November 22, 2005

Thanks for CSN & Khojtalash

Filed under: News

धन्यवादका पात्र चौतारी समूह नेपाल तथा खोजतलास पत्रिका
चौतारी समूह नेपालका वर्तमान कार्यवाहक अध्यक्ष श्री युवराज गुरुङद्धारा २१ नोभेम्बर, २००५ का दिन खोजतलाशमा छापिएको चौतारी खवर पत्रिका, साउदी अरवमा नेपालीहरुको प्रयास भन्ने शीर्षक निकै सह्रानिय लाग्यो । हुनत म पनि यसै संस्थाबाट आवद्धता ग्रहण गरेको हुँदा संस्थाको नाममा मेरो जोडिदा खुशी लाग्नु स्वभाविक नै हो । हिजोको अंकमा प्रकाशन भएपनि मैले हिजो खोजतास हेर्न भ्याएको थिइन । आज पनि अफिसियल कार्य व्यस्ताका कारण खोजतलाश पढेको थिइन । लगभग दिनको साढे १२ बजे यो न्यूज पढ्दा निकै खुशी लाग्यो । न्यूजमा चौतारी पत्रिकाको उदय स्थानदेखि हालसम्मको अवस्थालाई छोटकरीमा मिठो शैलीमा लेखिएको रहेछ ।
खोजतलासमा छापिएको न्यूजलाई मैले जस्ताको तस्तै राख्दा
चौतारी खबर पत्रिका
सउदी अरबमा नेपालीको प्रयास
युवराज गुरुङ

साउदी अरब, यहाँस्थित प्रवासी नेपालीको प्रयासमा गठीत चौतारी समूहद्धारा प्रकाशित वेब पत्रिका चौतारी खवर पत्रिका साउदी अरेवियाको मरुभूमिमा छहारी बन्न पुगेको छ । यसै सिलसिलामा चौतारी पाक्षिकले विगतदेखि वर्तमानसम्म आइपुग्दा निकै संर्घष गर्नु परेको पनि र्सवविदितै छ । कुनैबेला दुइ चिरामा विभक्त भएको चौतारी पाक्षिक पत्रिकाको शुरुवात साउदी अरेवियाको सानो गाउँ उधेलियाबाट भएको हो । इमेल पत्रिकाका रुपमा स्थापित यो पत्रिका इमेलमार्फत नै विश्वका विभिन्न मूलुकमा रहेका नेपालीहरुमा पुर्याइने गरिन्थ्यो तर अहिले भने यो प्रकाशन वेबका रुपमा स्थापित भएको छ, यद्यपी आज पनि हामीले इमेलमार्फत पठाउने कार्यलाई भने निरन्तरता दिँदै आइरहेका छौं । इमेल प्रकाशनलाई २०६१ सालको शुरुवातदेखि वेभसाइटबाट नेपालीहरुको पहुँचमा पुर्याउन चौतारी समूह नेपालका पूर्व सचिव/प्रधानसम्पादक चिज कुमार श्रेष्ठको योगदान सह्रायनय एवम् प्रशंसनिय छ । उहाँको अथक प्रयास तथा मेहनतबाट निःशुल्क साइट तथा निःशुल्क सवडोमिनहरु खोजेर यस पत्रिकालाई वेभमा परिमार्जित गरियो र आज यो पत्रिकाको प्राविधिक स्तर बढेर पाठकहरुलाई अध्ययन गर्न सजिलो होस् भन्ने खाँतीर यूनिकोडको व्यवस्था गरिएको छ । यो पत्रिकालाई वेभमा राख्न चौतारी समूह नेपालको आर्थिक हैसियत त्यसवखत थिएन र आज पनि हामीसँग प्रयाप्त साधन र स्रोत नभए पनि उहाँकै प्राविधिक मेहनत र योगदानबाट www.chautari.8m.net तथा www.chautari.4t.com ल्याइएको छ ।
त्यस्तै चौतारी पत्रिकालाई उच्च स्तरमा मुल्याङकन गरी हाम्रा नियमित पाठक धरम के सीले चौतारी पाक्षिक खवर पत्रिकाको लागि एक USB Mass Storage Device र १८०० सय बराबरको सहयोग गर्नु भएको छ । उहाँहरुको नामावली चौतारी समुहको डायरीमा स्वर्ण अक्ष्रले लेखिने छ ।

गुरुङजी चौतारी समूहृ नेपालका अध्यक्ष हुनुहुन्छ

USB Mass Storage Device

मैले चौतारी खवरपत्रिकामा लगभग ६ महिनाको अवधि प्रधानसम्पादकको जिम्मेवारी वहन गरेको थिएँ । त्यस्तै १ बर्षो कार्यकाल मैले केन्द्रिय सचिव भएर पनि चौतारी समूहलाई मेरो योग्यताले भ्याएसम्मको सहयोग तथा कार्यदक्षता देखाएको थिएँ । तिनै कार्यदक्षताको मूल्यांकन आज आएर खोजतलास मार्फ विश्व सामु परिचित हुनु पाउँदा खोजतलास तथा चौतारी पाक्षिक लगायत चौतारी समूहृ नेपाललाई धन्यवाद दिन चाहन्छु । साथै कार्यवाहक अध्यक्ष श्री युवराज गूरुङ पनि धन्यवादका पात्र हुनुहुन्छ उहाँले संस्थाप्रति विगतदेखि वर्तमानसम्म आइपुग्दा गरेको योगदान कदर गरी जुन परिचय र सम्मान वेभ मार्फ दिनुभयो त्यो अविस्मरणीय रहनेछ ।आज पनि मैले विगतदेखिको मेरो योजना चौतारी खवर पत्रिकालाई वेभमा राख्ने मेरो इच्छा तथा चाहनालाई हालसम्म पनि डोर्याउने क्रममा आर्थिक जोहको कमिको कारण निशुल्क साइटहरुमा वेभ लन्च गरिराखेको छु । एक त यो परदेशमा त्यसमा पनि साउदी अरेविया छुट्टै संस्कृति, धर्म र परिवेश बोकेको मुलुक पत्रकारिता गर्नु सामान्य होइन । तर पनि हामी विभिन्न अप्ठयारोहरुको सामना गर्दै अघि बढिराखेका छौं ।
धन्यवाद
चिज कुमार श्रेष्ठ

1 Comment »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/22/thanks-for-csn-khojtalash/trackback/

  1. hi ajj t khojtalashko page khuldainani k bairaheko chha ??

    Comment by Dhruba — May 15, 2008 @ 8:10 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.