November 23, 2005

Mero Sansar is in Trouble

Filed under: News

नेपाली भाषाको पहिलो व्लग मेरो संसार खतरामा
आज विहानै जव सदा झैं मेरो संसार भित्र छिरे तव म अवाक् भएँ कारण मेरो संसारको लेआउट तथा सवै न्यूज तथा इनफरमेसनहरु डिलिट भएका रहेछन् ।

उमेश जीद्धारा लिखित मेरो संसार षडयन्त्रको शिकार न्यूज पढें । उहाँ लेख्नुहुन्छः मेरो संसारको लोकप्रियताबाट डाहा गर्नेहरुले मेरो संसारको ब्लग बन्द गराउने षड्यन्त्र गरेका छन्। यौनमा उदारपन र खुलापनका नाममा नेपालका बालबालिकाहरु कति हदसम्म गइसकेका छन् भन्ने पासवर्ड प्रोटेक्ट ब्लगलाई इस्यु बनाएर चाइल्ड पोर्नोग्राफी गर्यो भन्दै ब्लगसमका सञ्चालकहरुलाई कम्प्लेन गरेका कारण हाल उक्त ब्लग सस्पेन्डेड गरिएको मेसेज देखाइएको छ। बहाना त्यो कुरालाई बनाइए पनि मलाई थाहा छ लोकतन्त्रप्रति प्रतिवध्द मेरो ब्लग देखेर रिस गर्नेहरुले यसो गरेका हुन्।

त्यस्तै अर्को व्लग रत्नपार्क भित्र पनि छिरे त्यहाँ मेरो संसार व्लग माथी षणयन्त्र भन्ने शिर्षकमा देवदास लेख्नुहुन्छ नेपाली भाषाको प्रथम ब्लग मेरो संसार.व्लगसम.कमलाई चाइल्ड प्रोनोग्राफीको आरोप लगाउदै ब्लगसम सन्चालक समक्ष उजुरि गरेर योजनाबद्द रुपमा षडयन्त्र गरी आजदेखी बन्द गरिएको छ । हिजोको अंकमा यौनमा उदारपन र खुलापनका नाममा नेपालका बालबालिकाहरु कति हदसम्म गइसकेका छन् भन्ने पासवर्ड प्रोटेक्ट ब्लग मेरो संसारमा ब्लगर उमेश श्रेष्ठले लेखेका थीए ।
तर कुरा चाइल्ड प्रोनोग्राफीको हैन किनकी केही समए पहीले देखी मेरो संसारमा उमेशले जती समाचार हरु लेखीरहेका थिए ति समाचार हरुले लोकतन्त्रको आवाज उठाइरहेको थिए र अन्य केही पत्रीकाहरुलाइ पनि समाचार प्रकाशनमा च्यालेन्ज दिइरहेका थिए । मुख्यत बिदेशमा बस्नेहरुको लागी उनले ब्लगमा अडियो भिडीयो समेत राखेर जनताहरु शाही सरकारलाइ लडाउन कसरी लागीपरेका छन भनेर प्रत्येक्ष प्रसारण गरीरहेका थिए । हरेक नागरीक सभामा भएका भाषण कबिता वाचन देखी लिएर राजाको बारेमा पनि सकेसम्म समाचार दुनिया सामु पस्कीरहेका थिए । उनको ब्लगबाट साच्चै भन्नुपर्दा लोकतन्त्र बिरोधीहरु , केही अनलाइन पत्रीकाहरु , र केही उनका अतीतमा कामगरेका संस्थाहरु पनि उनको डाहा गरीरहेका थिए । अबसर खोजीरहेका यिनै पक्षहरुले हिजोको समाचार लाइ बहाना बनाएर उनको ब्लगलाइ ब्लक गर्न जुन कोसीस गरे त्यो साह्रै गरीब मानसीकताको उपज हो भन्ने देवदास ठान्दछ । जो आफु केही गर्न सक्दैन उ अरुले केही गरेको पनि देख्न सक्दैन भन्ने नेपाली उखान लाइ प्रमाणीत गरे मेरो संसारलाइ ब्लक गराएर । त्यस्ता जनवारहरुलाइ नेपालीमा बाँदर भनिन्छ र यो जुन कामगरे त्यो अबस्यपनि तिनै बाँदरको समुहले गरेको हो । देवदास चाहन्छ कि ब्लगसम सन्चालकहरु त्यो पासवर्ड प्रोटेक्ट ब्लग लाइ आफ्नै माध्यमबाट अनुबाद गरेर राम्रोसँग अध्ययन गरुन र निर्नय गरुन के साँच्चैनै त्यो समाचारले चाइल्ड प्रोनोग्राफी गरेको छ रु हाम्रो समाजमा आज घटेको यौटा घटनालाइ समाचारका माध्यमबाट प्रकाशन गरेर जनतालाइ सुसुचित गराउनु कहाँ को चाइल्ड प्रोनोग्राफी हो रु जुन कुरा उमेशले लेखे त्यो कुनै काल्पनिक थिएन र ब्यापारका लागी लेखीएको पनि थिएन । भोली हाम्रा अगाडी जुन जुन घटनाहरु घट्छन ती घट्नाहरु हामीले लेख्न, पढ्न पनि नपाउने रु देवदास आशा गर्छ यो समाचारलाइ ब्लगसम संचालकहरुले राम्रो सँग अध्ययन गरुन र छिटो भन्दा छिटो मेरो संसारलाइ पुन खुल्ला गरुन । र ज जस्ले यो दुस्साहस गरे ति तत्वहरुले गरेको यो नित्कृष्ट कार्य प्रती देवदास घोर आपत्ति गर्दछ ।

अझैं अर्को व्लग भित्र पनि छिर्न मन लाग्यो त्यहाँ Mero Sansar Blog is suspended टाइटलमा यस्तो न्यूज लेखिएको रहेछ एक बर्ष अघिदेखि चल्दै आएको नेपाली भाषाको पहिलो ब्लग मेरो संसार ब्लगसम अहिले बेलुका बाट बन्द भएको छ। हिजै मात्र नेपाली समाजमा खुलापन भित्रीएको र यसले बालबालिकाहरुलाईपनि प्रभाव पारेको भन्दै ब्लगसमका संचालक सालोक्यले कलिला उमेरका बच्चाहरु यौन कार्यमा लिप्त भइरहेका तस्विरहरु र साथमा एक आलेख प्रकाशित गरेका थिए।

छिमेकी मुलुक भारत र अन्य मुलुकहरुमा आ आफ्नो भाषामा ब्लगहरु संचालन भएका तर नेपालमा यस्ता ब्लगहरु नभएका भन्दै उनले ब्लगसमको निशुल्क वेभ होस्टिगमा नेपाली भाषाको ब्लग चलाएका थिए। सालोक्यका अनुसार उनको व्लग सरकारले बन्द गरको होइन । व्लगसम आफैले उनको व्लग बन्द गरिदिएको हो ।

‘मेरो ब्लग किन बन्द भयो म आफैलाई थाह छैन’ हामी संग कुरा गर्दै उनले भने ‘मेरो बिचारमा कसैले छुस्की लगाइदिएको हुनुपर्छ। तर म फेरि नया व्लगका साथ पाठकहरुमाझ देखापर्ने छु।’ उनको इमेलमा व्लगसमले यस्तो जानकारी पठाएको छ।The relevant Nepalese Authorities including the police will be informed of any offensive content.
Yours,
Blogsome Admin

वाल यौनको इष्यु वनाएर मेरो संसारलाई सस्पेन्समा राखेको कुरा माथिका लेखाइहरुबाट स्पष्ट छ तर त्यसको लागि मेरो संसारसंग डराउने सत्तधारी, लोकत्नत्र विरोधी तत्वहरुको ठूलो हात भएको कुरा पनि माथिका शब्दहरुले व्याख्या गर्दछ । वास्तवमा हावा भरिएको भकुण्डोलाई जति जोडले भुइमा बजार्यो उत्ति नै माथि आकाशतिर पुग्ने गर्दछ । समाचार माध्यम तथा लेखनकला पनि उही भकुण्डो जस्तो हो यसलाई जति सीमावत् गर्ने तयारीमा मान्छेहरु लाग्दछन् त्यतिनै त्यसले अरु रफ्तार लिन्छ । मेरो संसार व्लग वन्द नै गरिए पनि उमेशजीको लेखाइ कदापी वन्द हुने छैन भोलि अर्को साइट खुल्नेछ, अझ लेखनकलामा व्यापक निखारता आउनेछ । सुगन्धलाई बालुवा र सिमेन्टको पर्खालले छेक्न कदापी सक्तैन । न्यूज मेडियालाई वन्द गर्न खोज्नु भनेको एकैछिन हत्केलाले सूर्यलाई छेके वराबर हो ।

तैपनि आशा गरौं मेरो संसार पुन खुल्नेछ । उहाँबाट लेखिएका न्यूज व्लगहरु पुन हामी सवैले श्रवण गर्न पाउँने छौं । यसै आर्टिकलबाट व्लग होस्टिङ ग्रुपलाई अनुरोध गर्न चाहन्छु मेरो संसार पुनः सञ्चालनमा आओस् ।
चिज कुमार श्रेष्ठ
प्रवासबाट

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/23/mero-sansar-is-in-trouble/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.