November 22, 2005

Des Ek Manchhe Anek

Filed under: Article

देश एक मान्छे अनेक
हामी नेपाली, हाम्रो देश नेपाल, मुटुभन्दा प्यारो हामीलाई लाग्ने गर्दछ तर विडम्वना केही समयदेखि यस देशमा शान्ति केवल शब्दमा मात्र देख्न सकिन्छ, महसुस गर्न सकिदैन । कुन वेला कहाँ कस्तो समाचार श्रवण गर्नुपर्ने हो त्यो दिमागमा केवल डर बनेर घुमिरहन्छ । “राजाको त सुरक्षा हुन नसक्ने देशमा सामान्य जनताको के कुरा गर्नु ”

कोही क्लव र डिस्कोमा कोही भने हतियार वोकी युद्धमा (आजका नारी)
कतिपय विगतका कालो झलकहरु नचाहेर पनि सम्झनु पर्दछ जुन ज्यादै दर्दनाक छ । मानव अधिकारको कुरा गरिन्छ तर खै त यसको अवलम्वन भएको ? कहिले हुने हो त ? यसको जवाफ न त मानव अधिकारवादी भनिनेहरुसंग छ, न देश चलाउनेहरुसंग । स्त्रीलाई सीता र सावित्रीको रुपमा मानिने देशमा आज यिनैको दिनदहाडै वस्त्र हरण गरिन्छन् । कहिले माओवादीको अभियोगमा सैन्य तथा प्रहरीहरुबाट, कहिले सैन्यका अधाङगिनीको अभियोगमा माओवादीद्धारा । समय पक्कै परिवर्तन भएको हो तर परिस्थिति उस्तै छ, आज पनि । २००७ साल होस् वा २०१७, २०४६ साल होस् या २०६२ साल । केहि परिवर्तन भएको छैन मात्र परिवर्तन समय भएको छ । महंगीले आकाश छोएको छ, १ रुपैया किलो चामल ३० रुपैया पुगेको छ । हिजो पनि तल्ला वर्ग आर्थिक शोषणबाट, मानसिक शोषणबाट, पीडित थिए आज पनि छन् । जवसम्म तल्ला वर्ग गरीवीको रेखाबाट माथि उठ्न सक्तैन, गाउँ गाउँको विकास हुन्न तवसम्म शहर जति नै झिलीझिली देखिएपनि यसले देशको प्रतिनिधित्व गर्न सक्तैन । काठमाडौं मात्र नेपाल हो भनेर सोच्ने हो भने तर्राई र भित्रि मधेश अनि हिमाली भेगको प्रतिनिधित्व अर्कै एउटा शक्तिले गर्नुपर्ने वेला आएको त होइन ?

देश त्रिकोणात्मक द्धन्द्धमा झेलिए पनि शहरी युवावर्गहरु क्लव र डिस्कोमा रुमलिएका भेटिन्छन् । केही युवापुस्ताहरु गाउँमा जीवनयापन गर्न राजनैतिक कारणबाट नसकेर शहर पलायन हुने गरेका छन् । कति युवा पुस्ताहरु गाउँले जनजीवनले थिचिएर, व्यवहारिकतामा मिचिएर वारुद बोक्न बाध्य भएका पनि छन् । यहाँ कसैको पनि सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सकेको होइन । विदेशमा बस्ने नेपालीहरुले पनि देशमा शान्ति स्थापना होस् भनेर गएको तिहारमा शान्ति द्धीप वाले । नेपालमै पनि शान्ति द्धीप वालियो । के शान्ति द्धीप वाल्नाले मात्र हाम्रो समस्या समाधान होला त ? पक्कै हुन्न, यसको लागि सकारात्मक पहलहरु चाँडो हुनु जरुरी छ । र्सवसाधरणले शान्ति द्धीप वाल्छन् भने सरकार र माओवादी तथा राजनैतिक दलहरु अव एउटै सूत्रधारमा आउनुपर्छ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/22/des-ek-manchhe-anek/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.