October 23, 2005

Press Release from Radio Patrakar Sangharsa Samiti

Filed under: News

स्वतन्त्र रेडियो पत्रकार संर्घार्ष समिति २०६२ को प्रेस विज्ञप्ति
नेपाली संचार क्षेत्रमाथिको निरन्तर हमलाको श्रृंखलालाई निरन्तरता दिंदै गए राती सुरक्षाकर्मीहरु लगाएर स्वतन्त्र प्रसारण संस्था कान्तिपुर एफएमका प्रसारण सामग्रीहरु लुट्ने दुष्कर्मले सरकार निर्लज्जतापर्वक स्वतन्त्र संचारका विरुद्ध नाङ्गो भौतिक हस्तक्षेपमा उत्रिएको प्रमाणित भएको छ । असोज २३ गते जारी गरिएको असंवैधानिक सञ्चार अध्यादेशको राष्ट्रिय तथा अन्तर्रराष्टिय स्तरबाट समेत तीब्र विरोध भइरहेका अवस्थामा अध्यादेश लाद्ने नाममा मध्य राति कान्तिपुर एफएम प्रवेश गरी उपकरणहरु लुट्नुले सरकारको भयभीत, हतास र कायर मनस्थितिको द्योतकसमेत हो । यसरी राज्य नै लुटपाटमा उत्रनु राज्य आतंकसमेत भएकोले अब यो आतंकको शिकार कुनै पनि संचारसंस्था वा संचार माध्यम हुन सक्ने खतरा देखापरेको छ ।

यो अवस्थामा सम्पू्रण संचार संस्थाका साथै संचारकर्मीहरुले थप ऐक्यवद्धताका साथ संचार स्वतन्त्रताको पक्षमा र राज्यको नाङ्गो आक्रमणका विरुद्ध कठोर संघार्ष गर्नु थप आवश्यक भएको छ । नेपालका स्वतन्त्र रेडियोहरुमा कार्यरत तथा शाही कदमपछि रोजगारीको अधिकारबाट बञ्चित हुन पुगेका हजारौं संचारकर्मीहरु त्यस प्रकारको संघर्षका लागि हरदम तयार रहेका छन् ।

सरकारका कायरतापूर्ण, अप्रजातान्त्रिक, असंवैधानिक र निरंकुश पछिल्लो हमलाले रेडियो पत्रकारहरुलाई थप आन्दोलित बनाएको छ । निरंकुशतावादी कालो अध्यादेश र सरकारी दमनचक्रका विरुद्ध सम्पू्र्ण संचारकर्मीहरुलाई आन्दोलित हुन हामी हार्दिक अपिल गर्दछौं ।

साथै कान्तिपुर एफएममा गरेको जंगली आक्रमणका लागि नेपाली संचार क्षेत्रसँग क्षमायाचना गरी एफएमबाट कब्जा गरिएका सम्पू्रण उपकरणहरु तत्काल फिर्ता गर्न हामी सरकारसँग आग्रह गर्दछौं । यसका साथै आगामी दिनमा स्वतन्त्र रेडियोहरुमाथि कुनै पनि संचारकर्मी तथा संचारमाध्यममा यस्तो घटना नदोहोर्‍याउन पनि हामी आग्रह गर्दछौं ।

विनोद ढुङ्गेल
संयोजक
२०६२ कार्तिक ५ गते

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/10/23/press-release-from-radio-patrakar-sangharsa-samiti/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.