Upahar
उपहार
जन्मदिनको कामनामा, शब्द दुइ-चार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
शिषिरको समापनमा, सुमधुर शुरुवात झैं
चम्पा र चमेली अनि, निशाकी पारीजात झैं
मुस्कुराउनु सुवास छरि, बसन्ति बाहार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
गाजले धारीला नयन, रेशमी त्यो केश तिम्रो
परदेशी यो ठाउँ छाडि, फर्किएर देश तिम्रो
छातिभरी अंगालेर, मुटूभरिको प्यार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
रिसाउँदै बोलिनौ भने, फकाउँला म गीत बनि
हर पल हर कदममा, तिम्रो निम्ति जीत बनि
संसार यो रहेसम्म बाँच्नुको आधार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
मेरी मनकी माली तिमी, मेरा सारा योवन तिम्रै
सम्हालेर राख्नु अब, जन्मौं-जन्म जीवन तिम्रै
मुटू मेरो राज्य तिम्रो, सारा अधिकार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
जन्मदिनको कामनामा, शब्द दुइ-चार दिउँला ।
माग तिमी छाति चिरी, मुटू उपहार दिउँला ।।
विकी
very nice kabita
Comment by ran — November 27, 2005 @ 6:31 am
Nice poem
ROmika
Comment by Romika — November 27, 2005 @ 9:49 am