November 30, 2005

Forty Computers are Damaged

पावर ट्रीपका कारण एकै विल्डिङमा ४० कम्प्युटरमा क्षति
साउदी अरेवियाको प्लान्ट एरिया उधेलियामा अस्ति विहान अकस्मात भएको पावर ट्रीपका कारण एउटै विल्डिङमा ४० वटा कम्प्युटरमा क्षति भएको छ भने पावर ट्रीपका कारण सवैजसो कम्प्युटरको हार्ड डा्इभमा असर परेको देखिएको छ ।

Working with system
के कारणले पावर ट्रीप भयो भन्ने कुरा खुलस्त नआए पनि यस्तो पावर ट्रीप यसभन्दा अघि लामो समयदेखि नभएको कुरा यहाँ लामो समयदेखि कार्यरत कामदारहरु गर्दछन् । अस्ति र हिजो दिनभरि जसो इष्ट एड्मिन विल्डिङ, उधेलियामा आई टि एडमिनिस्टे्रटरहरुको भीड लागेको लागेको थियो । अझैं केहि कम्प्युटरहरु भने पूर्णरुपमा संचालनमा नआएको कुरा मेरा एक साथी आई टि एड्मिनिस्टे्रटर अहमेद वसी वताउँदछन् ।

November 28, 2005

Interview with Prachanda

Filed under: News

क. प्रचण्डसंग अन्तर्वार्ता
अध्यक्ष कमरेड, सशस्त्र संर्घष गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेको शक्तिबीच समझदारी कसरी सम्भव भयो ? यो समझदारी सहकार्यको स्तरसम्म उठ्नसक्ला ?

निरंकुश राजतन्त्रका विरुद्ध देश, जनता, लोकतन्त्र र शान्तिको ऐतिहासिक आवश्यकताको जगमा यो समझदारी कायम भएको हो । हाम्रो विचारमा यो समझदारी आफैंमा जनसमुदायको लोकतन्त्र र शान्तिको आकंक्षाका पक्षमा उभिने राजनैतिक दलहरुका वीचको प्रारम्भिक सहकार्य हो ।

क. प्रचण्ड
सहकार्य शब्दको प्रयोगसग कतिपय मानिसहरु किन डराउछन् हामीले बुझेका छैनौं । निश्चय नै विषयको गंभीरतालाई सबै पक्षबाट जिम्मेवारीपूर्वक अगाडि बढाइएमा यो समझदारी दीर्घकालीन मोर्चामा उठ्न सक्दछ । देशले आज यही कुराको मांग गरेको छ र हाम्रो जोड त्यही दिशामा रहने छ ।

यो समझदारी पत्रको मूल स्पिरिटबारे व्याख्या गरिदिनुहुन्छ कि ?

समझदारी-पत्रको मूल भावना र स्पिरिट भनेको निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनको आधिबेहरी सृष्टि गरी अन्तरिम सरकारको गठन र संविधान-सभाको निर्वाचनमार्फ् राज्यसत्ताको पुनर्संरचनासहितको जनताको नया“ नेपाल निर्माण गर्नु हो । अर्को भाषामा यसको स्पिरिट आफ्नो भाग्य र भविष्यको फैसला गर्ने जनसमुदायको र्सार्वभौम अधिकारलाई स्थापित गर्नु र सामन्ती निरंकुशतन्त्रलाई सदाको निमित्त बढारेर फाल्नु हो । वस्तुतः र अन्ततः समझदारी-पत्रको मूल स्पिरिट कुनै पनि प्रकारको राजतन्त्रसंग संझौता खोज्नु होइन अपितु त्यसका विरुद्ध व्यापक संर्घष् सृष्टि गर्नु हो ।

हामीले गणतन्त्रको तात्कालिक लक्ष्य छाडेको भन्ने प्रचार समझदारी-पत्रको भावना र स्पिरिटलाई पटक्कै नबुझ्नुको परिणाम मात्र हुन सक्दछ । किनकि समझदारी-पत्रमा संविधान-सभाको प्रश्नलाई र्सशर्त होइन निशर्त रुपमा उल्लेख गरिएको छ । त्यो स्थितिमा हाम्रो पार्टीलाई आफ्नो लोकतान्त्रिक गणतन्त्रको तात्कालिक नीतिका पक्षमा दृढतापूर्वक अगाडि बढ्न यसले कुनै समस्या पैदा गर्ने वा हामीले गणतन्त्र छाड्ने वा छाडेको भन्ने प्रश्नै उठ्दैन । यो हाम्रो पार्टी मात्र प्रश्न नभएर गणतन्त्रको पक्ष लिने कुनै पनि व्यक्ति, संघरसंस्थालाई संविधान-सभामार्फ् आफ्नो बैचारिक आस्थाका पक्षमा दृढतापर्ूवक उभिने अधिकार हुनेछ ।

निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापना गर्ने भन्ने कुराले सम्वैधानिक राजतन्त्र वा सेरोमोनियल मोनार्की मा सम्झौता गर्न खोजिएको जस्तो देखिदैंन र ?

निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापनालाई हाम्रो पार्टी संवैधानिक वा सेरोमोनियल राजतन्त्रमा संझौताको अर्थमा पटक्कै बुझेको छैन र समझदारी-पत्रमा पनि त्यस प्रकारको अर्थ लाग्ने कुनै कुरा छैन । स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा हुने संविधान-सभाको निर्वाचन र त्यसको परिणामलाई स्वीकार्न भने हामी प्रतिबद्ध छौं र समझदारी-पत्रले त्यही स्पिरिट बोकको छ ।

कसै-कसैले यो समझदारी-पत्रको आधारमा माओवादी सैद्धान्तिक रुपमा १८० डिगिरी फन्को मारेको र संसदवादीहरुको हात माथि परेको भनेर ब्याख्या गरिरहेका छन नि ?

देश, जनता, लोकतन्त्र र शान्तिप्रतिको हाम्रो जिम्मेवारीवोधलाई क-कसले कसरी टिप्पणी गर्दछन्, ती सबैको जवाफ अहिले नै दिनु हामीले आवश्यक ठानेका छैनौं । नेपाल र नेपाली जनताको हातमाथि पार्न हामी आफ्नो हातलाई तल पार्न पनि तयार छौं । यसमा हामीलाई कुनै चिन्ता छैन ।

समझदारी पत्रमा शान्ति पूर्ण नया राजनीतिक धारको कुरा उल्लेख गरिएको छ । यो नया धार भनेको के हो ?

संविधान सभाको निर्वाचनमार्फ् जनसमुदायले तयार पार्ने राजनैतिक धार नै नया राजनैतिक धार हो ।

तपाईहरुले गर्नुभएको एकतर्फी युद्धविरामको म्याद छिट्टै सकिदैंछ । यो युद्धविराम लम्ब्याउदै हुनुहुन्छ कि ?

हाम्रो पार्टी युद्धविराम भंग गर्ने वा लम्ब्याउने भन्नेबारे ठोस निर्माण गरिसकेको छैन । समग्र स्थितिको विचार गरी पार्टी केन्द्रीय कार्यलयबाट यसको निर्माण हुनेछ । तर, सामन्ती निरंकुशतन्त्र र उसको शाही जत्थाले जसरी हाम्रा निशस्त्र कार्यकर्ता र जनतालाई हत्या गर्ने, बेपत्ता पार्ने र आतंकित पार्ने काम गरिरहेको छ तथा हाम्रो युद्धविरामलाई आफ्नो सैन्य क्याम्प विस्तार गर्ने र आफूले शान्ति कायम गरेको झुटो प्रचार गर्न प्रयोग गरिरहेको छ, त्यसले हामीलाई कठोर निर्माण गर्न बाध्य पारिरहेको छ ।

युद्धविराम तोड्दा अहिले बनेको सझदारीमा कस्तो असर गर्ला ?

हामीले यस विषयमा पार्टीसंग पर्याप्त छलफल गरेका छौं । त्यसकारण युद्धविराम तोड्ने स्थितिमा पनि कायम भएको समझदारीमा कुनै असर पर्ने छैन । धन्यवाद ।
श्रोतः कृष्णसेन अनलाइन डट ओ आर जी

November 27, 2005

Cocacola ma Khakar

Filed under: News

कोकाकोलामा खकार
पहिले पनि धेरै पटक विवादमा आएको पेय पदार्थ कोकाकोला फेरि पनि एक पटक विवादग्रस्त बन्यो । कोकाकोला धेरैभन्दा धेरैले मन पराएर खाने एक प्रकारको पेय पदार्थ हो यस्तो पदार्थ भित्र पनि खकारजस्तो पदार्थ भेटिए पछि अव कोकाकोला पिउने हरेकले उक पटक सोच्नु जरुरी भएको छ ।

कोकाकोलामा खकार
बाँनेश्वरस्थित वीरेन्द्र श्रेष्ठको पसलमा रहेको २०० एमएल को फुच्चे कोकका केही ठोस र कालो खकारजस्तो पदार्थ भेटिएपछि अहिले उक्त कोकको बोतलसहित खाध्य प्रविधि गुण नियन्त्रण विभागमा उजुरी गरिएको कुरा थाहा हुन आएको छ । यस समाचारबाट सम्बन्धि पक्ष तथा सरकारले आम जनसमुदायको स्वास्थ्यको पक्षमा विचार गर्नुपर्ने वेला आएको छ ।

letter

Filed under: Article

साउदी अरेवियामा बढ्दो कठाङग्रिने जाँडोसंगै उनको नाउँमा चिठी
सहृदयी मित्र
मीठो याद ।
लामै समयपछि भएपनि तिम्रो इमेल पाएँ ज्यादै खुशी लाग्यो । इमेलमा तिमी एकदम ठीक छु भनेर लेखेको रहेछौं र मेरो वारेमा पनि कस्तो छ भनेर लेखेको तिम्रो इमेलले धेरै समय अगाडि लगेर मलाई अतीतको प्रतिविम्वमा उभ्याएको छ ।
विगतका कुनै क्षणमा स्कूले नानीको जीवन विताउँदा यस्तै यस्तै भावहरु मिश्रति पत्रहरु मेरी साह्रै नजिककी साथी शोभाले पठाउने गर्दथी । हुनत हामी एउटै कक्षामा अध्ययन गर्दथ्यौं ।
उनको र मेरो भेट आठौं कक्षामा भएको थियो । हामी वीच नजिकको मित्रता थियो नै । एउटै कक्षामा पढ्ने सहपाठी भएर नजिकको नाता हुनु त स्वभाविकनै हो पनि ।
समय वित्दैगयो हामी नवौं गर्दै दशौं कक्षामा प्रवेश गर्‍यौं । उनको र मेरो मित्रताले सारा स्कूल प्रभावित भएको थियो । साथीहरु माझ पनि हाम्रो वारेमा खासखुश चलिरहन्थो नै । हाम्रो असल मित्रता देखेर समाजका कुतत्वहरुले हाम्रो कञ्चन नातालाई वद्नामीको घेराभित्र जकड्न प्रयास गर्‍यो । हो, उनी मलाई चाहन्थिन र म पनि उनलाई चाहन्थे । के एउटा केटाले केटीलाई र केटीले केटालाई मन पराउनु लगत थियो त ? के केटा र केटी वीच आत्मीय मित्रताको कसी रह्न नसक्ने हो त ? महिला र पुरुषको वीचको सम्बन्ध केवल शारीरिक संभोग मात्र हो त ? वा महिला र पुरुषको सम्बन्ध एउटा लोग्ने र स्वास्नीमा मात्र सीमित रहने हो त - साँच्चै पुरुष-पुरुष वीचको मित्रता जस्तो महिला र पुरुष वीच मित्रता हुन नसक्ने हो त ? खै के सोच्यो समाजले, विस्तारै समाजको हेपाहा प्रवृत्तिबाट हार मानेर उनी म देखि टाढा हुन थालिन र म पनि के गर्न सक्थे र । उनको माया मुटुभरि पालेर पनि उनीभन्दा टाढा वस्न रुचाएँ सायद, त्यसैले होला एस।एल।सी। प्रवेशिकाको लगतै विरगञ्जमा इलेक्ट्रोनिक्स तथा कम्प्युटर टेनिङको लागि भर्ति हुन पुगें ।
कक्षाकोठामा पनि हामी एकअर्कालाई बोलाउन समेत नसक्ने हुन थाल्योै । विस्तारै स्कूले जीवन पनि सकियो । म पास भएछु उनलाई अंग्रेजी पेपर लागेको रहेछ । केही समयपछि म उच्च शिक्षा हासिल गर्नका खातिर विरगंजतिर लागे ।
धेरै नजिकको मित्रता बोकेको हाम्रो साइनो विस्तारेै विस्तारै कता हो कता शून्यतामा विलाउन लागेको महसुस हुन्थ्यो । हेर्दाहेर्दै एकदिन उनको विवाहको कुरा पनि छिनिएछ, उनले मलाई फोनमा केहिदिन अघिमात्र वताइन । उनको आवाजमा एक किसिमको डर थियो, मनभित्र सायद मप्रतिको अथाह माया र दृण संकल्प अनि अठोट विश्वास । उनी रुदै थिइन सुक्क सुक्क गर्दै, हाँसेको अभिनयमा म पनि छात्तीमाथि ढुंगा राखेर मनलाई बाँध्ने प्रयत्न गर्दैथें । लागेको थियो, उनलाई विदा गर्नु अघि एकपटक मात्र भए पनि अंगालोमा बाँधौं सायद उनीपनि चाहन्थिन होला । तर अफसोच् हामी त टेलिफोनमा थियोंै । कतिखेर आँखाबाट खसेको आँशुले गाला भिजिसकेछ थाहै भएन ।
त्यसपछि मैले उनलाई भेट्ने प्रयत्न गरिन भनुया चाहेर पनि मबाट हुन सकेन । म उनको पारिवारिक सम्मानलाई वदनामीको धव्वा दिन चाहन्न थें । उनको बाबालाई समाजको अघि निहुरिएको हेर्न सक्दैन्थे ।। वर्तमान क्षितिजमा सायदले उनले पनि मलाई विर्सेर नयाँ जीवनको वागडोर सम्हाल्ने कोसिस गरेकी होलिन् । उनको वैवाहिक जीवनलाई धेरै शुभकामना टाढैबाट दिएको छु । मेरो जीवन कहालीलाग्दो भए पनि उनको जीवन सधैं विहानी भइरहोस् । नाम, इज्जत र प्रतिष्ठा उनले समाजमा कमाउन सकुँन, बस् यति नै चाहन्छु ।
सृजना, धेरैपछि फेरि एकपटक उही कथा दोहोरिन खोजेको छ, सायद । खै भगवानले यस्तो सधैं मसंगै मात्रै दोहर्‍याउन खोज्छ, किन हो ।
तिमीले इमेलमा थुप्रै संझनाका अनुभूतिहरु भएर पनि नभए झैं गर्नु परेको भनेर लेखेको वाक्यको अर्थ बुझ्न सकिन । कारणमा तिमीले सानो र ठूलो भन्ने शब्द मनमा राखेको रहेछौं यो कुरा पनि मैले प्रष्ट बुझ्न सकिन । हामी त समान थियौं । एउटा असल साथी । असल साथीहरु माझ ठूलो र सानो भन्ने कुरा कहाँबाट आयो मैले बुझ्न सकिन ।
जेहोस् सृजना, जीवन भनेको यस्तै रहेछ, स्पष्ट व्यक्त गर्न पनि नसकिने, व्यक्त नगरिकन बस्न पनि नसकिने । तिमीले नयाँ फोन नं। पनि पठाएकी रहेछौं । त्यो फोनमा मैले धेरै पटक कोसिस गरें तर अफसोच मैले तिमीलाई पाउन सकिन । फोनमा हल्ला भएको आवाज मात्र आउँछ, कसैले पनि फोन रिसिभ गर्दैनन् । सायद केही समस्या आएको होला अथवा मोवाइल नम्बर गल्लीले स्पष्ट भएन की ।
अनविज्ञ, साउदी अरेवियाबाट

Upahar

Filed under: Literature

उपहार
जन्मदिनको कामनामा, शब्द दुइ-चार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।

शिषिरको समापनमा, सुमधुर शुरुवात झैं
चम्पा र चमेली अनि, निशाकी पारीजात झैं

मुस्कुराउनु सुवास छरि, बसन्ति बाहार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।

गाजले धारीला नयन, रेशमी त्यो केश तिम्रो
परदेशी यो ठाउँ छाडि, फर्किएर देश तिम्रो

छातिभरी अंगालेर, मुटूभरिको प्यार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।

रिसाउँदै बोलिनौ भने, फकाउँला म गीत बनि
हर पल हर कदममा, तिम्रो निम्ति जीत बनि

संसार यो रहेसम्म बाँच्नुको आधार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।

मेरी मनकी माली तिमी, मेरा सारा योवन तिम्रै
सम्हालेर राख्नु अब, जन्मौं-जन्म जीवन तिम्रै

मुटू मेरो राज्य तिम्रो, सारा अधिकार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।

जन्मदिनको कामनामा, शब्द दुइ-चार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
विकी

November 26, 2005

Sedgum Gas plant

Filed under: News

सेदगम ग्याँस प्लान्ट
साउदी अरेविया एक मरभूमिय राज्य हो यहाँको मुख्य आम्दानीको श्रोत भनेको तेल र ग्याँसका कुवाहरु हुन । यसो त यहाँ हजारौं तेल र ग्याँसका कुवाहरुमा काम गर्ने नेपालीहरु पनि निकै छन् । नेपालीहरु मात्र नभएर सयौं देशका लाखौं मानिसहरु यहाँ कार्यरत छन् । साउदी अरेवियाको प्रोजेक्ट एरिया जुन मरुमुमिमा विराजमान छ तिनै मध्येको एउटा सेदगम ग्याँस प्लान्ट पनि हो ।

Shedgum Gas Palnt, Sedgum KSA {zooming}
यहाँ नेपालीहरुहरुलाई विभिन्न क्याटागोरीमा विभाजित गरिए पनि मुख्यतया यहाँ काम गर्नेहरु लेभर, हेल्फर, पाइप फिटर आदि दर्जामा कार्यरत भनेर भनिए पनि प्राय सवैको काम लगभग एउटै हुने गर्दछ । यहाँ हेल्परले पनि पाइप फिटरको काम गर्ने र पाइप फिटरले पनि वाध्यतावश लेभरको कार्य गरिहेका हुन्छन् । त्यसो त काम गर्न भित्रयाएका कम्पनीहरुले पनि लेभर दिएर आरामको को लागि पाइप फिटर हो भनि सप्लाइ गर्ने गर्दछन् । कतिपयले त म लेभर हुँ पाइप फिटरको काम गर्दिन भनेर आरामको फोरम्यानसंग घम्साघम्सी पर्ने कुरा पनि बोल्न हिचकिचाउँदैनन् । जेहोस् यहाँ भित्रिएका नेपालीहरुले ग्याँसका पाइपहरु तेलका कुवाहरुमा डटेर, खटेर कार्य गर्ने गर्दछन् । त्यसैले पनि होला सस्ता कामदारहरु भनेर चिनिने वग्लादेशी श्रीलकनहरुलाई भन्दा अरेवियनहरुले नेपालीहरुलाई मन पराउँदछन् ।

Way to Shedgum (Main Highway)
लामो समयदेखि सेदगम ग्याँस प्लान्टको भ्रमण गरी एउटा रिपोर्ट तयार गर्ने विचार भएपनि समयको कारण तथा आफू वसेको एरियाभन्दा निकै टाढा पर्ने सेदग्म एरिया भएकोले पनि सोचे सरह लेख्न सकिरहेको अवस्था थिएन । संयोगवश हिजो सेदगम ग्याँस प्लान्टसम्म भ्रमण गर्ने अवसर पाएँ । अवसर जुटाइ दिनु भएकोमा मेरा साथी इश्वर गुरुङलाई धन्यवाद दिन चाहन्छु । विशेष त उहाँ हरेक दिन सेदगमका लागि कामदारहरु लिएर जानुहुन्छ हिजो शुक्रवार छुट्टीको दिन म पनि लागे उहाँसंगै । वाटोमा रमाइला गफहरु गर्दै, चियाको चुस्कीसंगै बाटो काटेको थाहा पनि भएन ।

Ishor Gurung on the way
लगभग ७० किलोमिटरको बाटो रहेछ, हाम्रो क्यापबाट । साथमा तीन जना फिलिपिनोहरु थिए । उनीहरु त्यहाँ अरवियन फाल कम्पनीले आरामकोको लागि वनाउँदै गरेको विल्डिङको वाँकी रहेको कार्यहरु पूरा गर्न जाँदारहेछन् ।
हाइवेबाट उकालो लाग्दा कता कता घुमाउरो बाटोहरु तथा लोकल सडकहरु भेटियो जुन साह्रै साँगुरो र भत्केका पनि थिए । अलिकति बाटो त मरुमुमिबाट पनि पार गरियो । ठूला ठूला वालुवाका पहाडहरु देख्दा एकपल्ट नेपालको सम्झना गरायो नै । जव सेदगम नजिक पुगियो मैले क्यामरा निकालेर फोटो खिच्ने कोसिस के गर्न लागेको थिए । इश्वरजीले अलि तलबाट खिच्नुहोस् भन्ने सुझाव दिए किनकी यो साउदी आरामकोको एरिया हो यहाँ कुनै पनि फोटो लिन अनुमति छैन ।

Shedgum Gas Palnt, Sedgum KSA {far}
यदि फोटो लिइएको भेटियो भने यू आर नो मोर फर आराम भन्ने कुरा सम्झनु जरुरी छ । तर पनि केही इनफरमेशनहरु व्लगमा राख्न पाएँ सवैले यहाँको जानकारी पाउने थिए भन्ने लालसाले अनुमति नभएको क्षेत्रको फोटो क्यामरामा कैद गरें । डिजिटल क्यामरा वेल्टमा भिरेको थिए । सेदगम मुख्य गेट भनु अथवा सेकुरिटी एरिया नजिक पुग्दा अझ डर लाग्यो कतै क्यामरा देखेर कुनै एक्सन लिने त होइन । इश्वरजी भन्दै हुनुहुन्थ्यो, सेकुरिटीले देख्यो हामी सवैजना भित्री हुन्छौं । तर हामी सेकुरिटी चेकिङ पोष्टबाट भित्र नभएर बाहिर बाहिर कै स्थानमा जानुपर्ने रहेछ । त्यसकारण सेकुरेटी चेकिङ हुने कुरा थिएन । जव विल्डिङ नजिक पुगेर २ वटा फिलिपिनोलाई त्यहाँ छोडेर हामी अघि वढ्यो तव निस्कने वाटोमा पनि सेकुरिटी पोष्ट थियो किनकी आरामकोको छिर्ने र निस्कने गेटहरु छुटाछुटै हुने गर्दछ । तर त्यहाँ नजिक पुगेपछि इश्वरजीले सलाम आलेकम भन्नु भएपनि सेकुरिटीले जान अनुमति दियो र हामी निस्कियौं तव मन ढुक्क भयो ।






















Thank you for visiting my blog.