November 8, 2005

Travelling to Kornish

Filed under: News

कोर्निस यात्रा
नोभेम्वर ३, २००५ का दिन करिव १० बजे हाम्रो यात्रा प्रारम्भ भयो उथमानियाको कन्ट्राक्टर पार्कबाट साउदी अरेवियाको प्रख्यात शहर अल खोवरको लागि । साथमा म स्वयं (चिज कुमार श्रेष्ठ), दामोदर ढुंगाना र चन्द्र सिं गुरुङ थियौं । उथमानिया कन्ट्राक्टर पार्क साउदी अरेवियामा काम गर्ने विभिन्न देशका मानिसहरुको एउटा छुट्टै क्षेत्र हो जसलाई आवासीय क्षेत्र पनि भनेर उद्गार गर्न सकिन्छ । यहाँ सयौं कन्ट्राक्टर कम्पनीमा काम गर्ने हजारौं मानिसहरु बस्ने गर्दछन् । यो क्षेत्र साउदी आरामको भूमि हो । यहाँका सवै कम्पनीले आरामकोको लागि कार्य गर्ने गर्दछन् । यस वर्षो नेपालीहरुको दोश्रो ठूलो चाड तिहार तथा यहाँको मुख्य चाड इद एकै पटक पर्नाले आरामकोमा नोभेम्बर २ देखि ६ सम्म पाँचदिनको विदा परेको थियो । तर्सथ यी पाँच दिनलाई सुमधुर वनाउन हामीले हाम्रो यात्रा ३ नोभेम्बरका दिन दमाम हुँदै खोवरको लागि शुरु गर्‍यौं ।

खोवर सिटी
उथमानिया प्रोजेक्ट एरिया भएकोले यहाँ टयाक्सी तथा वसको सुविधा छैन यहाँ त केवल कम्पनीका वस चल्दछन् त्यसैले लिफ्टको लागि लगभग २ कि।मि। हिडेर चोकमा पुगियो । एकैछिनको पर्खाइपछि एकजना सुडानीबाट लिफ्ट लिएर हफुपको लागि रवाना भयौं । अचम्मको कुरा त सुडानी साह्रै मिलनसार रहेछ । वाटो भरी धेरै कुराहरु गर्दै गयौं । चन्द्र र दामुले निकै कुरा गरे सुडानीसंग । मैले पनि कुरै कुरामा मेरो अफिसमा पनि एकजना लेडी सुडानी छ उनको नाम हिवा अहमेद हो भने, उ दंग पर्‍यो । हुन पनि हो, मेरो अफिसियल रुममा ६ वटा क्यूवीकलहरु छ । एउटामा टि कफी राखिएको छ भने बाँकी ५ वटामा हामी पाँच राष्ट्रका नागरिकहरु र्सर्भिस गर्ने गर्दछौं । क्यूवीकल १ मा टोनी व्यारेटो (भारतीय) छ, क्यूवीकल २ मा मोहमद एल मेरी (साउदी), क्यूवीकल ३ पउल मुस्याङगी (फिलिपिनो) क्यूवीकल ४ मा हिवा अहमेद (सुडानी) र क्यूवीकल ५ मा म स्वयं (चिज कुमार श्रेष्ठ, नेपाली) कार्यरत छौं । हाम्रो कोअर्डिनेशन निकै फन्टासटिक छ, हामी सवै एक अर्कामामा निकै हेलफुल छौं ।
यस्ता कुराहरु गर्दै हामी हफूपसम्म पुग्यौं । हफूप उधेलियाबाट नजिकको पुरानो सिटी हो, जहाँबाट ट्याक्सी तथा बसहरु भ्रमणको लागि पाइने गर्दछ । कारबाट उत्रेपछि पैसा दिन खोज्नु भएको थियो हाम्रा २ साथीहरु चन्द्र तथा दामुले तर सुडानीले लिन मानेनन् त्यसपछि हामी फेरि अर्को एउटा ट्याक्सी समात्यौं ट्याक्सीमा पनि २ जना युवा जोश जाँगर अनि खुव रमाइलो साउदी भेटियो । उनहिरुसंग रमाइलो गर्दै टयाक्सी स्टेशन पुगेको पत्तै भएन ।
अव हाम्रो यात्रा हफुपबाट दमामको लागि शुरु हुन्छ । ट्याक्सी स्टेशनबाट ७५ रियालमा हामी तीनजना दमामको लागि रवाना भयौं वाटोमा रमाइला कुराहरु गर्दै अनि भिडियो क्यामराले सडकका दृश्यहरुलाई क्यामरामा कैद गर्दै दमाम सिटी पुगियो । लगभग २ वजिसकेको थियो भोक पनि लागेको थियो तर्सथ दमाममा रोयल रेष्टुरेन्टमा गइ नेपाली खाना मसिनाको चामलको भात, कालो दाल, तरकारी, आचार साथमा मैले चाहि छुयलामा खाए । आनन्द आयो ।

दमाम गाडेनमा नेपालीहरु
त्यसपश्चात हामी नेपालीहरुको भीडमा हराउन दमामको गाडेन पुग्यौं नेपालीहरु यति विध्न थिए कि चारैतिर एउटा गल्लीबाट अर्को गल्लीमा दुइजना संगै छिर्दा पनि हराउला झैं लाग्दथ्यो । यो दमामको सिको विल्डिङ नजिकैको एउटा खुला ठाउँ हो । विगतमा त्यहाँ ठूलो गाडेन थियो रे हाल भग्नावशेष मात्र बाँकी रहेको कुरा जानकारी गराउन चाहन्छु । कसले गाडेन लाई तहसनहस पार्‍यो त्यस बारे जानकारी छैन मलाई तैपनि नेपालीहरुको विशाल जमात भने गाडेन नरहे पनि हुने गर्दछ हरेक विहीवार र शुक्रबारको दिन ।

दमाम गाडेनमा नेपालीहरु
यसपाली विहीवार र शुक्रबारले २ वटा विशाल पर्व तिहार र इद लिएर आएकोले पनि विशेष मानिसहरुको भीड लाग्नु त स्वभाविक नै थियो । नेपालीहरुको भीडमा हराउँदा हराउँदै २ घण्टा वितेको पत्तै भएन हुन त हाम्रो लक्ष्य खोवरमा दामु सरको भाइको पुगेर विश्राममा परिणत हुने भन्ने योजना भए पनि कारणवश हामी आरामको इमेल साथी चन्द्र पुनसंग भेट भयौं । चन्द्र पुन जीले हामीलाई सोपिङका लागि धेरै सुपर मार्केटहरुको भ्रमण गराउनु भो त्यो ज्यादै खुशीको क्षण थियो । जसको श्रेय चन्द्र पुनलाई म दिन चाहन्छु । पर्ूव निर्धारित योजना विना नै चन्द्रजीले जुन स्वागत गर्नुभयो त्यो एउटा साथीले अर्को साथी माथि देखाएको विश्वास, सद्भाव र आर्दशता थियो भन्ने मैले महसुस गरेको छु ।

सोपिङ कम्प्लेक्समा चन्द्र स्क्वायर
सोपिङ कम्प्लेक्समा व्रेक फस्ट लिदा साथीहरुको अनौठो इग्लीस भाषा सुन्न लायक थियो । यू डन्ट कनो जस्ता वर्डहरु चन्द्र सिं गुरुङले यूज गर्दा खुवै हाँस्यौं । त्यसपछि हामी चन्द्र पुनजीको कोठा थुक्पातिर लाग्यो रात निकै छिप्सिकेको थियो । साथमा चारै जना साथीहरुले साउदी अरेवियाको चर्चित खाना खाव्सा, ब्रस्टेड रातको खानाको रुपमा प्रयोग गरी थाहै नपाइ निदाएछौं ।
भोलिपल्ट विहान चन्द्र पुन जी ड्युटीको लागि निस्कनु भयो ८ वजेतिर र्फकन्छु भनेर । हामीहरु अलि अवेरसम्म नै सुत्यौं, त्यसपछि नित्य कर्म गरिसकेर वहराइन व्रिज जाने हाम्रो योजना यहाँ आइपुग्दा चन्द्र पुनजीको नेतृत्वमा वहराइनभन्दा खोवरको कोर्निस ज्यादै उपुयक्त मानेर हाम्रो यात्रा अधि बढ्यो कोर्निसतिर ।

कोर्निसमा हामी चार -(चन्द्र पुन, दामु, चिज र चन्द्र गुरुङ)
कोर्निसको नेचुरल व्युटी निकै आर्कषक थियो । हामीले फोटो खिच्न थाल्यो, मैले भिडियो क्यामराले दृश्यहरु कभर गर्न थाले । ठाउँ ठाउँमा हाँस्दै, गाउँदै, जोक्स गर्दै धेरै लामो यात्रा पूरा गर्‍यो । निकै रमणीय लाग्यो त्यो स्थल । जहाँ अरेवियन परिवार इदको विदा मनाउन आएका थिए, कोही साउदीहरु हुक्का सल्काएर पिउँदै थिए भने फिलिपिनोहरु फिसिङ इन्टरटेन्मेन्ट लिइरहेका थिए । अचम्म लाग्ने कुरा क्यामराले समुन्द्र खिच्दै गाडेनतिर क्यामरा घुमाए हावामा चंगा उडिरहेको देख्दा कतै म सपनामा त छुइन जस्तो पनि भान भयो । यसो नजर लगाएर हेरे साउदीका बच्चाहरुले निकै परबाट चंगा उडाइरहेका रहेछन् । ज्यादै खुशी लाग्यो किनकी लगभग ४ साल पछि मात्र पहिलो पटक विदेशी भूमिमा यसरी चंगा उडेको देख्दा पनि आफ्नो मातृभूमिको याद आउँदोरहेछ, गाउँघर र चौतारोको झझल्कोले सताउँदोरहेछ । हामी सानो रुखको छहारीमा बसेर अनेक कुराहरु गर्दै हाँस्यो, चन्द्र सिं गुरुङको कमेडी स्पीचले निकै हामीलाई हसायो । कहिले रुखमा टुप्पोमा चढेर फोटो खिचे चन्द्रले कहिले क्यामराको लेन्समा व्याकराउन्ड भ्वाइस दिए उनले । यसरी हाम्रो अविस्मरणीय यात्रा वहरायन व्रिज नभएर खोवरको कोर्निससम्म रह्यो । निकै यादगार, साथीहरुको साथ, प्राकृतिक सौर्न्दयता, अनन्तसम्मको समुद्र र आकाश, ठूला ठूला विल्डिङ र सिटीहरु आँखाबाट कहिल्यै ओझेल नहोला भन्ने लागेको छ ।

2 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/08/travelling-to-kornish/trackback/

  1. It was an unforgettable tour to one of the most beautiful places in Saudi. The vast sea, the meeting place of sea and sky, the green trees and the ppl of different nationals were the main attraction. A ….Quite and Beautiful place to kill the boredom of the busy working hours and close…. To nature as well.

    Thanks !
    Chandra S. Gurung

    Comment by Chandra S. Gurung — November 8, 2005 @ 7:54 am

  2. Dear Chij Shrestha Ji
    Good Job

    Thanks a lot for adding my name in your site. The web site is really very nice and article is lovely really I love it. It is memorable journey for the long life forever. Keep continue to improve your site better than this in the future.

    All the best

    Chandra Pun
    K.S.A.

    Comment by Chandra Pun — November 8, 2005 @ 7:57 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.