December 21, 2005

Alpatra Nepaliharu

Filed under: News

दश महिनादेखि कुवेतमा अलपत्र नेपालीहरु
बैदेशिक रोजगारका लागि इराक हिडेका ८० जना नेपालीहरु दश महिनादेखि कुवेतमा अलपत्र परेपछि उद्धारका लागि सरकारसंग अनुरोध गरेका छन् ।
कुवेतबाट गुहार माग्दै उनीहरुले फ्याक्समार्फ पठाएको पत्र श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री समक्ष आज पुगेको छ । विभिन्न मेनपावर कम्पनीमार्फ कुवेत पुगेकामध्ये २२ जना पूर्व सैनिक तथा प्रहरी रहेका छन् । इराकमा सुरक्षा गार्डको काम गरेवापत मासिक करिब १ लाख नेपाली दिने सम्झौतामा उनीहरुलाई भारत हुंदै कुवेत पर्‍याएको पीडितहरुले सरकारलाई लेखेको पत्रमा उल्लेख छ । पीडितहरुले आफ्नो भिषाको म्याद सकिएकाले कुवेतमा बन्दी बनाइ गैरकानुनी रुपमा एक फिलिपिनी महिलाले राखेको बताएका छन् । ती फिलिपिनी महिलालाई नेपाल फर्काइदिनु भन्दा उनले अस्वीकार गरेको र त्यहां पुर्‍याउने नेपाली एजेन्ट फरार रहेको पत्रमा उल्लेख छ । उनीहरु इराकका लागि १ लाख ७५ हजारदेखि २ लाखसम्म खर्च गरेर गएको बताइएको छ । श्रम राज्य मन्त्री रविन्द्र खनालसमक्ष सो पत्र पुगेपछि उहांले वास्तविकता बुझेपछि मात्र यसबारेमा प्रतिक्रिया दिने बताउनुभएको छ । पीडितहरुमध्ये ५० जनालाई पठाएको भनिएको द रिभर ओभर्सिजका रघु पुरीले पनि वास्तविकता नबुझी केही भन्न नसक्ने बताए । कुवेतमा विचल्लीमा परेकाहरुले भने आफूहरु कुनै पनि दिन त्यहांको कानुन अनुसार जेल जानुपर्ने हुनसक्ने भएकाले चांडोभन्दा चांडो तीस लाख सहयोग गर्न सरकारसंग याचना गरेका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/12/21/alpatra-nepaliharu/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.