December 10, 2005

Filed under: Literature

शान्तिको संकेत लिएर आउ

मेरा गीत गजलहरुमा छन्द भरेर आउ ।
धारिला ती गाजलु नयनहरु बन्द गरेर आउ ।।

उडाउला नि बतासले सुनकेशरी जस्तो तिम्रो केश
अविश्वासका हुरी चलिरहेछ यहाँ, मन्द गतिमा आउ ।

धुन बनेर, जुन बनेर जसरी आए पनि सुहाउँछ तिमीलाई
तैपनि सवैको नजरमा कुनै खास पसन्द भएर आउ ।

होस गर्नु है यहाँ आफ्नै छाँयाहरु दुश्मन छन् नि
भलाकुसारी गरी द्वन्द होइन, शान्तिको संकेत लिएर आउ ।
विकास, साउदी अरेवियाबाट

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/12/10/87/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.