December 25, 2005

A chat-window

Filed under: Article

च्याटको झयाल मुनि एउटा छुट्टै संसार…………………….

सदा झै आज पनि गुड मर्निङ्ग ……….. भन्दै मेरो साथी प्रसेस आईपुग्यो । मैले गुड मर्निङ्ग नै नभनिकन च्याटको ढोका बन्दगरि पठाएँ । सदा झै आज पनि विहान अफिसमा आउँना साथ इमेल खोलि हेरें । हुन त विदेशको अफिसमा काम गर्ने, तर पनि अरुको तुलनामा मेरो काम सजिलो भनौ या सोझा बोसहरु परेर भनौं । म आफूलाई चाहेको बेला च्याट ओपन गरेर नेपालका पुराना नयाँ साथीहरु संग हाँसिमजाक गर्न सक्छु । आफूलाई चाहिएको बेला आईडियाहरु एक्सचेन्ज गर्न सक्छु । यो पनि एउटा शौभाग्य नै भनौं ।

A chat-window

हुन पनि आरामको अफिसमा एउटा कप्यूटर अपरेटर अथवा आय्डमेन असिस्टेन्ट (कार्यालय साहयक) भएर काम गर्नु, मलाई त निकै सजिलो लाग्छ । त्यस माथि पनि ३ सालको फूल-एक्सपिरेन्सका साथै बोसहरु पनि राम्रा राम्रा………त्यस पछि त फुसद नहुने त कुरै भएन नि ।

तर पनि कहिले काहि चिया खानु, ब्रेकफास्ट खानु सम्म पनि फुसद पाउँदैन अझ यो डिसेम्बर, वर्षो अन्तिम महिना भएर पनि काम सफ्ट छ । अधिकांस दिनहरु फुर्सदमा नै हुन्छु । अनि त्यहि फुर्सदको समयलाई सदुपयोग गरेर कहिले कविता कोर्छु कहिले कथा लेख्छु त कहिले वाक्क दिक्क भएर च्याटको ढोका खोलि नेपालका साथीहरु संग हाँसिमजाक गर्छु ।

हुन त अरुलाई जस्तै नहोला, मलाई च्याटमा नाना थरिका कुरा गरि समय पास गर्न मन लाग्दैन् । तर पनि हिजो आज, जब घरजाने दिन नजिकिदै आयो । तव बाट खोई किन हो किन, विचारहरु पनि बदलिएको छ । पहिला त जिन्दगी भनेको नै एउटा संर्घष्ा हो झै लाग्दथ्यो त अहिले यस्तै हो जिन्दगी, कहिले घाम त कहिले पानी …………. कहिले हाँसो त कहिले दुःख…………. । मानिसलाई समय र उमेरले पनि विचारमा परिवर्तन ल्याउँदा रहेछन् भन्ने कुरा बल्ल चालपाएँ । अनि त्यहि बदलिएको विचारले कम्प्यूटरको मोनिटरमा बोसको आँखा छलिकन च्याटको ढोका खोल्न पुग्छु ।

कहिले काहि त बेफुर्सदको समयमा नेपालका साथीहरुका आवाजहरु हाई…………. भन्दै च्याटको झयालबाट च्याउँ…………. च्याउँ कराउँन आउँछ । कहिले काहि त दिक्क भएर झयाल बन्दगरि बस्थें । तर मेरो घरबाट बाबा फुर्सदको समयमा गफसफ गर्न अनलाईनमा आउँने हुनाले म अधिकांस सधै च्याटको झयाल खोलि अफिसमा काम गरिरहेको हुन्छु । तर संन्सार गजब छ बा…………. । यो दिमागीहरुले गर्दा हामीहरु जति टाढा भएर पनि सदा परिवार संग च्यापेर घरमा नै बसिरहेको जस्तो अनुभुति गराउँदो रहेछ हगी…………. कम्प्यूटर त्यसमा पनि च्याट…………. अझ त वेभ क्याम …………. । दुनियाँ गजब छ बा…………. तर दुःखको कुरा, मेरो अफिसमा च्याटको प्रयोग गर्न, कामको समयमा अलाउड छैन्, अनुमति छैन् तथा दिंदैन र पनि हामी, म मात्रै हैन अरु पनि नेपाली साथीहरु लुकिलुकि, बोसलाई नदेखा नदेखाई च्याटको ढोका खुल्ला राखेर बस्छौं ।

हुन त च्याट के हो- मानिसहरु यसलाई किन प्रयोग गर्दछ भन्ने विषयमा मैले धेरै खोजें, धेरैजनासंग सोधें । यसको परिभाषा एउटै नभईकन छुट्टाछुट्टै आउँने गर्थे । विभिन्न साथीहरुले विभिन्न व्यक्तिहरुले आफ्नै पारामा थरिथरिका परिभाषा तथा कथनहरु दिएको पाएँ ।

-कसैले भने र्टाईमपास, कसैले भने केटीहरु संग गफ गर्न, कसैले भने, च्याट सेक्स गर्न, कसैले भने आईडिया एक्सचेज गर्न, कसैले भने नयाँ साथीहरु बनाउँन, कसैले भने गफसफ गर्न, कसैले भने मजाक गर्न…………. बाफरे…………. वास्तवमा च्याट के हो त- के को लागि मानिसहरु यसलाई प्रयोग गर्दारहेछन् त- मैले त अड्कल लगाउन नै सकिन । -मेरो धारणामा भए च्याट सिर्फआईडिया एक्सचेन्ज गर्न र एकठाउँको व्यक्ति या साथी संग अर्को ठाउँको साथी या व्यक्ति संग कुनै पनिर् इमरजेन्सी काम परेमा सहयोगको लागि हेल्प माग्न, सहयोग गर्न र विभिन्न एजुकेसनल माइन्ड एक्सचेज गर्न च्याटको प्रयोग गर्नुपर्छ जस्तो लाग्दछ ।

तर एउटा अचम्मको कुरा, कुनै अपरिचित मित्र भनौ या व्यक्ति संग कसैले हाई…………. बोल्यो भने …………. धेरै जसो ले सबभन्दा पहिला त केटा कि केटी भनेर प्रश्न गर्ने गर्दछ । वास्तमा मानव जाति, चेतनशील, श्रृजनशील मात्र नभई विपरित लिङ्गीय संग आकषिर्त हुने प्राणी भएको हुनाले पनि होला मानिसहरु केटाले केटी संग र केटीले केटासंग च्याटमा कुराकानी गर्ने गरेको पाईएको छ ।

त्यसैले होला च्याटलाई एउटा र्टाईमपासको लागि प्रयोग गरिन्छ होला । च्याट सेक्सको लागि प्रयोग गरिन्छ होला । केटी संग कुरा गर्न प्रयोग गरिन्छ होला । मनोरञ्जन लिन प्रयोग गरिन्छ होला । तर आत्मिय रुपमा नयाँ साथी बनाउँने व्यक्तिहरुले च्याटलाई गलत धारणा बाट प्रयोग नगरेको पनि पाईएको छ त कसै कसैले हाँसि मजाक गर्न र नयाँ साथी बनाउँनको लागि भए पनि प्रयोग गरेको पाईन्छ । त्यस्ताखालि च्याटिङ्गले अन्तर आत्मा भित्र उब्जेको कामुकतालाई नियन्त्रन गर्दै फुर्सदको समयमा आनन्दलिने, समय पास गर्ने गर्दारहेछन् । के यो समाजको लागि ठिक छ-

हुन त यो आजका यूवा यूवतीहरुलाई त एक च्याटिङ्ग एउटा नसा जस्तै बनिसकेको छ । तर जुन रुपमा सहयोगको अपेक्क्षा साथै माईण्ड एक्सचेजको भावना लिएर च्याय्टको झयाल ओपन गरेर बसेको हुन्छ त्यसको लागि हाई गरेर तिमी केटा होकि केटी भन्ने शब्द सुन्नाउँनु र सोध्नु हुन्छ भने पकै उसले त्यस व्यक्ति नजिक भए, घोक्रेथ्याँक लगाउँथ्यो होला । मलाई पनि कहिले काहि यस्तै लाग्छ । लाखौं दिमागको बोझ लिएर सोचिरहंदा हाई…………. के छ- केटा कि केटी…………. भन्दा त …………. बाफरे…………. आखिर मान्छे न हो, साथी बनाउँने भए केटा होस या केटी के फरक पर्छ र- समय पास गर्ने हो भने के केटा-केटा र केटी-केटी विच च्याटिङ्ग हुन सक्दैन- तर मेरो विचारमा आज जुन रुपले आई।टी।को विकास भएको छ त्यहि रुपमा त्यसलाई मानिसहरुले सही सदुपयोग नगरि त्यसलाई एउटा र्टाईमपास र अनउपयोगिको लागि प्रयोग गरिरहेको छ जस्तो मलाई लाग्छ ।

मान्छेहरु समय पास गर्न चाहन्छन् तर त्यहि पास समयलाई सही सदुपयोग गर्ने हो भने त्यस्ता व्यक्तिहरुले जीवनमा कहिले असफलता हाँसिल गर्लान, धोका पाउँलान जस्तो मलाई लाग्दैन् । तर जुन व्यक्तिले जीवनमा समय बढि भएर उ त्यस फुर्सदको समयलाई पास गर्न हरदम तत्तपर रहन्छ भने उसले जीवनमा दुःख र असफलताहरुको धेरै सामना गर्नु पर्ने हुन्छ भन्ने मेरो धारणा छ । तर सबै मानवहरुलाई यो धारणाले प्रभाव पार्लान, सबैको यस्तै धारणा हुनुपर्छ भन्ने छैन् । विभिन्न मानिसहरुको आ-आफ्नै धारणहरु हुन्छन् । आ-आफ्नै विचारहरु हुन्छन् जसमा हामीले हस्तक्षप गर्ने कुनै अधिकार हुंदैन् । हामी जस्ट आफ्नो धारणा राख्न सक्छौ तर सबैले त्यस्तै गर्नुपर्छ भन्ने पनि छैन् र हुंदैन पनि ।। तर आज च्याटको ढोकाभित्र पनि एउटा छुट्टै संसार हुंदो रहेछ भन्ने कुरा म मेरो व्यक्तिगत एक्सपिरेन्स तथा भोगाईको बारेमा बताउँन गईरहेको छु । वास्तवमा कसैलाई यो वाइहात लाग्लान त कसैलाई बकवास त कसैलाई कथा जस्तो पनि लाग्न सक्छ । तर वास्तवमा च्याटको झयालमुनि पनि एउटा छुट्टै संन्सार हुंदो रहेछ …………. जुन संसारमा कोही हाँस्छन् त कोही रुन्छन् । कोहि भावनात्मक पिडा सहँदै जीवनलाई र्सार्थकता तिर लान खोज्छन् त कोहि एउटा खुल्ला आँखाले देखेको सपना मान्दछन् । तर हुन चाहि हुन्छ । च्याटको झयाल मुनि एउटा छुट्टै संसार हुंदो रहेछ । ति दिनहरुमा मेरो पनि थिए । आजका दिनहरुमा पनि छ । ति कुराहरुले कहिले मनमा खेलिरहंदा रातभरी त आँखा चिम सम्म पनि गर्न पाउँदिन । सधै उनि संगै बातगरिरहुं जस्तो लाग्छ । सधै उसैको नजिक उसैको साथमा च्याटको झयालमा झुण्डीरहौं जस्तो लाग्छ त कहिले उनिको अनुपस्थितमा दिनभर बोर भएको महशुस हुन्छ । त्यहि बोर समयलाई अनन्त खुल्ला आकाशमा मनन गराउँदै कथा कविताहरु कोर्न पुग्छु । साँचै च्याटको झयालमुनि पनि एउटा छुट्टै संसार हुंदो रहेछ ।

कथाको सुरुवात

उफ।।। आज पनि प्रसीयस लाईनमै छ । कति अनलाईनमा बस्छन् हो…………. केटा…………. । म हरेक दिन च्याटको ढोका खोल्छु, अनि प्रसियसलाई भेट्छु । उ मेरो कलेज फेन्ड हो । उ नेपालमा आई टी नेटवर्किङ्ग सम्बन्धी काम गर्ने हुनाले पनि म जस्तै सदा च्याटिङ्गको लागि बस्थ्यो होला । हामी दुइविच सधै कुरा हुन्थ्यो…………. - अय् खोई कोही केटीहरु छैन् भने…………. छैन् यार …………. ल म बिजि पनि छु । प्रसीयस -के हो कुन केटी संग गफ मार्दै हो…………. होईन यार - म आज अफिसमा विजी छु क्या…………. बिजि भन्दैमा केटीसंग गफ मारिरहेको हुन्छ कि क्या हो ?

हामी साथीहरु विच जहिले नै यस्तै उरौठे कुराहरु चल्छ । तर म च्याटमा त्यस्ता वाइहात कुराहरु गरेर समय पास गर्न चाहनथें । म फुर्सदको समय सकेसम्म उपयोग गर्न चाहन्थें । आफूले नजानेका कुराहरु साथीहरुसंग सोधेर सिक्थें । कहिले अमेरीकाका साथीहरु संग त कहिले बेल्जीयम, लण्डनका त कहिले नेपालकै साथीहरु संग विभिन्न कुराहरु सिक्थें ।

तर हिजोआज किन हो किन, म पनि अलिक चेन्ज भएको छु जस्तो लाग्छ । मलाई पनि केटी साथीहरु संग वात गरिरहौं जस्तो लाग्छ । सायद स्वदेश र्फकने समय आएर नै होला । आजभोलि दिमाग र विचारहरु परिवर्तन भएझै लाग्छ । सायद बैश जागेर भनौ या वुढ्यौलिले छोएर भनौं । हिजोको विचार संग आजका धारणहरु परिवर्तन भएको छ । त्यस्तै विचारमा मेरो साथी प्रसियस, उ पनि कहिले मोति छैन् अनलाईनमा भन्छन् त कहिले रिकि छैन् भन्दै जिस्कीन आउँछ । मेरो मात्रै हैन् रहेछ च्याटको झयाल मुनी सबैको एउटा छुट्टै आफ्नै जीन्दगी आफ्नै संसार हुंदो रहेछ ।

प्रसियस जस्तै म पनि कहिले काहि कम हुन्नथें । दिनभरिको अफिसको थकान पछि म पनि अरु साथीहरु जस्तै केटी साथीको खोजीमा भौर्ताथें । मलाई आशा थियो एकदिन पून मेरो पनि केटी साथीहरु संग परिचय हुनेछ र उनीसंग माया प्रितिका मिठा मिठा बातमार्न पाउँनेछ भनेर । तर मलाई पून पहिलेको जस्तो घटना घटाउँन मन थिएन् । पून मेरो निर्दोष हृदयलाई तड्पाउँन चाहन्नथें । अदृष्य मायाको आभाषको परिधिले बाँढेर यो मुटुलाई पून रुलाउँन चाहन्नथें । मेरा साथीहरु, मेरो यो हृदयलाई पून नरुलाऊ यदि त्यसरिनै रुलाउँने भए म संग त्यस्ता झुठा भावनाले पोटिएका तन्दरुस्त मायाप्रितिका कुराहरु कहिल्यै नल्याउँनु । नपत्याए, तपाईहरुले पनि एकपटक भए पनि, हृदयमा घाऊ पारेर त हेर, कति पिंडा हुंदोरहेछ भन्ने कुरा घाऊले चिरचिर्राईरहे पछि पत्ता लाग्नेछ ।

उनको नाम, वास्तविक नाम नलिउँ, आज किन हो उनले मलाई हाई दिदै विभिन्न अफलाईन म्यासेजहरु पर्ठाईरहन्छ । वास्तवमा मैले उनलाई कहिले भेटेको पनि छैन् र चिनेकोपनि छैन् । तर भने उनी म संग कुरा गर्न रुचाउको कुरा लेख्छीन् । म संग गफ गर्न अनुरोध गर्छिन् । उनको नाउँ आईस, मात्र आईस थिइन् । उनी को थिईन् मलाई थाहा छैन् । तर कहाँकि हुन् भन्ने कुरा मलाई थाहा थियो । मेरो अफ लाईनमा उनीको जहिले पनि म्यासेज पठाएको पाउँछु । जस्त एकपटक भए पनि म उनीसंग कुरा गरौन् रे ।

एकदिन म उनको उपस्थितिलाई पर्खंदै बसें । उनी आईन् । मलाई हाई भनिन् । उनले च्याटको ढोका मार्फ मलाई भेट्न पाउँदाको खुशि यस्तरी जाहेर गरेकी थिईन् कि सायद, उनको जिन्दगीमा त्यस्ता मौकाहरु पुन पुन आउने छैन् होला भन्थिन् । तर मलाई आर्श्चर्य लाग्यो । क्या हो मान्छेहरु पनि…………. बढो गजबका हुंदोहरेछन्…………. । के बोल्छ के भन्छन्…………. । उहिलेको जमाना जस्तै आँखाले नहेरिकन माछाको आँखामा बाँण हानेर, पाण्डवहरुले द्रोपतीलाई अपनाए जस्तो, त्यो जमाना हैन् । तर किन हो किन उनी………….

वास्तवमा उनले मेरो आइ।डी कुनै पत्रिका बाट लिएका रहेछन् । आफू भने फुर्सदको समयमा कथा, कविताहरु लेख्ने बानिले नै होलान् मेरो आई। डी। उनले पाएको र म संग बातमार्न मन गरेको । हामी दुबै विच विस्तारै गफसफ चल्यो । उनले मलाई चिनेको रहेछ । मेरो फोटो देखेको रहेछ । मात्र नाम, फोटो र ठाउँको आधारमा उनले मलाई चिनेको रहेछ । त्यसैले एकदिन पत्रिकामा निस्केको कथा पढेर पो म संग परिचय गर्न आएकी रहिछे । हामी विच साथीत्वको भावना लिएर कुरा चल्यो । उ पनि दिनहु मेरो लागि भनेर च्याटमा आईरहन्थिन् र म भने, त्यस्तै अफिसको फुर्सदको समयलाई मौका पारी बोसले नदेख्ने गरि च्याटमा तल्लिन हुन्थें ।

हामी विच साथीत्वको आधारमा माया प्रितिका गफहरु चल्न थाल्यो । एक मानव न हो कसलाई पो माया र ममता अनि जीवन साथी संगीनीको कुरा गर्न मन नपर्लान् र हैन्- हामी विच च्याटको झयालबाटै अछुट मिलनको संगममा पुगें । जहाँ हाम्रो लागि च्याट एउटा दर्ुइ आत्माको मिलनमा एउटा सांघु बनेर बसिदिए ।

दिनहरु वित्दै गयो । हामी दिनको एकपटक त नभेटि नसक्ने अवस्थामा पुग्यौं । हामी यति विश्वासिलो साथी बन्यौं कि यसलाई बयान गर्न हामीसंग शब्दहरु नै थिएन् । कम्प्यूटर र किबोर्डको सहायताले हामी मात्र सिन्दुर पोटे लगाउँन बाँकि भयौं । हामी विच सपनाहरु सातासात भयो । मायाप्रितिको जालमा अल्भिmएर आफ्नो फोटोहरु पनि सातासात भयो । च्याटमा बस्दा पनि हामीले एक अर्काको फोटो हेरेर भविष्यका कुराहरु गर्थ्यौं । हामी विच भविष्यमा मिलनहुने भन्ने बारे विश्वास र धर्ैयता थियो । तर एक दिन अकस्मात उनी हर्राईन् । कहाँ गई थाहा नै भएन् । उनले मलाई फोन नं पनि दिएको थिईन् । मैले बारबार फोन गर्दा पनि उनलाई भेट्न सकिन । वास्तवमा के भएको रहेछ भने । हामी दुइ विचको मायाप्रितिको कुराले उनलाई होस हावास गुमान परेको रहेछ । कारण उनको नजिक आउँदै गरेको विहे ।

उनको पछिल्लो पत्र अनुसार, उनी खालि मेरो बारेमा सोच्ने र रातभरि मेरै प्रतिक्षामा ननिदाउँने, र मरो स्वदेश फर्काईको प्रतिक्षामा बस्दा रहेछन् । तर केटीको जिन्दगी, एक दिन त अर्काको घरमा जानै पर्ने, ति दिनहरुमा उनले मलाई भन्ने गर्दथ्यो, तिमी अहिले र्फकन सक्नु हुन्न- धन सम्पती चाहिदैन् तर र्फकनु। म तिमी विना बाँच्न सक्दिन । मलाई त कस्तो कस्तो लाग्थ्यो । कहाँ मेनपावरको ३ वर्ष कन्ट्रयाकको दोरीले बाँढेर विदेश गएको मान्छे भन्नासाथ कसरी र्फकन सक्छु र- म बाध्यमा थिएँ, ३ साल विदेशमा काट्नु नै पर्ने । तर मेरो अनुपस्थिति र हामी दुइविचको मायाप्रितिले उसलाई विरामी गराएर हस्पीटल भर्ना हुनुपर्ने बाध्य दिलाएको रहेछ भन्ने कुरा पछि थाहापाईयो ।

बाफरे क्या बोर…………. मानिसको दिमागले कहिले के सोच्दारहेछन् भन्ने कुरा कसैले भन्न सक्दैन रहेछ । तर दुःखको कुरा त्यस समयमा म भर्रखर विदेश आएको १ साल हुंदै थियो । जहाँ मेरो ३ सालको एग्रीमेन्ट अनुसार मैले विदेशमा कुनै हालतमा ३ साल काट्नु नै थियो । हामी विचको साथीत्व र माया प्रेमले गहिर्राई लिईसकेको रहेछ । मैले उनलाई फोन बाट सम्झाएँ, धेरै सम्झाए…………. । जिन्दगी एउटा लामो यात्रा हो जुन यात्रामा म एक यात्रुको भेषमा विदेशीएको छु । आज अकस्मात यो च्याटको झयालले हामीलाई यति नजिक्यायो कि, सायद हामी नेपालमा भएको भए यही फागुनमै विहे गरेर बसिसक्थ्यौं होला । त्रि्रोर् इच्छा र चाहनालाई म मेरो हातको सिन्दुर पोटेले सजाउँथें होला । के गर्ने, आईस…………. तिमी यदि विश्वासका साथ मलाई नै पर्खि बस्न चाहन्छौ भने मेरो प्रतिक्षा गर । हुन त उनी मेरो प्रतिक्षा गर्न पनि तयार थिईन् । र म पनि …………. माया र प्रेमले भरिएको शब्दहरुका फूलका गुच्छाले सजाउँदै हामी एक अर्कामा बाँच्थ्यौं । हाँस्थ्यौं, रमाउँथ्यौं ।

त्यो दिन चैत्रको २० गते थियो । जब मैले उनलाई पून च्याटको ढोकामा भेटे उनीले पहिले जस्तो कुरा गर्न त्यागी…………. । उनी पहिले भन्दा निकै भिन्न पाउँन थालें । उनको लेखाई अनि उनको कुरा गर्राई तरिकामा परिवर्तन पाएँ । उनको लेखाई र उनको भावनाहरु कतै कतै उनी नभएर भर्रखर साथी भएको केटी झै लाग्थ्यो । मलाई कहिले काहि उनी हो कि होईन भन्ने शंका पनि लाग्थ्यो । तर म ढुक्क थिएँ उनको माया र मित्रता प्रति।। । तर समयको संयोग, वास्तवमा उनि परिर्वन भएकी रहिछे । उनको साँचै गएको फागुणमा अर्को नै केटा संग विहे भएको रहेछ ।

त्यस दिन उनको त्यो कुरा सुनेर म पनि छांङ्गाबाट खसेझै भए । के गर्ने हुन त उनी पनि मै संग विहे गर्न रुचाएकी थिइन नै तर मलाई विदेशी डोरीले बाँधिराखेको थियो । म च्याटको झयाल भएर उनीसंग विहे गर्न सक्ने स्थितिमा थिएन् । तर पनि ति दिनहरु सम्झँदा च्याटको ढोका पनि एउटा छुट्टै संसार भएको महशुस हुन्छ । हुन त त्यस दिनबाट कहि दिन सम्म त म पनि सुत्न सकेन । खालि उनको याद आउँथ्यो, उनी संग फोनमा गफ गरेको सम्झनाहरुले, छाँया झै पछ्याईरहन्थ्यो । उनले बोलेका बोलिहरु, उनको हँर्साईहरु र उनको मायालु भावनाले पोखेका शुख दुःखका शब्दहरुका अक्षताले अहिले सम्म पनि तिक्ष्ण बांण बनि घोचिरहेको छ ।

के गर्ने, चाहेर हुनेवाला केहि थिएन् । एउटा सपना सम्झेर विर्सनु बाहेक चाहेर मैले गर्न सक्ने केहि थिएन् । र मैले मेरो हृदयलाई सम्झाए । बुझाए, जसलाई एक नमिठो सपना ठानेर भूलें । दिनहरु वित्दै गयो । त्यस विहे पछाडी हामी दुइविच कुनै कुराहरु नै भएको छैन् । म अहिले सम्झन्थें । पकै त्यस ताका म पनि मुर्खै भएझै लाग्यो । के च्याटमा भेटेको केटी संग पनि मायाप्रितिको गफ गरेर दिमागलाई टेनसन गराउँने? हृदयलाई पिडित र दुखीत बनाउँने ? उनी कहाँ म कहाँ?त्यस दिनहरुबाट, अब देखि कहिल्यै पनि हामी नभेट्ने भन्ने वाचा बन्धन साँचेर सदाको लागि विदा भयौं । सदाको लागि विदा भयौं ।

साँचै मलाई अझ पनि लाग्दछ, किन किन च्याट पनि एउटा छुट्टै सपनाको संसार रहेछ । एउटा अलगै दुनियाँ रहेछ । जहाँ मान्छेहरु हजारौं सपना र खुशीहरु अदृष्यमै एक अर्कासंग सातासात गर्दै मनभरिको दुःखहरु हलुका गर्न पाउँने ठाउँ रहेछ । वास्तवमा यो ठाउँ, क्षणिकको लागि भए पनि नक्कली भए पनि शुख दुःखका कुराहरु र माया प्रितिका प्रितहरु गाउँने ठाउँ रहेछ । प्यार दोस्तिका कुराहरु गर्ने देउरालीको चौतारी रहेछ । क्षणिकको लागि नै किन नहोस् । त्यहाँ हाँसो र रुवाई अनि पिडा र बेदनाहरु हुंदा रहेछन् । जसको साहयताले मानवको जिन्दगीका पांङ्ग्राहरु समय सापेक्षा घुमिरहेको हुंदो रहेछ । के यस्ता घटनाहरु म संग मात्रै घटेको होलान त- मलाई त लाग्दैन । जति पिडा र जति खुशी भए पनि, जति आनन्द र जति दुःख भए पनि मानिसहरु रमाउँन सक्ने ठाउँ च्याट पनि रहेछ । हुन त अरुलाई के थाहा— वास्तवमा च्याटको झयालमुनि पनि एउटा छुट्टै संसार हुंदोरहेछ । एउटा छुट्टै संसार…………. जहाँ माया, घृणा, प्यार, दोस्ती अनि पिडा र खुशीहरु…………. जुन संसारमा आँखा खोलेर सपना देख्न सक्ने ठाउँ हुंदोरहेछ । वास्तवमा च्याटको झयालमुनि पनि एउटा छुट्टै संसार हुंदोरहेछ ।
धन्यवाद ।।
निलन कुमार थेच्वमि
Response on : thechomi@yahoo.com
 

2 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/12/25/a-chat-window/trackback/

  1. चहल सयपत्री
    निलन जी , यो संसारको गती साह्रै त्रि्र छ । यदी हामीहरुले यस्को रप्तारलाइ समाउन सक्यौ भने संसारको गतीसंगै चल्न सकिन्छ हैनभने तपाँइहामीलाइ यो संसारले एउटा कुनामा फालिदिन्छ । ज्ािन्दगीमा प्रेम , माया , विश्वास, धोका, मिलन ,बिछोड सबै मीसीएको हुन्छ यि कुराहरु नभए त के जिन्दगी भयो र जिन्दग्ीमा सबै कुराको अनुभब बटुल्नुपर्छ , धोका पाउनु वा चाहेको कुरा नपाउनु पनि एउटा अनुभब बटुल्नु हो । बधाइ छ तपाँइलाइ तपाइले पनि मायाको र बिछोडको अनुभब बटुल्नु भएकोमा ।

    Comment by चहल सयपत्री — December 25, 2005 @ 10:47 pm

  2. k bhanu khoi ??? shabdaharunai bhetina!!!
    dherai ramro lagyo.
    dhanyabad.

    Comment by nilima — January 2, 2006 @ 1:51 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.