November 20, 2005

Sanu Sanga

Filed under: Literature

सानु सँग
खै कसरी बयान गरुँ, शब्दका खात-खात भए ।
फेरि आज सानु सँग, प्रेमका मधुर बात भए ।।
अमर-चोखो मायाँ पाएँ, निश्चल त्यो मन पाएँ
चाँदरुपि मुहार उनको, गोधुलीमा दर्शन पाएँ
तिथी थियो औंशी तर, पुनम सरि रात भए ।
फेरि आज सानु सँग, प्रेमका मधुर बात भए ।।
बेवारिसे यी हात थाम्न, सहयात्री बनि आईन्
परेलीको बाटो हुँदै, जहिलेदेखि उनी आईन्
उजाड मनमा कोईलीको प्रश्न शुरुवात भए ।
फेरि आज सानु सँग, प्रेमका मधुर बात भए ।।
उनको मेरो चोखो प्रेम, सबको सामु खोलीदिन्छु
प्रेमका दुश्मन कोहि भए, आजै धावा बोलीदिन्छु
कसले जीत्न सक्छ मलाई, साहारा उनको हात भए
फेरि आज सानु सँग, प्रेमका मधुर बात भए ।।
भावना भित्रको गजल, गजल भित्रको सुर बनि
सब-थोक आउने भाछिन् पुणिर्माकी नुर बनि
मध्य निशा नौं लाख तारा, अनगिन्ती बारात भए ।
फेरि आज सानु सँग, प्रेमका मधुर बात भए ।।
विकाश मगर, साउदी अरेविया

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/20/sanu-sanga/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.