Thikai Bhayo
ठिकै भयो
सहयात्री त्यो दोबाटोमै, छुटीगयो ठिकैभयो ।
निकम्मा जो प्यार थियो, टुटीगयो ठिकैभयो ।
बटुलेथें आँशुहरु बाँध किन्तु कमजोर थिए
छल्किएर अनायासै, फुटीगयो ठिकैभयो ।
मेरो दुःख सँगालेर, रुने आफ्नै प्रतिबिम्ब
मेरै खातिर विरोधमा, जुटीगयो ठिकैभयो ।
माकुराको सिकार जस्तो, म त यसै पनि थिएँ
फगत यौटा जवानीथ्यो, लुटीगयो ठिकैभयो ।