Protest Letter
Dear all,
We are sending this mail with extreme grief. You might have already read about rampant killing of the inocent and unarmed civilians by Royal Nepal Army personnel at Nagarkot, Bhaktapur. Please read the below protest letter and forward it to the email addresses given there in with your name, address and date.
Maheswor Shrestha
For NESOCA Nepal
श्री ५ महाराधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव
मन्त्री परिषदका अध्यक्ष तथा रक्षा मन्त्री
सिंहदरबार, काठमाडौं
इमेलः info@pmo.gov.np
विषयः- हत्याकाण्डको भत्र्सना र कडा कार्वाहीको माग ।
श्री ५ महाराज,
२०६२ मंसीर ३० गते सेनाका जवान बासुदेव थापा तथा तिनका मतियार जवानहरुले आफ्नो परम्परा बमोजिम सांस्कृतिक पर्व मनाइरहेका नगरकोटका निर्दोष तथा निहत्था जनसमुदाय माथि अन्धाधुन्ध गोली चलाउँदा महिला तथा बालबच्चा सहित ११ जना मानिस मारिएको र १९ जना सख्त घाइते भएको खबरले हामीलाई अत्यन्त स्तब्ध, शोकाकुल र आक्रोषित बनाएको छ । हामी यस बर्बर हत्याकाण्डको घोर भत्र्सना गर्दै अपराधीहरुको सम्पत्ति जफत गरी उनीहरुलाई कठोर श्रम सहित आजीवन कारावासको सजाय दिन जोडदार माग गर्दछौं । यसका साथै मृतकका परिवारजनलाई तत्काल यथेष्ट क्षतिपूर्ति दिन र घाइतेहरुको उचित उपचारको व्यवस्था र क्षतिपूर्ति दिइयोस भन्ने समेत माग गर्दछौं ।
यस जघन्य तथा लोमहर्ष हत्याकाण्डमा नेवार तथा तामाङ समुदायका दाजुभाई दिदीबहिनीहरु अत्याधिक संख्यामा मारिएको र घाइते भएको हुँदा सम्बन्धित जातीय संस्थाहरुप्रति हामी आफ्नो भावपूण समवेदना प्रकट गर्दै यस घटनालाई लिएर धैय तथा गम्भीरताका साथ अगाडि बढ्न समेत आव्हान गर्न चाहन्छौं ।
भवदीय
नामः-
ठेगानाः-
मितिः-
बोधार्थः-
१. नेवाः देय् दबू इमेलः- daydaboo@wlink.com.np
२. नेपाल तामाङ घेदुङ इमेलः- ghedung@enet.com.np
३. नेपाल आदिवासी जनजाति महासंघ इमेलः- info@nefin.org.np
Chij ji, nice work you done.Kin ho 4 dindekhi update chain ta.
Hari sharma
Comment by Hari Sharma — December 20, 2005 @ 11:17 am