November 28, 2005

Interview with Prachanda

Filed under: News

क. प्रचण्डसंग अन्तर्वार्ता
अध्यक्ष कमरेड, सशस्त्र संर्घष गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेको शक्तिबीच समझदारी कसरी सम्भव भयो ? यो समझदारी सहकार्यको स्तरसम्म उठ्नसक्ला ?

निरंकुश राजतन्त्रका विरुद्ध देश, जनता, लोकतन्त्र र शान्तिको ऐतिहासिक आवश्यकताको जगमा यो समझदारी कायम भएको हो । हाम्रो विचारमा यो समझदारी आफैंमा जनसमुदायको लोकतन्त्र र शान्तिको आकंक्षाका पक्षमा उभिने राजनैतिक दलहरुका वीचको प्रारम्भिक सहकार्य हो ।

क. प्रचण्ड
सहकार्य शब्दको प्रयोगसग कतिपय मानिसहरु किन डराउछन् हामीले बुझेका छैनौं । निश्चय नै विषयको गंभीरतालाई सबै पक्षबाट जिम्मेवारीपूर्वक अगाडि बढाइएमा यो समझदारी दीर्घकालीन मोर्चामा उठ्न सक्दछ । देशले आज यही कुराको मांग गरेको छ र हाम्रो जोड त्यही दिशामा रहने छ ।

यो समझदारी पत्रको मूल स्पिरिटबारे व्याख्या गरिदिनुहुन्छ कि ?

समझदारी-पत्रको मूल भावना र स्पिरिट भनेको निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनको आधिबेहरी सृष्टि गरी अन्तरिम सरकारको गठन र संविधान-सभाको निर्वाचनमार्फ् राज्यसत्ताको पुनर्संरचनासहितको जनताको नया“ नेपाल निर्माण गर्नु हो । अर्को भाषामा यसको स्पिरिट आफ्नो भाग्य र भविष्यको फैसला गर्ने जनसमुदायको र्सार्वभौम अधिकारलाई स्थापित गर्नु र सामन्ती निरंकुशतन्त्रलाई सदाको निमित्त बढारेर फाल्नु हो । वस्तुतः र अन्ततः समझदारी-पत्रको मूल स्पिरिट कुनै पनि प्रकारको राजतन्त्रसंग संझौता खोज्नु होइन अपितु त्यसका विरुद्ध व्यापक संर्घष् सृष्टि गर्नु हो ।

हामीले गणतन्त्रको तात्कालिक लक्ष्य छाडेको भन्ने प्रचार समझदारी-पत्रको भावना र स्पिरिटलाई पटक्कै नबुझ्नुको परिणाम मात्र हुन सक्दछ । किनकि समझदारी-पत्रमा संविधान-सभाको प्रश्नलाई र्सशर्त होइन निशर्त रुपमा उल्लेख गरिएको छ । त्यो स्थितिमा हाम्रो पार्टीलाई आफ्नो लोकतान्त्रिक गणतन्त्रको तात्कालिक नीतिका पक्षमा दृढतापूर्वक अगाडि बढ्न यसले कुनै समस्या पैदा गर्ने वा हामीले गणतन्त्र छाड्ने वा छाडेको भन्ने प्रश्नै उठ्दैन । यो हाम्रो पार्टी मात्र प्रश्न नभएर गणतन्त्रको पक्ष लिने कुनै पनि व्यक्ति, संघरसंस्थालाई संविधान-सभामार्फ् आफ्नो बैचारिक आस्थाका पक्षमा दृढतापर्ूवक उभिने अधिकार हुनेछ ।

निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापना गर्ने भन्ने कुराले सम्वैधानिक राजतन्त्र वा सेरोमोनियल मोनार्की मा सम्झौता गर्न खोजिएको जस्तो देखिदैंन र ?

निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापनालाई हाम्रो पार्टी संवैधानिक वा सेरोमोनियल राजतन्त्रमा संझौताको अर्थमा पटक्कै बुझेको छैन र समझदारी-पत्रमा पनि त्यस प्रकारको अर्थ लाग्ने कुनै कुरा छैन । स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा हुने संविधान-सभाको निर्वाचन र त्यसको परिणामलाई स्वीकार्न भने हामी प्रतिबद्ध छौं र समझदारी-पत्रले त्यही स्पिरिट बोकको छ ।

कसै-कसैले यो समझदारी-पत्रको आधारमा माओवादी सैद्धान्तिक रुपमा १८० डिगिरी फन्को मारेको र संसदवादीहरुको हात माथि परेको भनेर ब्याख्या गरिरहेका छन नि ?

देश, जनता, लोकतन्त्र र शान्तिप्रतिको हाम्रो जिम्मेवारीवोधलाई क-कसले कसरी टिप्पणी गर्दछन्, ती सबैको जवाफ अहिले नै दिनु हामीले आवश्यक ठानेका छैनौं । नेपाल र नेपाली जनताको हातमाथि पार्न हामी आफ्नो हातलाई तल पार्न पनि तयार छौं । यसमा हामीलाई कुनै चिन्ता छैन ।

समझदारी पत्रमा शान्ति पूर्ण नया राजनीतिक धारको कुरा उल्लेख गरिएको छ । यो नया धार भनेको के हो ?

संविधान सभाको निर्वाचनमार्फ् जनसमुदायले तयार पार्ने राजनैतिक धार नै नया राजनैतिक धार हो ।

तपाईहरुले गर्नुभएको एकतर्फी युद्धविरामको म्याद छिट्टै सकिदैंछ । यो युद्धविराम लम्ब्याउदै हुनुहुन्छ कि ?

हाम्रो पार्टी युद्धविराम भंग गर्ने वा लम्ब्याउने भन्नेबारे ठोस निर्माण गरिसकेको छैन । समग्र स्थितिको विचार गरी पार्टी केन्द्रीय कार्यलयबाट यसको निर्माण हुनेछ । तर, सामन्ती निरंकुशतन्त्र र उसको शाही जत्थाले जसरी हाम्रा निशस्त्र कार्यकर्ता र जनतालाई हत्या गर्ने, बेपत्ता पार्ने र आतंकित पार्ने काम गरिरहेको छ तथा हाम्रो युद्धविरामलाई आफ्नो सैन्य क्याम्प विस्तार गर्ने र आफूले शान्ति कायम गरेको झुटो प्रचार गर्न प्रयोग गरिरहेको छ, त्यसले हामीलाई कठोर निर्माण गर्न बाध्य पारिरहेको छ ।

युद्धविराम तोड्दा अहिले बनेको सझदारीमा कस्तो असर गर्ला ?

हामीले यस विषयमा पार्टीसंग पर्याप्त छलफल गरेका छौं । त्यसकारण युद्धविराम तोड्ने स्थितिमा पनि कायम भएको समझदारीमा कुनै असर पर्ने छैन । धन्यवाद ।
श्रोतः कृष्णसेन अनलाइन डट ओ आर जी

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/11/28/an-interview-with-k-prachandra/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.