December 12, 2005

Contractors who work for Saudi Aramco

Filed under: News

साउदी आरामकोमा काम गर्ने कन्ट्राक्टर नेपालीहरु
साउदी अरेवियामा कार्यरत लाखौ नेपालीहरुमध्ये प्रतिशतमा गणना नआउने नेपाली जो साउदी अरेवियाका विभिन्न प्रोजेक्ट अन्तर्गत रहेर Administration Field मा साउदी आरामकोका लागि काम गर्दछन् ।


Riyadh Refinery

वास्तवमा कन्ट्राक्टर कामदार भनेको साउदी अरेवियामा अरु कुनै सानातिना कम्पनी भएर साउदी अरव भित्रिने कामदारहरु हुन् जसलाई कम्पनीले ठूला कम्पनीहरुमा हायरमा पठाउने गर्दछ। साउदी अरवमा ग्याँस र तेलका कुवाहरुको संख्या वृहत हुनु तथा प्राय सवै कार्यहरु तिनै ग्याँस र तेलका कुवाहरुमा हुने भएकोले साउदी आरामकोमा सानातिना कम्पनीले आफ्ना कामदारहरुलाई हायरमा दिने गर्दछ । वास्तवमा ति कामदारहरु नै कन्ट्राक्टर इम्पोलीहरु हुन् । साना कम्पनीमा भित्रिएर पनि विश्वको स्टाण्डर कम्पनी साउदी आरामकोमा काम गर्ने अवसर थोरै नेपालीहरुले अफिसियलरुपमा पाएका छन् यो अवसर नेपाल र नेपालीको लागि ज्यादै नै गौरवको कुरा हो । तर पनि यहाँ भित्रिने प्राय कामदारहरु ट्रेड भनिएर पनि लेवर भिसामा भित्रनेको संख्या निकै छ । अवको पहल भनेको श्री ५ को सरकारले साउदी अरेविया भित्र भित्रने ट्रेडका कामदारहरुलाई ट्रेडको नै भिसामा पठाउन संझौता गर्न सके नेपालीहरुको योग्यताको कदर हुने थियो साथै आर्थिक मेरुदण्ड पनि सुदृढ हुँदै जाने थियो ।

साउदी आरामकोमा काम गर्ने हरेकले व्यक्ति पिच्छे एउटा कम्प्युटर, एक सेट टेलिफोन, एउटा स्क्यानर साथमा प्रिन्टर, फोटोकपी मेसिन कार्य सहजताको लागि पाउने गर्दछन् । इन्ट्रानेटबाट सवै र्फम तथा निवेदनहरु अनलाइन मार्फत भरिने गरिन्छ । प्राय सवै र्फमहरु अनलाइनबाट नै अप्रुभ गरिने गरिन्छन् भने केहिलाइ भने अनलाइनबाट हार्ड कपीमा कन्भर्ट गरी अप्रुभ गरिने गरिन्छन् पनि ।


Resham B.Thapa Kshetri, Admin Asst. for Contractor Company ArabianFal


हरेकको लागि सूचना आदानप्रदानको लागि आउटलुक इमेल, इन्ट्रानेटको सुविधा पनि छ । हरेकलाई आई टि बाट एउटा लगन र पासवर्ड उपलव्ध सम्बन्धित Department को अनुरोधमा अथवा एप्रोभलमा प्रदान गरिने नियम छ । यसो त नेपालीहरुले इन्टरनेट र आरामको इमेल पनि पाउने गर्दछन् । त्यसको लागि भने म्यानेजरद्धारा अप्रुभ हुनु जरुरी छ । नेपालीहरु यिनै आउट लुकको थ्रु भएर विहानै देखि एकआपसमा गुड मनिङ वाँड्ने गर्दछन् । कतिपय दिनहरुमा कवितामा गुड मनिङदेखि वाइ वाइ सम्म पनि शेयर गर्ने गर्दछन भने देशको परिवेशसंगै जोडिएर कविता तथा गजलहरुमा भाव विव्हल हुने गर्दछन् पनि । विनित आज यस्तो कविता मेरा नेता साथी शीर्षकमा लेख्नुहुन्छ

मेरो नेता साथी

बडो कष्ट पछि आज, जब कुर्ची हात लाग्यो ।
अघि-पछि दाँया-वाँया, चम्चेको जमात लाग्यो ।।

भोट माग्दा हिजो अस्ति, खुट्टा सम्म ढोग्दै थियौ,
सत्ता जित्या भोलिपल्टै, जनताको भात लाग्यो ।

के के नै गर्छुभन्थ्यौ फुस्रा भाषण के काम जब,
राजश्व र भन्सार सबै, अल्मारीमा खात लाग्यो ।

मक्किएका चप्पल हुन्थे, खुट्टाहरु पैदल हिन्थे,
पजेरोमा चड्यौ अनि, सम्पतिको मात लाग्यो ।

तातो पानी तताएर, नुन राखेर खोले खान्थ्यौ,
बोतलबाटै तान्न थाल्यौ, अनि दिउँसै रात लाग्यो ।

हेर्दा हेर्दै कलियुगको कृष्ण-लिला अन्त्य भयो,
तिम्रा पनि दिन आए, दशा साँडे-सात लाग्यो ।

भष्ट्राचारी बिल्ला लगाई, छानबिनमा परेपछि,
हार गुहार गर्न थाल्यौ हैन हजुर वात लाग्यो ।

उतिबेला लोभ गर्यौ, धोक्नुसम्म धोकिहाल्यौ,
बल्ल आँखा खुल्यो जब अख्तियारको लात लाग्यो ।

त्यस्तै निलन कुमार महर्जन देशको वास्तविकतालाई यसरी छर्ल्ङयाउनुहुनछ

मेरो देश जिउँदै जलाईरहेको छ

लाखौं मलामीहरुको अगाडी
एउटा सिङ्गो देशलाई
अर्ध मरण मै………….
मण्डलेहरु मिलेर………….
पञ्चै बाजा बजाउँदै………….
रातो, सेतो र निलो
त्रिकोणात्मक कपडाको
कात्रो बनाई,
हरियो बाँसको दसनामा
सुताउँदै………….लेताउँदै………….
गरिब निमुखा र निर्दोष………….
देशवासीका रगतले सजाई
हत्यारा दमनकारी र निरंकुस
तानाशाही प्रतिगमनको
गन्धमय धुपौरो र्छर्दै………….
शान्ति र स्वतन्त्रताको नाउँमा
खोटो………….झुटो तिला र्छर्दै।।
मेरो देश नेपालको लास।।
नारायणहीटीको आर्यघाटमा
भलभलति जलिरहेको छ ………….
मेरो देश………….
अर्ध मरण मै………….
जिउँदै जलाईरहेको छ………….






















Thank you for visiting my blog.