Balsansar.com
कथाहरु वेभमा पढ्ने होइन त ?
२१ औं शताव्दीले विश्वमा सञ्चार प्रविधिमा ल्याएको क्रान्ति अविस्मरणीय छ । आज संसार सञ्चार प्रविधिको विकासले नौलो आयाम थपिरहेको अवस्थामा नेपाल पनि यसबाट टाढा रहनु हुन्न यिनै प्रसङमा आज नेपाली वालसंसारमा पनि सञ्चारको प्रविधिको विकासबाट अछुत रहन नसकि बालसंसार डट कम भन्ने नेपाली भाषामा बालकथाको सबैभन्दा ठूलो संग्रहको वेबसाइट र्सार्वजनिक गरिएको छ ।

वालसंसार डम कममा जान फोटोमा क्लीक गर्नुहोस्
बालसंसार डट कम नाम राखिएको यो वेब साइटमा प्राचिन युनानी दार्शनिक इसपका १४३ वटा कथा, प्राचिन संस्कृत साहित्य पञ्चतन्त्रका ३५ कथा, चार वटा बौद्ध जातक कथा, ३० वटा चिनियाँ प्राचिन नीतिकथा, आफन्तीका १४ कथा, हान्स क्रिस्चियन एन्डरसनका १२ कथा, प्रसिद्ध प्राचिन कथा, लोककथा, प्रेरक कथा तथा विनय कसजूका चालिस वटा कथा राखिएका छन् ।
What a wonderful website for Nelpali children. Congratulations Rajesh
Comment by Rajesh Shrestha — November 29, 2005 @ 8:46 am