December 21, 2005

Aandolan

Filed under: News

सशस्त्र संर्घष र जनआन्दोलनको समायोजन आवश्यक
माओवादी-सात संसदवादी दलले बाह्रबुदे समझदारी र माओवादीले एकतर्फी युद्धविराम एक महिना थपेर देशमा शान्ति र लोकतन्त्रको स्थापनाको निम्ति पहल गरिरहेकै अवस्थामा शाही सेनाले नगरकोट मेलामा एक दर्जन जति निहत्था जनताको कत्लेआम गरेको छ । एकातिर शान्ति र अग्रगमनका निम्ति पहल र अर्कातिर देशलाई युद्धमा जर्वजस्ती घिर्सार्ने युद्धउन्मादी प्रवृत्ति स्पष्ट छुट्टिएको छ । जीवन र मृत्युको लर्डाईं भएकाले हरेक नेपालीले शान्ति र अग्रगमन कि आतंक र प्रतिगमनको पक्षमा लाग्ने, सक्रियतापूवक आफ्नो भूमिका तत्काल किटान गरिहाल्ने अवस्था सिर्जना भएको छ । बहुसंख्यक परिवर्तनकामी जनता एकपटक मुठ्ठीभर युद्धोन्मादी विरुद्ध जाइलाग्ने हो भने त्यसलाई परास्त गर्न धेरै समय लाग्ने छैन ।

नगरकोट घटनाको एउटा स्थिर चित्र
माओवादी-संसदवादीको बाह्र बुदे समझदारी आन्दोलनमा अनुवाद भइरहेको बेलामा हतास शाही सत्ताका सुरक्षाकर्मीले नगरकोटमा एक दर्जन निहत्था जनताको हत्या गर्न पुगे । यसले आन्दोलनमा आगोमा घ्यू थपेजस्तै भयो । जुझारु आन्दोलन देशैभरि फैलियो । सात दलले पुष १ गते राखेको उपत्यका बन्द नेपाल बन्दमा बदलियो । हरेक दिन युवा विद्यार्थीहरु गणतन्त्रको नारा लगाउ“दै सडकमा उत्रिरहेका छन् । देश आन्दोलनमय बनेको छ । युवा विद्यार्थीहरुलाई संगठित र उर्जाशील बनाएर निरंकुश शाही सत्ता विरुद्ध स्पष्ट नारा र व्यवस्थित आन्दोलनको कार्यक्रम गर्ने कार्यमा संसदीय नेताहरु अझै पछाडि परेका छन्, ढिलो गतिमा छन् । यसले शाही सत्ताका सञ्चालकलाई खेल्ने र दमन गर्ने मौका दिनसक्छ ।
नगरकोटको हत्याकाण्डको भोलिपल्ट सात दलले खुल्लामञ्चमा कार्यक्रम गर्न बल गर्नुपर्थ्यो बा“धेको सीमा घेरा तोडेर जान सक्नुपर्थ्यो विरोधध संघर्षलाई नया स्तरमा नउठाउने हो भने आन्दोलनमा सहभागी जनतामा शिथिलता हुन्छ । बौद्ध भिक्षु हुञ्जेल घण्टी बजाइरहने तरिकाले आन्दोलन उठ्दैन । संसदवादी दलहरुको पुरानै रोग देखिन शुरु गरेको छ । युवा विद्यार्थीहरुको माग र भावनालाई नसमेट्ने हो भने लक्षित उद्देश्य प्राप्त गर्न संभव हुदैन । अहिले ने।वि।संघको विवाद मिलाउन नसक्दा कांग्रेसलाई मात्र होइन निरंकुश शाही सत्ताविरुद्धको आन्दोलनमा नै घाटा पर्नेछ । कांग्रेसले तत्काल यो विवाद सुल्झाइहाल्न जरुरी छ । आन्दोलनको चढावको वेला र मुख्य आन्दोलनकारी शक्ति विरुद्ध खनिने एम।बी। को रोग बल्झेको छ । अरुको विरोध गरेर नै आफ्नो अस्तित्व धान्ने एम।बी।को प्रवृत्ति एक्सपोज भइसकेकाले यसले चालु आन्दोलनलाई खासै नोक्सान पुर्‍याउने देखिदैंन ।
शाही सत्ताले आतंक र प्रतिगमनको रोडम्याप खिंचेर आफ्नो बाटो तताइसकेको बेलामा माओवादी संसदवादीहरुले पनि आफूले तय गरेको रोडम्यापको क्रियान्वयन र परिस्कार जरुरी छ । विदेशीको सल्लाहमा होइन आफ्नो तागतमा लड्ने गिरिजा कोइरालाको पछिल्लो उद्घोषको व्यावहारिक कार्यान्वयन अहिले आवश्यकता हो । शाही सरकारका उपाध्यक्ष तुलसी गिरीले आज एक पत्रकार सम्मेलन गरी सरकारले युद्धविराम नगर्ने, माओवादी र सात दलस“ग वार्ता नगर्ने बताउ“दै सात संसदवादी दलहरुलाई समेत दमन गर्ने संकेत देखाएका छन् । शाही सत्ताको यो रवैयाले पुस १७ समाप्त हुने माओवादीको एकतर्फी युद्धविराम लम्बिने संभावना अब रहेन । त्यसपछि निरंकुश शाही सत्ताका विरुद्ध ुढाडमा टेकेर टाउकोमा हान्नेु अहिलेको आफ्नो फौजी नीतिको माओवादीले कार्यान्वयन गर्न थाल्नेछ । र, सात संसदवादी दलले पनि विद्यार्थी युवाहरुको भावना र मागलाई सम्बोधन गरी व्यवस्थित र जुझारु संघर्ष योजनालाई अगाडि बढाउन हिच्किचाउनु हुदैन । सशस्त्र संर्घष् र जनआन्दोलनलाई समायोजन गरियो भने निरंकुश शाही सत्ताको तत्काल पतन हुनेछ । राष्ट्रिय र अन्तर्राटि्रय रुपमा एक्लिएको शाही सत्ताको अहिले देखिएको तुजुक मर्ने बेलामा कमिलाको प्वाख उम्रे जस्तै हो ।
मुख्य श्रोत: जनादेश साप्ताहिक

Tiripiti Nadkar

Filed under: News

तृप्तिका आठ रहस्य
सम्झना, कुसुमेरुमाल, लाहुरे तथा साइनोमा अभिनय गर्ने प्रभावशाली नायिका तृप्ति नाडकरले नेपाल र नेपाली चलचित्रलाई माया मारिन् भन्ने लाग्नु स्वाभाविक थियो । किनकि ती चार चलचित्रपछि तृप्ति गृहनगर भारतको मुर्म्बई नै बसिन् । उनले नेपाल र्फकेर नेपाली चलचित्र खेल्ने फुर्सद जुटाउनै सकिनन् । त्यसरी बेफुसदी रहदा-रहदै बीस वर्षबितेको उनले पत्तो नै पाइनन् ।

पछिल्लो चलचित्र लाहुरे खेल्दा उनको भारतीय व्यापारी हरिश नाडकरस“ग बिहे भएको थियो । साइनो खेल्दै गर्दा उनको गर्भमा पहिलो छोरो रिसभ आइसकेको थियो । सात वर्षो अन्तरालमा अर्का छोरो धिरज जन्मेपछि त म नानीहरु हुर्काउनमा यति व्यस्त भए कि बीस वर्षबितेको पत्तै भएन । उनले भनिन्- म नेपाल र नेपालीको मायाले फेरि र्फकेकी छु ।’ दशैंको बेला पारेर नेपाल आएकी तृप्तिले यसपालिको दशैं काठमाडौंमा नै मनाइन् । दशैंको अवसर पारेर २० वर्षपछि नेपाल आउन पाउदा उनी निक्कै रमाएकी थिइन् । पुराना साथी इष्टमित्र अनि नातागोता सबैलाई भेट्न पाउदा उनी यति दंग भइन् कि जसको उनले शब्दले वर्णन गर्न सकिनन् ।
त्यसमाथि पशुपतिनाथ, बौद्ध, स्वयम्भूनाथको दर्शन गर्न जादा आफूलाई बाटोमा सबैले तृप्ति भनेर चिनेको देख्दा उनको मन प्रफुल्ल भयो । बाटैमा नै अटोग्राफ माग्न आउदा हर्षे आसु झार्न पुगें भन्दै उनले आफ्नो अनुभव सुनाइन् । मलाई त नेपाली दर्शकले माया मारे होलान् भन्ने लागेको थियो तर नेपाली दर्शकले मेरा लागि यति धेरै माया सा“चिराखेका रहेछन्, मेरो आखाबाट आसु नै झर्‍यो ।’
जसरी नेपाली दर्शकले मलाई माया गरेका छन्, त्यसरी नै मैले उहा“हरुलाई माया गरेकी छु र गर्दै जानेछु भन्दै तृप्तिले अगाडि भनिन्- अब नेपाली दर्शकबाट टाढा बस्नै सक्तिन, त्यसैले पनि निरन्तर नेपाली चलचित्र खेल्न सबै बन्दोबस्त मिलाएर आएकी छु ।’
हाल उनी विजय केरुङद्वारा निर्देशित चलचित्र आमाको काखमा प्रमुख नायिकाको भूमिकामा अभिनय गरिरहेकी छन् भने चा“डै नै कृष्ण चापागाईंको नया“ चलचित्रमा खेल्नका लागि साइन गरिसकेको बताएकी छन् । जस्तोसुकै भूमिकामा अभिनय गर्न सक्नु त कलाकारको कलाकारिता हो । त्यसमा मबाट कुनै सम्झौता हु“दैन । नया र पुरानो पुस्ताका कलाकार भनेर भेदभाव राख्ने र आत्तिने कार्य मबाट हु“दैन भन्दै उनले भनिन्- म भन्दा पछिल्ला पुस्ताका राजेश हमाल, निखिल उप्रेतीजस्ता कलाकारस“ग नायिका भएर खेल्न पाइरहेकी छु । यसमा मलाई अझ गर्व लागेको छ ।’
२० र १३ वर्षा दुइ छोराकी आमा भैसके पनि उनलाई कुनै प्रकारको बुढ्यौलीले छोएको छैन । सानै उमेरमा बिहे भएका कारण नानीहरु पनि चाडै जन्मिए र चा“डै हुर्किए । जसका कारण आफू तरुनी नै अनुभव गरिरहेको उनले बताइन् । दुइ छोराकी आमा भए पनि २० वर्षगाडि उनमा जस्तो चमक थियो, त्यही चमक अझै पनि कायम रहेको देखिन्छ ।
पिता मराठी भए पनि आमा नेपाली भएकोमा गर्व गर्ने तृप्ति आमाको माइती नेपाललाई ज्यादै श्रद्धा र माया गर्छिन् । नेपाली भाषा उनले आमास“गै सिकेकी हुन् । आफूले सिकेको मातृभाषा उनले आफ्ना दुइ छोरालाई पनि सिकाएकी छन् । छोराहरुले पनि कनिकुथी नेपाली बोल्दा उनी अत्यन्त भावुक बन्न पुग्छिन् ।
नेपाल र नेपालीसग गासिएको नमेटिने साइनोबाट अत्यन्त हषिर्त बनेकी तृप्तिले अर्का जुनीमा नेपालमा नै जन्मन पाउ भनेर भगवान्सग प्रार्थना गरेकी छन् ।

तृप्तिका आठ रहस्य
० तृप्तिलाई नेपाली चलचित्रमा ल्याउने निर्देशक तुलसी घिमिरे हुन् । जसले पहिलोपल्ट नेपाली चलचित्र कुसुमेरुमालमा नायिका बनाएका थिए । निर्देशक घिमिरे तृप्तिका मामा पनि हुन् । जसका कारण निर्देशक घिमिरेलाई उनी तुलसी मामा भनेर सम्बोधन गर्छिन् ।
० तृप्तिले अभिनय गरेका प्रायः चलचित्रमा उनको डबिङ भारती घिमिरेले गर्ने गर्थिन् जतिबेला उनको नेपाली त्यति राम्रो थिएन । तर पनि सुटिङमा डाइलग डेलिभरी उनले नेपालीमा नै गर्ने गर्थिन् । भारतीको स्वर र उनको स्वर झण्डै-झण्डै मिल्दोजुल्दो छ ।
० तर अहिले भने चलचित्र आमाको काखको डबिङ सकभर आफंले गर्ने आट उनले जुटाएकी छन् । २० वर्षछि उनले नेपाली भाषामा निकै सुधार गरेकी छन् । तर उनको परिवारमा मराठी, हिन्दी र अंग्रेजी भाषा बढी प्रयोग हुने गर्दछ ।
० तृप्तिका श्रीमान् हरिश नाडकर मुर्म्बईका प्रतिष्ठित व्यापारी भएर पनि उनले एक मराठी चलचित्र निर्माण गरेका थिए । जसको नाम प्रतिभा हो । जुन चलचित्रमा तृप्तिको प्रमुख भूमिका थियो । तर हालसम्म उनको उक्त चलचित्र रिलिज हुन सकेको छैन ।
० कुसुमेरुमालपछि तृप्तिले सम्झना खेलेकी थिइन् । जसमा उनी छोरी र आमाको दोहोरो भूमिकामा रहेकी छन् । उनका हिरो भने भुवन केसी थिए । भुवनलाई कहिले पिता त कहिले पति भन्नुपर्दा त्यतिबेला उनलाई अलि अप्ठ्यारो लागेको थियो ।
० तृप्तिका जेठा छोरा रिसभ हाल मुर्म्बईमा नृत्य-निर्देशकका रुपमा कार्यरत छन् भने कान्छो छोरा धिरजले सोनपरी, करिश्माका करिश्मालगायतका टेलिफिल्महरुमा अभिनय गरिसकेका छन् ।
० तृप्तिले नेपालको अलावा चार मराठी चलचित्रमा पनि अभिनय गरेकी छन् । हिन्दी चलचित्रमा पनि उनलाई अफर आएको थियो तर खेलेकी छैनन् । उनको पहिलो प्राथमिकता नेपाली चलचित्रमा अभिनय गर्नु हो, किनकि उनलाई नायिका भनेर चिनाएको नै नेपाली चलचित्रले हो ।
० तृप्तिको मनपर्ने डे्सअप सारी हो । क्याजुवल डे्स’को रुपमा र्सट-पाइन्ट पनि उनलाई मनपर्छ । उनी तडकभडकभन्दा बढी सामान्य जीवन यापन गर्न मन पराउछिन् ।

Alpatra Nepaliharu

Filed under: News

दश महिनादेखि कुवेतमा अलपत्र नेपालीहरु
बैदेशिक रोजगारका लागि इराक हिडेका ८० जना नेपालीहरु दश महिनादेखि कुवेतमा अलपत्र परेपछि उद्धारका लागि सरकारसंग अनुरोध गरेका छन् ।
कुवेतबाट गुहार माग्दै उनीहरुले फ्याक्समार्फ पठाएको पत्र श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री समक्ष आज पुगेको छ । विभिन्न मेनपावर कम्पनीमार्फ कुवेत पुगेकामध्ये २२ जना पूर्व सैनिक तथा प्रहरी रहेका छन् । इराकमा सुरक्षा गार्डको काम गरेवापत मासिक करिब १ लाख नेपाली दिने सम्झौतामा उनीहरुलाई भारत हुंदै कुवेत पर्‍याएको पीडितहरुले सरकारलाई लेखेको पत्रमा उल्लेख छ । पीडितहरुले आफ्नो भिषाको म्याद सकिएकाले कुवेतमा बन्दी बनाइ गैरकानुनी रुपमा एक फिलिपिनी महिलाले राखेको बताएका छन् । ती फिलिपिनी महिलालाई नेपाल फर्काइदिनु भन्दा उनले अस्वीकार गरेको र त्यहां पुर्‍याउने नेपाली एजेन्ट फरार रहेको पत्रमा उल्लेख छ । उनीहरु इराकका लागि १ लाख ७५ हजारदेखि २ लाखसम्म खर्च गरेर गएको बताइएको छ । श्रम राज्य मन्त्री रविन्द्र खनालसमक्ष सो पत्र पुगेपछि उहांले वास्तविकता बुझेपछि मात्र यसबारेमा प्रतिक्रिया दिने बताउनुभएको छ । पीडितहरुमध्ये ५० जनालाई पठाएको भनिएको द रिभर ओभर्सिजका रघु पुरीले पनि वास्तविकता नबुझी केही भन्न नसक्ने बताए । कुवेतमा विचल्लीमा परेकाहरुले भने आफूहरु कुनै पनि दिन त्यहांको कानुन अनुसार जेल जानुपर्ने हुनसक्ने भएकाले चांडोभन्दा चांडो तीस लाख सहयोग गर्न सरकारसंग याचना गरेका छन् ।






















Thank you for visiting my blog.