November 20, 2005

Heavy Rain in Saudi Arabia

Filed under: News

साउदी अरेवियामा, यो वर्षको झरी

हुन त साउदी अरेवियाको विभिन्न स्थानहरुमा झरी यसभन्दा अघि पनि फाट्टफुट भएको जानकारी मैले पाएको थिएँ तर साउदी अरेवियाको उधेलियामा भने हिजो नोभेम्वर १९, २००५ का दिन पर्‍यो । म त अफिससभित्र व्यस्त थिएँ, जव दिनको २ बजेतिर नेपाली भाइ विज्ञान श्रेष्ठले पानी परिरहेको कुरा सुनाउँदा अचम्ममा परि बाहिर निस्कन आतुर भएँ ।

अरेवियन फालको क्यापभित्र पानीको भल
चारैतिर कालो वादल मडारिएर विजुली चम्किरहेको थियो । पानी परिरहेको थियो । एक्कासी यतिविध्न झरी परेको देखेर अचम्म लाग्यो । पानी परेको देख्न नपाएको लामो समय भएको कारण मनभित्र खुशीको वाहर छाइरहेको थियो । अरेवियन तथा युरोपियली मुलुकका साथीहरु पनि पानी परेकोमा खुशी व्यक्त गर्दै अफिस वाहिर निस्किएर कफीको चुस्की लगाइरहेका थिए । करिव ३:३० मा म बाहीर निस्किए रोडमा पानीको भल थियो । उधेलियाको इष्ट एड्मिन विल्डिङ अगाडि त गाडिलाई नै डुवाउँला जस्तो पानी जमेको थियो रोडमा । त्यसपछि क्याप पुगे ।

रुझेको सडक
आजको मेरो क्लीप भ्रमण भनुया विश्लेषण अरेवियन फालको क्यापको छ । यो साउदी अरेवियाभित्र मिडिल क्लासको कम्पनी हो भन्दा सही माने लाग्ला अरु थुप्रै कम्पनी यो भन्दा पनि नाजुक अवस्थामा नभएका होइनन् । राम्रा कम्पनीहरुमा स्कल्वरजेड, एल साउदी, तामिमी, आदि पर्दछन् । अरु पनि थुप्रै राम्रा कम्पनीहरु छन् । अरेवियन फाल कम्पनीमा कस्तो अवस्था हिजो रह्यो हेन यहाँ क्लीक गर्नुस्

साउदी अरेवियाको उथमानिया पार्कमा अवस्थित लगभग ५०, ००० वैदेशिक रोजगारका लागि आएका सयौं देशका नागरिकहरु यहाँ वस्दछन् । यो प्रोजेक्ट एरिया हो । यहाँको वर्साई अस्थायी हुने भएको हुँदा विल्डिङ नभएर यहाँ पोर्टएवलहरु प्रयोग गरिएको छ ।
झरीका केहि दृश्यहरु

झरीले एक्लिएको वास्केट वल ग्राउण्ड

पानीको भलले घेरिएको फालको वाथरुम

अरेवियन फालको वोर्ड

पोर्टएवल वरिपरि जमेको पानी

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/20/heavy-rain-in-saudi-arabia/trackback/

  1. HI, chij
    Thanks for Nice information and news. VIDEO CLIPS RA PHOTOS RAMRO LAGYO. PRESENTATION RA MIXING MA ARU CONCENTRATE HUNU JARURI CHHA JASTO LAGCHHA.
    YOUR FRIEND
    SHRIJANA FROM BELGIUM

    Comment by Shrijana — November 20, 2005 @ 8:54 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.