Sedgum Gas plant
सेदगम ग्याँस प्लान्ट
साउदी अरेविया एक मरभूमिय राज्य हो यहाँको मुख्य आम्दानीको श्रोत भनेको तेल र ग्याँसका कुवाहरु हुन । यसो त यहाँ हजारौं तेल र ग्याँसका कुवाहरुमा काम गर्ने नेपालीहरु पनि निकै छन् । नेपालीहरु मात्र नभएर सयौं देशका लाखौं मानिसहरु यहाँ कार्यरत छन् । साउदी अरेवियाको प्रोजेक्ट एरिया जुन मरुमुमिमा विराजमान छ तिनै मध्येको एउटा सेदगम ग्याँस प्लान्ट पनि हो ।
Shedgum Gas Palnt, Sedgum KSA {zooming}
यहाँ नेपालीहरुहरुलाई विभिन्न क्याटागोरीमा विभाजित गरिए पनि मुख्यतया यहाँ काम गर्नेहरु लेभर, हेल्फर, पाइप फिटर आदि दर्जामा कार्यरत भनेर भनिए पनि प्राय सवैको काम लगभग एउटै हुने गर्दछ । यहाँ हेल्परले पनि पाइप फिटरको काम गर्ने र पाइप फिटरले पनि वाध्यतावश लेभरको कार्य गरिहेका हुन्छन् । त्यसो त काम गर्न भित्रयाएका कम्पनीहरुले पनि लेभर दिएर आरामको को लागि पाइप फिटर हो भनि सप्लाइ गर्ने गर्दछन् । कतिपयले त म लेभर हुँ पाइप फिटरको काम गर्दिन भनेर आरामको फोरम्यानसंग घम्साघम्सी पर्ने कुरा पनि बोल्न हिचकिचाउँदैनन् । जेहोस् यहाँ भित्रिएका नेपालीहरुले ग्याँसका पाइपहरु तेलका कुवाहरुमा डटेर, खटेर कार्य गर्ने गर्दछन् । त्यसैले पनि होला सस्ता कामदारहरु भनेर चिनिने वग्लादेशी श्रीलकनहरुलाई भन्दा अरेवियनहरुले नेपालीहरुलाई मन पराउँदछन् ।

Way to Shedgum (Main Highway)
लामो समयदेखि सेदगम ग्याँस प्लान्टको भ्रमण गरी एउटा रिपोर्ट तयार गर्ने विचार भएपनि समयको कारण तथा आफू वसेको एरियाभन्दा निकै टाढा पर्ने सेदग्म एरिया भएकोले पनि सोचे सरह लेख्न सकिरहेको अवस्था थिएन । संयोगवश हिजो सेदगम ग्याँस प्लान्टसम्म भ्रमण गर्ने अवसर पाएँ । अवसर जुटाइ दिनु भएकोमा मेरा साथी इश्वर गुरुङलाई धन्यवाद दिन चाहन्छु । विशेष त उहाँ हरेक दिन सेदगमका लागि कामदारहरु लिएर जानुहुन्छ हिजो शुक्रवार छुट्टीको दिन म पनि लागे उहाँसंगै । वाटोमा रमाइला गफहरु गर्दै, चियाको चुस्कीसंगै बाटो काटेको थाहा पनि भएन ।
Ishor Gurung on the way
लगभग ७० किलोमिटरको बाटो रहेछ, हाम्रो क्यापबाट । साथमा तीन जना फिलिपिनोहरु थिए । उनीहरु त्यहाँ अरवियन फाल कम्पनीले आरामकोको लागि वनाउँदै गरेको विल्डिङको वाँकी रहेको कार्यहरु पूरा गर्न जाँदारहेछन् ।
हाइवेबाट उकालो लाग्दा कता कता घुमाउरो बाटोहरु तथा लोकल सडकहरु भेटियो जुन साह्रै साँगुरो र भत्केका पनि थिए । अलिकति बाटो त मरुमुमिबाट पनि पार गरियो । ठूला ठूला वालुवाका पहाडहरु देख्दा एकपल्ट नेपालको सम्झना गरायो नै । जव सेदगम नजिक पुगियो मैले क्यामरा निकालेर फोटो खिच्ने कोसिस के गर्न लागेको थिए । इश्वरजीले अलि तलबाट खिच्नुहोस् भन्ने सुझाव दिए किनकी यो साउदी आरामकोको एरिया हो यहाँ कुनै पनि फोटो लिन अनुमति छैन ।
Shedgum Gas Palnt, Sedgum KSA {far}
यदि फोटो लिइएको भेटियो भने यू आर नो मोर फर आराम भन्ने कुरा सम्झनु जरुरी छ । तर पनि केही इनफरमेशनहरु व्लगमा राख्न पाएँ सवैले यहाँको जानकारी पाउने थिए भन्ने लालसाले अनुमति नभएको क्षेत्रको फोटो क्यामरामा कैद गरें । डिजिटल क्यामरा वेल्टमा भिरेको थिए । सेदगम मुख्य गेट भनु अथवा सेकुरिटी एरिया नजिक पुग्दा अझ डर लाग्यो कतै क्यामरा देखेर कुनै एक्सन लिने त होइन । इश्वरजी भन्दै हुनुहुन्थ्यो, सेकुरिटीले देख्यो हामी सवैजना भित्री हुन्छौं । तर हामी सेकुरिटी चेकिङ पोष्टबाट भित्र नभएर बाहिर बाहिर कै स्थानमा जानुपर्ने रहेछ । त्यसकारण सेकुरेटी चेकिङ हुने कुरा थिएन । जव विल्डिङ नजिक पुगेर २ वटा फिलिपिनोलाई त्यहाँ छोडेर हामी अघि वढ्यो तव निस्कने वाटोमा पनि सेकुरिटी पोष्ट थियो किनकी आरामकोको छिर्ने र निस्कने गेटहरु छुटाछुटै हुने गर्दछ । तर त्यहाँ नजिक पुगेपछि इश्वरजीले सलाम आलेकम भन्नु भएपनि सेकुरिटीले जान अनुमति दियो र हामी निस्कियौं तव मन ढुक्क भयो ।