November 19, 2005

Aama Timrai Aashis ma chhu

Filed under: Literature

आमा तिम्रै आशिषमा छु

कठोर मुटू पत्थर मूर्ति, न अल्लाह न जेसीसमा छु ।
संसार जित्न हिंडेको म, आमा तिम्रै आशिषमा छु ।।

मेरी प्यारी सान्नानीलाई, पिर नमानी बस्न भन्नु
सुखका ती दिन साथै, लिई आउने कोशिसमा छु ।
संसार जित्न हिंडेको म, आमा तिम्रै आशिषमा छु ।।

न्यास्रो लाग्दा आँगनी छेउ, निस्कीएर हेर्नु आमा
गोधुली, की क्षितिज पारी, त्यतै कतै झिसमिसमा छु
संसार जित्न हिंडेको म, आमा तिम्रै आशिषमा छु ।।

बुढ्यौलीमा तिम्रा पनि, आँखा कमजोर भए होलान्
नियालेर हेर्नु फोटो, साथि-भाईकै छिसमिसमा छु
संसार जित्न हिंडेको म, आमा तिम्रै आशिषमा छु ।।

गोली लागेनी पोल्दैन छाति, ढुक्क भए हुन्छ आमा
म त हरेक पल केबल, तिम्रै धड्कन शतिसमा छु
संसार जित्न हिंडेको म, आमा तिम्रै आशिषमा छु ।।

कठोर मुटू पत्थर मूर्ति, न अल्लाह न जेसीसमा छु ।
संसार जित्न हिंडेको म, आमा तिम्रै आशिषमा छु ।।
विकास मगर, साउदी अरेवियाबाट

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/19/aama-timrai-aashis-ma-chhu/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Thank you for visiting my blog.