Interview with CSN President (A) Gurung
साउदी अरवमा नेपालीहरुको एउटा वलियो संगठन चौतारी समूह नेपालका कार्यवाहक अध्यक्ष श्री युवराज गुरुङसँगको अन्तर्वार्ताका केही अंशहरु ।
व्लगर : नमस्कार सर, हजुरको परिचय दिनुस् न ।
युवराज : नमस्कार, मेरो नाम युवराज गुरुङ्ग, मानपाङ्ग, ३, केउराङ्ग तनहुँ, नेपाल । हाल चाहि साउदी अरेवियामा अरवियन फाल कम्पनीद्धारा आरामकोमा कार्यरत छु । समाजसेवाको भावले जागृत भइ सेवामूलक संस्था चौतारी समूह नेपालमा संस्थापक सदस्य तथा कार्यवाहक अध्यक्षको हैसियत राख्दछु ।

Yub Raj Gurung, CSN President (A)
व्लगर : चौतारी समूहृ नेपाल बारे केहि बताइदिनुहोस् न ।
युवराज : यो विशुद्ध सेवामूलक संस्था हो । यसको स्थापना साउदी अरेवियाको मरुभूमिमा तडपिरहेका नेपालीहरुको आत्मरक्षा तथा सहयोग र सद्भावको लागि २०६० सालमा स्थापना भएको हो । यस संस्थाका संस्थापक अध्यक्ष श्री शंकर थापामगर हुनुहुन्छ ।
व्लगर : चौतारी समूह नेपालले कसरी कार्य सम्पादक गरिराखेको छ ?
युवराज : एक नेपाली र अर्को नेपालीको परिचयको माध्यमका रुपमा रहेर नेपालीहरुको पिरमर्कालाई निश्चित ठाउँसम्म पुर्याउने, देशमा भए घटेका घटनाहरुलाई संसारका नेपालीहरु सामु पुर्याउने, नेपालीहरुका समस्याहरुलाई बुझेर समस्याको समाधान तथा सावधान रहन सचेत गराउने । मानिस समाजमा जन्मछ, समाज मानिसलाई चाहिने हुनाले यहाँ पनि हामीले एक सामाजीक संस्थाको आवश्कतालाई महसुस गरी सबैसँग हातेमालो गर्दै अघि बढ्ने क्रममा चौतारी समूह नेपालको परिकल्पना आज भन्दा ३ बर्षपहिला अर्थात २०६० सालमा गरेका हौं । यसको शिलान्यास उधेलिया, रियाद र जहिमाबाट भएपनि हाल साउदी अरवका धेरै ठाउँमा रहेका नेपालीहरुलाई समेटने कार्य निरन्तर रुपमा चलि रहेको छ ।
व्लगर : साउदी अरेविया जस्तो देशमा संस्था खोल्नु भएको छ, कसरी सम्भव भयो ?
युवराज : हो, अवश्य पनि साउदी अरबमा नेपाली संस्था खोल्नु भनेको त्यति सजिलो कुरा होइन । एक त यो देशको कानुनले मान्यता दिदैन तैपनि दुख परेको नेपालीलाई सहयोग गर्ने चौतारी खोल्नु आवश्यक थियो तर्सथ थुप्रै अप्ठयाराहरु वीच हाम्रो सामाञ्जयता रह्यो । रियाद तथा जहिमाबाट साथीहरुको योगदान निकै रह्यो जसको फलस्वरुप आज यो संस्था साउदी अरेविया मात्र नभएर संसारमा ख्याति कमाउने तरखरमा छ भन्दा फरक नपर्ला ।
व्लगर : साउदी अरवमा थुप्रै संस्था खोलेको मैले देखेको छु र यहाँ हरेक संस्थाहरुमा आर्थिक कारोवारको पक्षमा चित्त नबुझ्ने कुराहरु सुनेको पनि छु । चौतारी समूह नेपालमा त्यस्तो चाहि भएको छ/छैन ?
युवराज : हेर्नुस, हरेक संस्था आर्थिक पक्षबाट प्रभावित रहने हुँदा, केहि तलमाथि हुनु स्वभाविक नै हो तर त्यसलाई एउटा नराम्रो पक्ष चाहि लिनु पर्ने अवस्था हाम्रो संस्थामा आएको छैन । कतिपय कुराहरु संस्थामा गोप्य राख्नुपर्ने वाध्यताहरु हृन्छन् नै ।
व्लगर : हालसम्म संस्थाले के कस्तो वाटोहरु अपनाएर सहयोगको लागि अगाडि बढेको छ ?
युवराज : सुचनामुलक सन्देशहरु प्रबाह गरेर पत्रिका तथा वेब मार्फ, आर्थिक सहयोग गरेर, दुःख परेका नेपालीहरुको समस्या निश्चित ठाउँमा राखेर आदि बाटोहरु अपनाएर दुख परेका नेपालीलाई सहयोग गर्दै आएको छ ।
व्लगर : चौतारी समूह नेपालले चौतारी खवरपत्रिका पनि चलाएको छ, यसको वारेमा छोटो प्रकाश पारिदिनुस् न ।
युवराज : चौतारी पाक्षिक खवर पत्रिका साउदी अरबबाट प्रकाशन हुने पत्रिका हो । जसमा सम-सामायिक प्रवासी घटनाहरु, देशका प्रमुख समचारहरु, साहित्यिक समाचारहरु र अन्य जानकारीमुलक सन्देशहरु यसले महिनाको दुइपटक वेभ तथा इमेलबाट अपडेट हुने गरेको छ । हाल यसको क्षेत्र ब्यापक भइराखेको छ । विश्वमा धेरै देशहरुले चौतारी पाक्षिक पढेर प्रतिक्रियाहरु पठाइरहनु भएका छन् । सवैलाई धन्यवाद दिन चाहन्छु यहीबाट । यस पत्रिकालाई माथिल्लो स्तरसम्म पुर्याउन चौतारी पाक्षिकमा कार्य गर्नुहुने सम्पादनमण्डल धन्यवादका पात्र हुनुहुन्छ त्यस्तै अप्ठयारो अवस्थामा पत्रिकालाई जीवन दिनुहुने पूर्व प्रधानसम्पादक श्री चिज कुमार श्रेष्ठज्यू जसले चौतारी पाक्षिकलाई वेभ मार्फ संसारभरका नेपाली समक्ष पुर्याउँन दीलोज्यानले लागि पर्नु भएको छ, वहाँको योगदानलाई चौतारी समूहृले जीवन्त याद गरिरहने छ । त्यस्तै केन्द्रीय वोर्डका दामोदर ढुंगाना, ध्रुव हमाल पनि धन्यवादका पात्र हुनुहुन्छ ।
व्लगर : चौतारी समूह नेपालको भावी कार्ययोजना तथा रुपरेखाहरुको वारेमा प्रकाश पारिदिनुहुन्थ्यो कि ?
युवराज : अहिलेलाई हाम्रो योजना भने पत्रकारिताको क्षेत्रबाट साउदी अरव भित्र छिर्न चाहनु हुने नेपालीलाई सजग गराउनु हो । यहाँको रहनसहन, काम, वर्साई बारे छर्ल्याङग्याएर स्पष्ट पार्नु हो जुन पत्रिका मार्फ भइराखेको छ । सहयोगको लागि हामीले अझ हाम्रो कोषलाई बढावा दिने कोसिस गरिराखेका छौं । साउदी भित्र्ने धेरै नेपालीहरु पढलेख गर्न तथा कम्प्युटरमा जानकारी नहुने मानिसहरु भएकोले भविष्यमा कम्तिमा सहीछाप गर्न सक्ने र नेपाली तथा अंग्रेजी पठानपाठनका सामान्य कक्षाहरु चलाउने हाम्रो भावी लक्ष्य छ तर समस्या भने निकै छन् । यसका लागि सहयोग गर्न चाहनुहुने दाताहरुलाई यसै अन्तर्वार्ता मार्फ आव्हान गर्न चाहन्छु ।
व्लगर : चौतारी समूह नेपालमा सदस्यता लिने प्रकृया कस्तो छ ?
युवराज : चौतारी समुह नेपाल एक विशुद्ध सामाजिक नेपालीहरुको संस्था भएकोले जोसुकै नेपाली पनि यसको सदस्य हुनसक्नेछ । यसमा सदस्यता लिन चौतारी समूह नेपालको र्फम भर्नुपर्ने हुन्छ र यसको लागि हामीले साउदी रियाल दश सहयोग शुल्क निर्धारित गरेका छौं । त्यसपछि केन्द्रिय वोर्ड मार्फत एउटा परिचय पत्र र प्रमाणपत्र हस्तान्तरण गर्ने गरेका छौं ।

परिचयपत्रको नमूना
व्लगर : सदस्यताको वर्गिकरण कसरी गरिएको छ ?
युवराज : सदस्यताको बर्गिकरण भने गरिएको छैन किनकि यो संस्था सवैको हो जो सुकै भएपनि संस्थामा समान अधिकारको पात्र छन् । चाहे म अध्यक्ष नै किन न हुँ र अर्को कोही व्यक्ति मात्र सदस्य भएपनि सवैको हक समान छ । भोलि केन्द्रिय वोर्डमा नोमिनेसन हुने अधिकार सवैमा निहित छ ।
व्लगर : संस्थामा बैठक/सदस्यहरुको राय कसरी लिनुहुन्छ ?
युवराज : साउदी अरेवियामा संस्था मात्र खोलेर बस्नु संभव हुने कुरा होइन । सवैले आफ्नो जागिर त गर्नै पर्यो । यिनै सर्न्दर्भलाई मनन गरेर हामीले वैठक तथा सहयोगहरु फोन, फयाक्स, इमेल, पत्र, शारिरिक उपस्थिति आदि विचार विमर्सलाई मूल्याङन र वहुमतको कदर गरी राय लिने/लागू गर्ने गरेका छौं ।
व्लगर : तपाईको अन्तरवाता विश्वमा सवैले पढ्ने भएकोले, नेपाल र नेपालीको लागि केहि शब्दहरु राखिदिनुहोस् न ।
युवराज : नेपालमा एउटा स्थायी सरकारको शिघ्र सृजना हुन सकोस् । त्रिपक्षिय शक्तिहरु एउटै मूल धारमा आउन । आजको आवश्यकता भनेको देश बचाउने हो । तर्सथ सवै मिलि हाम्रो सुन्दर शान्त नेपालको पुन प्रतिस्थापन गरौं ।
धन्यवाद
Hasayoo.. Besari Hasayo..
alu khayera peda ko dhaak… Hasayo..
unknown
Unknown को र्समनाद हरकत
सम्पूर्ण साथीहरुमा र्सवप्रथम त स-धन्यवाद कमेन्ट लेखि पठाउनु भएकोमा तर कुनै पनि कुराको सिमा हुन्छ सिमा भन्दा माथी चढ्न तपाई हाम्रो गलत विचार धारणा हो । यो अरु कोहि नभएर आफनै कम्पनीको साथीहरु तथा साउदी अरबमा नै काम गर्ने नेपालीहरुको हो भन्ने कुरा यहाँ पुष्टि हुन आएको छ र त्यहाँ नाम नभए पनि कम्पुटरको आइ पी ठेगाना हामीलाई प्राप्त भएको छ र पनि यदि हजुरहरुलाई त्यस्तो लाग्छ भने नाम खुलाई आफुले मन नपरेको कुरालाई लेखि पठाउनु होला यसमा कुनै आपती छैन होइन भने संस्थाको बारेमा जे मन लाग्यो त्यही लेखेर तपाई आफ्नो नजरबाट आफै गिरिरहनु भएको छ ।
चौतारी समुह नेपाल
अध्यक्ष
युब राज गुरुङ
Comment by Administrator — December 7, 2005 @ 6:54 am
Interview with CSN President (A) Gurung
BHANNE TITLE MA INTERVIEW RAMRO LAGYO. SAUDI ARABIA JASTO DES MA BASER NEPALIHARULE NEPALI KO LAGI GAREKO KAM RAMRO HO. PRESIDENTTT JI, SASTHAMA KAM GAREPACHHI ALI ALI BADMASHARUKO AAKHA LAGNU TA LAGIHALCHHA NI, DON’T WORRY TESTA DHUNHARULE KEHI LACHHARPATO LAUN SAKDAIDA.JO NAM LEKHNA DARAUCHHA TYO K MANCHHE.
WELL WISHER FOR YOU
SAROJ THAPA
KATHMANDU, NEPAL
Comment by Saroj Thapa — December 7, 2005 @ 7:45 am