November 7, 2005

Deepawali Cultural Program in KSA

Filed under: News

लुम्बीनी प्रबासी सर्म्पर्क मञ्चद्वारा आयोजित सुमधुर साँस्कृतिक कार्यक्रम
लुम्बीनी प्रबासी सर्म्पर्क मञ्चद्वारा साउदी अरेवियाको दमाममा आयोजित दोस्रो सांस्कृतिक कार्यक्रम यही नोभेम्वर चारका दिन सम्पन्न भयो । कार्यक्रम रातको आठ वजे शुरु हुने भनिए पनि साउदी अरेवियाको परिस्थिति तथा वर्तमान स्थितिबाट गुज्रदा कार्यक्रम १२ बजे मात्र शुरु हुन पुग्यो । दर्शकहरु भने लगभग ६ बजेबाट कार्यक्रम हलभित्र उपस्थित भइसकेका थिए । यो कार्यक्रम नेपालीहरुको महान् पर्व दिपावलीको पावन अवसर पारेर राखिएको राष्ट्र बचाऔं भन्ने नारा बोकेर आएको साँस्कृतिक कार्यक्रम थियो भन्दा अनुपयुक्त नहोला । कार्यक्रममा साउदी अरेवियाका लागि नव नियुक्त राजदूतको प्रमुख आतिथ्यता थियो भने विशेष अतिथिमा इन्जिनियर युद्द बहादुर क्षेत्री हुनुहुन्थयो र अन्न्य संस्थाका पदाधिकारीहरुले आथिथ्यता ग्रहण गर्नु भएको थियो ।

यो कार्यक्रम सम्रगरुपमा भन्नु पर्दा राम्रै रह्यो । हुनत हरेक कार्यक्रममा टिकाटिप्पणीहरु नहुने होइन र कार्यक्रममा कमि कमजोरीहरुले स्थान पाउने गर्दछन् नै । यस कार्यक्रममा पनि दर्शक तथा आम जनसमुदाय लगायत विभिन्न संस्थाका समाजसेवीहरुबाट ससाना टिका टिप्पणीहरु नभएका होइनन् तर पनि साउदी अरेवियाको मरुभूमिमा यस्तो किसिमको कार्यक्रम आयोजना गर्नु सजिलो कुरा भने होइन।

कार्यक्रममा प्राविधिक पक्ष निकै दरो रह्यो भने लुम्विनी साँस्कृतिक टोलीका साथीहरुको देउसुरे गीतले निकै दर्शकहरुको मनलाई छोएको भान हुन्थयो । आम दर्शक यतिवेला साउदी अरेवियाको वन्जड मरुभूमिमा होइन आफ्नै घरआँगन पुगेको संकेत देउसुरे देउसुरे भन्ने दर्शकको ताली तथा सामुहिक स्वरले हल गुञ्जायमान रह्यो ।

प्रमुख अतिथिबाट देशको अवस्था, साउदी अरेवियाको परिस्थितिसंग घुलेर आम प्रवासी नेपालीलाई आफ्नो तर्फाट हुन सक्ने सहयोग सदैव गर्न आतुर भएको कुरा व्याख्या गर्नुभयो भने कार्यक्रका सभापति तथा लुम्विनी प्रवासी सर्म्पर्क मञ्चका हालको अध्यक्ष श्री कृष्ण प्रसाद शर्मासुवेदीबाट दर्शकहरु माझ दिपावलीको शुभकामना दिनुभयो र साथै अव आउँदा २ बर्षसम्म यस सर्म्पर्क मञ्चबाट साँकृतिक कार्यक्रम नगरी सेवामूलक कार्यमा अगाडि बढ्ने घोषणा गर्नुभयो । किन यस्तो कार्यक्रम अव २ बर्षसम्म नहुने भन्ने प्रश्नको उत्तरमा सांगठनिक विस्तार तथा घरदै्लो कार्यक्रम भन्ने उत्तर उहाँको थियो । कार्यक्रमको विशेष आकर्षण राष्ट्र वचाऔं मेडलद्धारा समाजसेवी श्री राजु सैयदलाई अभिनन्दन गरियो ।

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/07/deepawali-in-ksa/trackback/

  1. Dear firend Chij,

    It’s really wonderful journalism episode. Wish you for your progression and expecting you will always touching by your journal bits and pieces.

    Thanks
    Your friend
    Roman Khawas
    Jhapa

    Comment by Roman Khawas — November 8, 2005 @ 7:48 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.