रबाट व्यापक फैलिरहेको अवस्थामा यो घटनाले हामी नेपालीलाई मर्माहत चोट पुगेको छ । सर्न्दर्भ मनिपालको आउँदा, करीव २ बर्षअघि जव म साउदी अरेवियाको रियाद रिफाइनरीमा कार्यरत थिए । मृगौला इन्फेक्सनको कारण जव म सेफाडक्स असपतालमा उपचारको लागि पुगे त्यसवखत एकजना लेडी डाक्टर वेगमसंग भेट भएको थियो उनी पाकिस्तानी थिइन उनले उनी पनि पोखराको मनीपालमा आफ्नो शिक्षा पूरा गरेको कुरा सुन्दा ज्यादै गर्व लागेको थियो । आज तिनै शिक्षण अस्पतालमा आएको यो दुःखद क्षणले सवैलाई मर्माहत पारेको छ । किन यस्तो घटना भयो जवकी त्यो भवनले ७ रेक्टर स्केलको भूकम्प थाम्न सक्ने प्रमाणित भएको थियो भन्ने कुरा न्यूजद्धारा व्ायपक भइरहेको वेला यसको विस्तृत जानकारी तथा दोषीलई सजाय श्री ५ को सरकरले यथास्रघ्र दिनु पर्दछ अन्यथा नेपाल र नेपाली माथिको यो अन्तरराष्ट्रिय सद्भाव र इज्जत माटोमा मिल्न बेर मान्दैन ।
केही फोटोहरु


