Tiripiti Nadkar
तृप्तिका आठ रहस्य
सम्झना, कुसुमेरुमाल, लाहुरे तथा साइनोमा अभिनय गर्ने प्रभावशाली नायिका तृप्ति नाडकरले नेपाल र नेपाली चलचित्रलाई माया मारिन् भन्ने लाग्नु स्वाभाविक थियो । किनकि ती चार चलचित्रपछि तृप्ति गृहनगर भारतको मुर्म्बई नै बसिन् । उनले नेपाल र्फकेर नेपाली चलचित्र खेल्ने फुर्सद जुटाउनै सकिनन् । त्यसरी बेफुसदी रहदा-रहदै बीस वर्षबितेको उनले पत्तो नै पाइनन् ।

पछिल्लो चलचित्र लाहुरे खेल्दा उनको भारतीय व्यापारी हरिश नाडकरस“ग बिहे भएको थियो । साइनो खेल्दै गर्दा उनको गर्भमा पहिलो छोरो रिसभ आइसकेको थियो । सात वर्षो अन्तरालमा अर्का छोरो धिरज जन्मेपछि त म नानीहरु हुर्काउनमा यति व्यस्त भए कि बीस वर्षबितेको पत्तै भएन । उनले भनिन्- म नेपाल र नेपालीको मायाले फेरि र्फकेकी छु ।’ दशैंको बेला पारेर नेपाल आएकी तृप्तिले यसपालिको दशैं काठमाडौंमा नै मनाइन् । दशैंको अवसर पारेर २० वर्षपछि नेपाल आउन पाउदा उनी निक्कै रमाएकी थिइन् । पुराना साथी इष्टमित्र अनि नातागोता सबैलाई भेट्न पाउदा उनी यति दंग भइन् कि जसको उनले शब्दले वर्णन गर्न सकिनन् ।
त्यसमाथि पशुपतिनाथ, बौद्ध, स्वयम्भूनाथको दर्शन गर्न जादा आफूलाई बाटोमा सबैले तृप्ति भनेर चिनेको देख्दा उनको मन प्रफुल्ल भयो । बाटैमा नै अटोग्राफ माग्न आउदा हर्षे आसु झार्न पुगें भन्दै उनले आफ्नो अनुभव सुनाइन् । मलाई त नेपाली दर्शकले माया मारे होलान् भन्ने लागेको थियो तर नेपाली दर्शकले मेरा लागि यति धेरै माया सा“चिराखेका रहेछन्, मेरो आखाबाट आसु नै झर्यो ।’
जसरी नेपाली दर्शकले मलाई माया गरेका छन्, त्यसरी नै मैले उहा“हरुलाई माया गरेकी छु र गर्दै जानेछु भन्दै तृप्तिले अगाडि भनिन्- अब नेपाली दर्शकबाट टाढा बस्नै सक्तिन, त्यसैले पनि निरन्तर नेपाली चलचित्र खेल्न सबै बन्दोबस्त मिलाएर आएकी छु ।’
हाल उनी विजय केरुङद्वारा निर्देशित चलचित्र आमाको काखमा प्रमुख नायिकाको भूमिकामा अभिनय गरिरहेकी छन् भने चा“डै नै कृष्ण चापागाईंको नया“ चलचित्रमा खेल्नका लागि साइन गरिसकेको बताएकी छन् । जस्तोसुकै भूमिकामा अभिनय गर्न सक्नु त कलाकारको कलाकारिता हो । त्यसमा मबाट कुनै सम्झौता हु“दैन । नया र पुरानो पुस्ताका कलाकार भनेर भेदभाव राख्ने र आत्तिने कार्य मबाट हु“दैन भन्दै उनले भनिन्- म भन्दा पछिल्ला पुस्ताका राजेश हमाल, निखिल उप्रेतीजस्ता कलाकारस“ग नायिका भएर खेल्न पाइरहेकी छु । यसमा मलाई अझ गर्व लागेको छ ।’
२० र १३ वर्षा दुइ छोराकी आमा भैसके पनि उनलाई कुनै प्रकारको बुढ्यौलीले छोएको छैन । सानै उमेरमा बिहे भएका कारण नानीहरु पनि चाडै जन्मिए र चा“डै हुर्किए । जसका कारण आफू तरुनी नै अनुभव गरिरहेको उनले बताइन् । दुइ छोराकी आमा भए पनि २० वर्षगाडि उनमा जस्तो चमक थियो, त्यही चमक अझै पनि कायम रहेको देखिन्छ ।
पिता मराठी भए पनि आमा नेपाली भएकोमा गर्व गर्ने तृप्ति आमाको माइती नेपाललाई ज्यादै श्रद्धा र माया गर्छिन् । नेपाली भाषा उनले आमास“गै सिकेकी हुन् । आफूले सिकेको मातृभाषा उनले आफ्ना दुइ छोरालाई पनि सिकाएकी छन् । छोराहरुले पनि कनिकुथी नेपाली बोल्दा उनी अत्यन्त भावुक बन्न पुग्छिन् ।
नेपाल र नेपालीसग गासिएको नमेटिने साइनोबाट अत्यन्त हषिर्त बनेकी तृप्तिले अर्का जुनीमा नेपालमा नै जन्मन पाउ भनेर भगवान्सग प्रार्थना गरेकी छन् ।
तृप्तिका आठ रहस्य
० तृप्तिलाई नेपाली चलचित्रमा ल्याउने निर्देशक तुलसी घिमिरे हुन् । जसले पहिलोपल्ट नेपाली चलचित्र कुसुमेरुमालमा नायिका बनाएका थिए । निर्देशक घिमिरे तृप्तिका मामा पनि हुन् । जसका कारण निर्देशक घिमिरेलाई उनी तुलसी मामा भनेर सम्बोधन गर्छिन् ।
० तृप्तिले अभिनय गरेका प्रायः चलचित्रमा उनको डबिङ भारती घिमिरेले गर्ने गर्थिन् जतिबेला उनको नेपाली त्यति राम्रो थिएन । तर पनि सुटिङमा डाइलग डेलिभरी उनले नेपालीमा नै गर्ने गर्थिन् । भारतीको स्वर र उनको स्वर झण्डै-झण्डै मिल्दोजुल्दो छ ।
० तर अहिले भने चलचित्र आमाको काखको डबिङ सकभर आफंले गर्ने आट उनले जुटाएकी छन् । २० वर्षछि उनले नेपाली भाषामा निकै सुधार गरेकी छन् । तर उनको परिवारमा मराठी, हिन्दी र अंग्रेजी भाषा बढी प्रयोग हुने गर्दछ ।
० तृप्तिका श्रीमान् हरिश नाडकर मुर्म्बईका प्रतिष्ठित व्यापारी भएर पनि उनले एक मराठी चलचित्र निर्माण गरेका थिए । जसको नाम प्रतिभा हो । जुन चलचित्रमा तृप्तिको प्रमुख भूमिका थियो । तर हालसम्म उनको उक्त चलचित्र रिलिज हुन सकेको छैन ।
० कुसुमेरुमालपछि तृप्तिले सम्झना खेलेकी थिइन् । जसमा उनी छोरी र आमाको दोहोरो भूमिकामा रहेकी छन् । उनका हिरो भने भुवन केसी थिए । भुवनलाई कहिले पिता त कहिले पति भन्नुपर्दा त्यतिबेला उनलाई अलि अप्ठ्यारो लागेको थियो ।
० तृप्तिका जेठा छोरा रिसभ हाल मुर्म्बईमा नृत्य-निर्देशकका रुपमा कार्यरत छन् भने कान्छो छोरा धिरजले सोनपरी, करिश्माका करिश्मालगायतका टेलिफिल्महरुमा अभिनय गरिसकेका छन् ।
० तृप्तिले नेपालको अलावा चार मराठी चलचित्रमा पनि अभिनय गरेकी छन् । हिन्दी चलचित्रमा पनि उनलाई अफर आएको थियो तर खेलेकी छैनन् । उनको पहिलो प्राथमिकता नेपाली चलचित्रमा अभिनय गर्नु हो, किनकि उनलाई नायिका भनेर चिनाएको नै नेपाली चलचित्रले हो ।
० तृप्तिको मनपर्ने डे्सअप सारी हो । क्याजुवल डे्स’को रुपमा र्सट-पाइन्ट पनि उनलाई मनपर्छ । उनी तडकभडकभन्दा बढी सामान्य जीवन यापन गर्न मन पराउछिन् ।