My Presense in Saudi Aramco Farewell Party
साउदी आरामको फेरवेल पार्टीमा मेरो उपस्थिति
गत वुधबार साउदी आरामकोमा कार्यरत अब्दुल हमिद एल डर्विसलाई आरामकोको तर्फाट विदाइ कार्यक्रम सम्पन्न भयो । उनलाई एक विशेष समारोह वीच सम्मानपूर्वक उपहारहरु दिएर विदाइ गरियो । उहाँ साउदी आरामको साउथन एरिया वेल अपरेसनको लागि एड्भाइजरको पोष्टमा लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो । साउदी आरामको इम्पोइहरुको वीचमा एल हासाको होटल इन्टरकन्टिनेन्टलमा विशेष पार्टी दिइएको थियो ।
अलहासा इन्टरकन्टिनेन्टललाई वाहिरबाट दृश्यावलोकन गर्दा
कार्यक्रममा प्रेजिडेन्ट, तथा म्यानेजरहरु लगायत ठूलो संख्यामा सहकार्य गर्ने साथीहरुको भीड थियो । कार्यक्रममा वोल्दै उहाँले सवैलाई धन्यवाद दिनुभयो र उहाँले अवकास पाउनु भएपनि आउँदा दिनहरुमा आफूले सकेको सहयोगमा निरन्तरता दिने कुरामा प्रकाश पार्नुभयो । पार्टी निकै उत्साहजनक रह्यो । यस्तो विशाल कार्यक्रममा म स्वयंले भाग लिन पाउँदा मलाई निकै खुशी लाग्यो हुनत म साउदी आरामको लागि कन्ट्राटिङ कम्पनीबाट काम गर्ने एउटा कन्ट्राक्टर हुँ तर पनि यस्तो विशेष कार्यक्रमहरुमा मैले वारम्वार म्यानेजर थ्रु भि आइ पी पास पाउने गरेको छु। किनकी म यहाँ साउथन एरिया वेल अपरेशनको लागि म्यानेजर आर.डि लुम्पासंग पावरपोइन्ट एक्सपर्टको रुपमा कार्य गर्दछु । यस्तो कार्यक्रममा मैले उपस्थिति जनाउँदा र थुप्रै देशका मानिसहरु वीच म नेपाली हुँ भनेर परिचय दिन पाउँदा आफूलाई निकै गौरवान्वित लाग्ने गर्दछ पनि। त्यस दिन पनि थुप्रै विदेशीसंग मेरो परिचय भयो । परिचयको क्रममा कोनिलसंग म नेपाली भनेर परिचय दिंदा उनी दंग परे किनकी साउदी आरामकोमा जति पनि नेपालीहरु कार्यरत छन् प्रायः सवै लेवर दर्जामा कार्यरत भएको कुरा ध्रुवसत्य हो हुनत आजकल साउदी आरामकोमा कम्प्युटर अपरेटरको संख्या दिननानु दिन बढ्दै गएपनि प्रतिशतमा नगण्यरुपमा आउँछ ।
यस्तो पार्टीमा नेपालीको पहिचान दिदा उनीहरु पनि दंग परे कतिले त नेपालको नाम पनि सुनेका रहेनछन् । कतिले चाहि नेपाल भ्रमण गरिसकेका पनि रहेछन् । कतिले सर्म्पर्क नम्बरहरु पनि लिएर गए। नेपालको बारेमा धेरै कुराहरु जान्ने जर्मर्को उनीरुले मसंग गरे मलाई पनि निकै खुशी लाग्यो र सवैलाई आफ्नो भिजिटिङ कार्ड सहित नेपालमा तपाईहरुलाई स्वागत छ भनेर सम्मान गरे । यो क्षण मलाई निकै आनन्दको क्षण लाग्यो म जस्तो एउटा सानो मानिसले नेपाल र नेपालीको प्रतिनिधित्व विशाल देशका नागरिकहरु समक्ष गर्न पाउँदा आफू नेपाली भएकोमा निकै गर्व लाग्यो ।कतिले चाहि राजदर्वार कार्ड के हो भनेर सोध्दा दुख लाग्यो त्यस्तै कतिले नेपालमा सुरक्षाको ग्यारेन्टी हुन्छ या हुन्न विदेशीहरुलाई भनेर पनि मसंग सुझावहरु मागे । मैले हालसम्म माओवादीहरुले विदेशीहरुलाई कुनै पनि दुख नपुर्याएको, त्यो त केवल राजनैतिक समस्या मात्र हो भनेर स्पस्टिकरण दिएँ । अझ सगरमाथा नेपालमा नै पर्दछ भन्दा त मेरो म्यानेजर समेत दंग पर्यो । धेरैले अवको छुटीमा नेपाल भ्रमण गर्ने वाचा समेत मसंग गरे । मलाई निकै खुशी लाग्यो र मेरा आँखाहरु रसाए पनि ।
कार्यक्रमको केहि दृश्यहरु
अरेवियन स्वागत कक्ष
हिवा (सुडानी), लोरेन (अष्ट्रेलियन) र सिसिल्या (साउथ अप्रिmका)
वरिष्ठ व्यक्तिहरु
सहभागीहरु
सहभागीहरु
साव म्यानेजर आर .डि लुम्पा धन्यवाद ज्ञापन गर्नुहुँदै
कार्यक्रममा सहभागीहरु
डर्विस उपहार ग्रहण गर्नुहुँदै
कार्यक्रमको झलक
वरिष्ठ व्यक्तिहरु
कार्यक्रम स्थलमा कार्यक्रम पछि फोटो लिदै सहभागीहरु
कार्यक्रम स्थलमा कार्यक्रम पूर्व सहभागीहरु
सहभागी आरामको इम्पोलोइहरु
साव म्यानेजर आर.डि.लुम्पासंग म स्वयं (चिज कुमार श्रेष्ठ, जाकेटमा)
कार्यक्रममा लोरेन तथा जेसि
इन्टरकन्टिनेन्टलभित्र चिज कुमार श्रेष्ठ
अलहासा इन्टरकन्टिनेन्टललाई वाहिरबाट दृश्यावलोकन गर्दा
thanks for the sharing your party photo
Comment by damu — December 7, 2005 @ 6:27 am