December 22, 2005

Hetauda

Filed under: Article

शब्दचित्रमा मेरो हेटौंडा
मनमा यौवनको रहर, मस्तिष्कमा उमंग र उन्माद वोकेर उभिएको मेरो हेटौंडालाई मैले विगत तीनसालदेखि केवल कल्पनामा मात्र र्स्पर्श गरिराखेको छु । हुनत देश, समाज र त्यो परिवेशको तवमात्र प्रगाढ माया मन र मस्तिष्कमा बस्दो रहेछ जव प्रवासको प्राङगणमा टेकिन्छ । त्यो परिवेश भित्रको मेरो प्रगाढ मायालाई मैले कदापी नभुलुला सायद ।

हेटौंडा एक स्थिर चित्र

अस्ति चाटमा हेटौंडाको साथीसंग भेट भएको थियो, धेरै कुराहरु उहाँले मलाई वताउनु भयो, मेरो हेटौंडाको । धेरै कुराहरु मनमा लिए, कतिपय कुराहरुले मेरो मन प्रफुल्लित गरायो कतिले हेटौडाप्रति दुख लाग्यो । सानो तर झिलिमिली शहर हेटौंडालाई सम्झदा, राप्तीमा पौडी खेलेको दिन, माछा प्लानमा माछा मारेको दिन, ओम हलमा व्लाकमा टिकट लिएर सिनेमा हेरेको दिन भर्खरै जस्तो लाग्छ । सम्झदै लादा कस कम्प्युटरमा विताएका क्षणहरु अझै मानसपटलमा कुँदिएका छन् । त्यस्तै रिलायन्सका केशब सर, मेरा हितैषी मित्र निमेश निखिल, दार्जिलिङका सतिश शर्मा अनि विहान विहान मन नलागि नलागि मकवानपुर क्याम्पसमा पुगेको क्षण दुइ पिरियडपछि हुने व्रेकमा चिया, समोसा र सेलरोटी खाँदाको क्षणले अझै मलाई रोमाञ्चित तुल्याउने गर्दछ ।

के गर्नु समय, परिवेश, वाध्यता र परिस्थितिबाट मान्छेहरु टाढिएर रहन सक्ने रहनेछ । यिनै परिवेशमा समयको छालसंग लड्दै पड्दै आज साउदी अरेवियाको अरेवियन वातावरणमा घुलमिल हुन आइपुगेको पनि लगभग ३ सालभन्दा बढी भइसकेको छ ।

महंगीले यी ३ सालमा मेरो हेटौंडालाई चुर्लुम्मै डुबाएछ । डिजेलको भाउ आकासिएर रु. ४६, पेट्रोलको रु. ६७ र मटितेलको रु. ३९ प्रति लिटर हुँदा पनि चुरियामाईले टुलुटुलु हेर्नु सिवाय केही गर्न सकिनछन् ।

३ बर्षको यो अन्तरालमा १०० प्रतिशत भन्दा बढी हाम्रो मुद्रा स्फीति भएछ । यहाँ (साउदी अरेविया) बर्षौ देखि एउटा पेप्सीको दाम १ रियाल छ मुद्रा स्फीदी शून्य छ भन्दा हुन्छ । यहाँको सरकारले आम नागरिकलाई र्सवसुलभ हुने गरी खाद्यान्नमा विशेष एकरुपता ल्याउने गरेको कुरा माथिको उदाहरणबाट स्पष्ट छ नै ।

त्यस्तै ग्याँसको मूल्य प्रति सिलिण्डर एक हजार भन्दा त म झसंग भएँ र्सवसाधरणले कसरी जिविकोपार्जन गर्छन होला अव का दिनहरुमा ? मेरो हेटौंडा निवासी एक साथीको पारिवारिक आम्दानी रु.१०,००० प्रति महिना हुँदा त सामान्य खर्चहरुमा सीमित रहनु पर्दछ भन्छन् त्यसभन्दा कम आम्दानी हुनेको घर गृहस्थी कस्तो अवस्थामा चलेको होला भनेर मन उदास हुने गर्दछ ।

यसपालीको सरकारमा गृहमन्त्री कमल थापा (हेटौंडाका सांसद) बने, खुशी लागेको छ हेटौंडावासीहरुलाई । निकै आशा पलाएको छ, प्रवासमा बस्नेहरुको लागि पनि । अव त हेटौंडाको मुहारमा अलिकति हाँसो फेरि कसो नउदाउला । मंहगीको चेपेटाबाट हेटौंडावासीहरुले राहतका सासहरु लिन सक्लान् कि, कसो कमल थापा जी ?
चुरियामाई कि जय ।

चिज कुमार श्रेष्ठ
URL: www.prawaasbat.cjb.net

2 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/12/22/hetauda/trackback/

  1. Hope you get back to Hetauda with good ideas for making positive changes. I am returning to Nepal at the end of January 2007 after 13.5 years in USA.

    Comment by Suren — January 18, 2007 @ 12:19 am

  2. i haven’t any comment

    Comment by Bibek gautam — September 29, 2008 @ 4:31 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.