Safety Quiz
लस प्रिभेन्सनद्धारा सेफ्टी क्यूज सम्पन्न
साउदी आरामको इष्ट एड्मिन विल्डीङमा हिजो लस प्रिभेन्सन विभाग द्धारा सेफ्टी क्वीज सम्पन्न भयो । उक्त, अवसरमा साउदी आरामकोमा कार्यरत धेरै इम्पोइहरुले भाग लिएका थिए । सेफ्टी क्वीजमा जम्मा ६ बटा सेफ्टी सम्बन्धी प्रश्नहरुको उत्तर टिक लगाउनु पर्ने थियो ।
कार्यक्रमको स्थिर चित्र
प्रश्नहरु अंग्रेजी तथा अरवियन भाषामा छपाइएको थियो । कार्यक्रममा कन्ट्रयाक्टरहरुको सहभागीताले भने कार्यक्रमलाई अझै रोचक बनाएको थियो । कार्यक्रम संचालक श्री खालीद मुल्हीमले कार्यक्रममा सेफ्टी सम्बन्धी विषयमा विशेष फोकस गर्नुभएको भयो । वास्तवमा सेफ्टी कामको अवस्थामा मात्र होइन घरमा पनि यसबाट सचेत हुनुपर्ने, वच्चाहरुलाई सेफ्टीको निकै जरुरत भएको आदि इत्यादि वारे व्याख्या र्गर्नुभयो भने कम्प्युटरको विशाल स्क्रीनमा यस सम्बन्धी प्रिजिन्टेसन र क्लीपहहरु स्पष्ट देखाइएको थियो । उक्त क्वीज प्रतियोगिताको छनौट भने लकी ड्र बाट सेलेक्सन गरियो जसमा दुइपटकको लकी ड्र बाट सहभागी मध्येको ६ वटै प्रश्नहरुको उत्तर मिलाउने १२ जना इम्पोलीहरुले विभिन्न पुस्रकारहरु हात पारे, कसैले साउदी आरामको व्याग, कसैले आरामको घडी, कसैले रेडियो भने कसैले पेन आदि । कार्यक्रममा निकै रौनकता छाएको थियो ।
कार्यक्रमका केही तस्विरहरु