December 26, 2005

Nepali Cheli

Filed under: News, Article

खाडी मुलुक भित्र नेपाली चेलीहरुको दुर्दशा

समस्याहरु मात्र देखाएर एकैछिन, आर्टिकल मात्र लेखेर समस्याहरु समाधान हुने होइन, यस्ता आर्टिकल हाम्रा गाउँघरमा न कुनै व्यक्तिले पढ्ने सामर्थ्य राख्दछन् न हाम्रो गाउँघरको परिवेशमा इन्टरनेटले कुनै महत्व राख्दछ । साँच्चै प्रवासीएका चेलीहरुको उद्धारमा लाग्ने हो भने छुटै क्रान्ति ल्याउनु जरुरी छ ।


एक दृश्य

यहाँ आएकालाई उद्धार गर्नु त एउटा चुनौती छ नै वरु विदेसिनुबाट रोक्न नेपालमै एउटा सामाजिक क्रान्ति ल्याउनु पर्दछ । हामीहरु कुरा त निकै ठूल्ठूला गर्दछौं तर कार्यान्वयनको नाउँमा माखो मार्न सक्दैनौं । क्रान्तिका मसाल वाल्ने आँट छ भने युद्धमा उत्रिए हुन्छ नत्र चुपचाप वस्नु नै वेश । नेपाली चेलीको जति नै वेइजत गरिए पनि आर्टिकलमा झैं हामी मध्ये कोही वोल्नेवाला छैनौं । सवैलाई आफ्नै परिवारको माया छ । आफू मरे र्स्वर्ग देखिन्छ भन्ने स्वार्थताको क्षितिजबाट न पहिले कोही टाढिन सकेका थिए न आज कोही छ । यति भने हुन्छ है, तिनको वदनाम साउदीहरु वीच मात्र सीमित नभएर नेपालीहरु माझ पनि हुन्छ । यही हो हाम्रो बास्तविकता । यही हो तीतो सत्य । कतिजना दमाममा नै पनि नेपाली चेलीहरु सहयोग लिन नेपालीकै डेरा पुग्दा नेपालबाटै वलात्कृत नभएको छ भन्न सकिने स्थिति छैन । यस्तो परिवेशमा सहयोगको हात बढाउन तत्परता देखाउने को ?

यहाँ त नेपालभन्दा पनि वढी राजनितिक परिवेश छाइसकेको छ । सयौं संघसंगठनहरु खोलिएका छन् । एउटालाई चित्त बुझेन अर्को संगठन खोल्यो । त्यस संगठनबाट पैसा कमाउन सकिइएन अर्को खोल्यो । सहयोगको नाममा आफ्नै हात जगन्नाथ भन्ने उखान प्रायः सवै संगठनहरुले देखाइसकेका छन् । इमेल र इन्टरनेटको सुविधा पाउनेहरुले पनि आफ्नै नाम माथि आओस् भन्ने अर्थमा ठूल्ठूला भाषण इमेलबाट दिनुभन्दा केही गर्न सकेका छैन । जो जे जस्तोसुकै भनिए पनि आस्वासन र आर्टिकलमा लेखिए पनि यहाँ केही हुनेवाला छैन । नेपाली चेलीको बारेमा भनेर जस्ले जे जस्तो कुरा लेखे पनि वास्तवमा उनलाई सहयोग गर्ने माइतीहरु अझैं साउदी अरवभित्र भित्रिएका छैन । यहाँ त आफ्नै स्वार्थताको क्षितिजमा पछि दगुर्ने आतयायीहरु मात्र भित्रिएका छन् । नत्र लामो समयदेखि यस्ता आर्टिकलहरुबाट समस्या समाधान हुनुको वदलामा समस्याहरु इति विध्न झन फस्टाउने पक्कै थिएन ।

सुनिन्छ, यहाँ पाकिस्तानी, इण्डियन, मिश्री केटीहरु संगसंगै नेपाली केटीहरुको पनि दलाली नेपालीहरुबाटै भइराखेका छन् । तर पनि सुने नसुनेको गर्नु भन्दा अर्को विकल्प देख्दिन । आफ्नै नेपाली चेलीहरुलाई नेपालीहरुबाटै भएको दुर्व्यवहारको जिम्मा कसले लिने ? आफ्ना चेलीहरुलाई पासपोर्टमा नक्कली श्रीमती वनाएर साउदीलाई सुम्पने र आर्थिक जोह बटुलने कुसाहस गर्ने नेपालीहरु पनि हामी वीच मै नभएको होइन । साउदीहरुलाई के दोष दिने तिनले त पैसा तिरेर त्यही असुल गरेका हुन् । जसले नेपाली भएर एउटी नेपाली केटीलाई पासपोर्टमा स्वास्नी वनाएर यहाँ ल्याएर साउदीहरुलाई वेच्छन् वास्तवमा ति हुन् समाजका दोषीहरु । पत्रपत्रिकामा मानव तस्कर भनेर केटा मान्छेलाई साउदी भित्रयाउने एजेन्टहरुलाई भन्नुभन्दा यस्ता स्वास्नी बनाएर यहाँ ल्याइ वेच्ने त्यो कुमानवलाई मानवतस्तर भन्दा वेश होला जस्तो लाग्छ । यहाँ ल्याइने नेपाली चेलीमा नेपाली केटाहरुले फसाएर भित्रिएको उदाहरणहरु चोक र गल्लीहरुमा प्रशस्तै भेटिन्छन् ।

यहाँ कतैवाट एउटी नेपाली केटीको मोवाइल नम्बर पाइयो भने उसलाई सहानुभूतिका शब्दहरुबाट एउटा माइतीको सम्झना गराउँनु भन्दा पनि त्यस केटीलाई फोहर शब्दहरुको वर्षा गर्ने गरेका नमूनाहरु पनि हजारौं भेटिएका छन् । साउदी अरेविया भित्रने वित्तिकै साउदीभित्रका नेपालीहरुले समेत दुर्व्यहारको श्रेणीमा नेपाली केटीहरुलाई राख्दा र भित्रिने वित्तिकै एउटा वेश्याको उपनामले चिनिनु पर्दा यहाँ स्थिति कस्तो छ भन्ने कुरा र्सवविदितै छ यहाँको नेपालीहरु माझ । यो एउटा तीतो सत्य हो जसवाट न तपाई न म टाढिन सक्छु ।

लाग्ला, यो आर्टिकलले समाजसेवामा लागेका साउदीभित्रका ठूल्वडा भनाउँदोहरुलाई मुटुमा पिन्च होला, व्यक्तिगतरुपमा म समाजसेवी भनेर मनको लड्डु घ्यू संग खानेको छात्ती पोल्ला र कत्तिले यो तैले के लेखिस् भनेर प्रतिक्रिया जनाउँलान् त्यो वेग्लै कुरा हो । त्यसबाट मेरो लेखाइमा कुनै फरक आउने छैन । यो त म र यहाँको वास्तविकता भित्रको तीतो यथार्थता हो जो हामी स्वीकार्न हमेशा डराउने गर्दछौं ।

7 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/12/26/nepali-cheli/trackback/

  1. Thanks for the write up. The writer has brought the real situation of Nepalis in Saudi Arab.
    I appreciate it! Many Nepalis are boasting of doing a lot for the helpless Nepalis here. But till this date, it has just become a mode to earn money as well as name and fame for them. No significant has been done or achieved by any Nepalis in Saudi in this regards. Some appeared as bubbles of the water on the surfaces and have disappeared.

    U can do nothing unless u are strong with the determination.
    Chandra Gurung

    Comment by Chandra S. Gurung — December 26, 2005 @ 10:04 am

  2. यहाँ त नेपालभन्दा पनि वढी राजनितिक परिवेश छाइसकेको छ । सयौं संघसंगठनहरु खोलिएका छन् । एउटालाई चित्त बुझेन अर्को संगठन खोल्यो । त्यस संगठनबाट पैसा कमाउन सकिइएन अर्को खोल्यो । सहयोगको नाममा आफ्नै हात जगन्नाथ भन्ने उखान प्रायः सवै संगठनहरुले देखाइसकेका छन् । इमेल र इन्टरनेटको सुविधा पाउनेहरुले पनि आफ्नै नाम माथि आओस् भन्ने अर्थमा ठूल्ठूला भाषण इमेलबाट दिनुभन्दा केही गर्न सकेका छैन । जो जे जस्तोसुकै भनिए पनि आस्वासन र आर्टिकलमा लेखिए पनि यहाँ केही हुनेवाला छैन । नेपाली चेलीको बारेमा भनेर जस्ले जे जस्तो कुरा लेखे पनि वास्तवमा उनलाई सहयोग गर्ने माइतीहरु अझैं साउदी अरवभित्र भित्रिएका छैन । यहाँ त आफ्नै स्वार्थताको क्षितिजमा पछि दगुर्ने आतयायीहरु मात्र भित्रिएका छन् । नत्र लामो समयदेखि यस्ता आर्टिकलहरुबाट समस्या समाधान हुनुको वदलामा समस्याहरु इति विध्न झन फस्टाउने पक्कै थिएन ।

    Chij Shrestha ji,
    I made a visit to your blog and read the latest article updated there. And this artilce gave me a big satisfaction. You have written the truth and I really appreciate it. Your article is a nice slap (thappad) on the faces of those who claim themselves to be the social workers working for the betterment of the helpess Nepalis here in Saudi.

    Hoping more and more of such daring artilces in the future too.

    With regards,
    Chandra S. Gurung

    Comment by Chandra S. Gurung — December 26, 2005 @ 10:19 am

  3. चेलीहरुसगँ भएको दर्दनक त अवश्य पनि हामी सहन र देख्न पनि सक्दैनौं तर के गर्ने ? हामी एक अर्कामा एकता नै छैन चाहे स्वदेशमा होस या विदेशमा । जे जति चीज कुमार जीले लेख्नु भएको छ त्यो वास्तवमा सहि लाग्यो मलाई । जति हामी यसको वारेमा पत्र पत्रिकाहरुमा लेख्ने लेखाउने काम गर्दछौ ती कुराहरु भनेको धनि र शिक्षित वर्गमा मात्र हो तिनीहरुले पत्रिका र इमेल इन्टरनेट हेरी यी कुराहरुको जानकारी पाउछ जव कि यी वर्ग विदेश नै आउनु पर्ने हुदैन । हामी पनि जहिले सम्म आरामकोमा काम गर्दछौ त्यहाँ सम्म मात्र हो यी विषयकोे गनथन पछि जव हामी आरामको बाट वाहिरा जान्छौ हामी आफनो व्यत्तिगत इमेलहरु पनि चेक गर्न सम्भव हुदैन । यदि यो विषयलाई अगाडि नै वढाउने हो भने कुनै एक व्यत्ति चुनी अथवा कुनै सं-संस्थालाई लिई यहाँ भए गएका घटनाहरु गाउँ-गाउँमा गई चेतना मुलक कार्यक्रम गर्न लगाऊ । केहि सहयोग गर्न परेमा हामी यहाँ बाट गरौ धेरै-थोरै सहयोग हाईन र साथी हो ——- मेरो विचारमा
    Youb Raj Gurung
    Haradh Gas Plant Department
    Phone: : 576-2241
    Fax : 576-2003
    Email gurungyr@exchange.aramco.com.sa

    Comment by Youb Raj Gurung — December 26, 2005 @ 11:30 am

  4. Kura satya ho. Tyastai bhai rahechha yaha. Tara ke garnet ta? Kasle dekhaune sahi bato tyasta byakti ra sangathan harulai? Chha hami sanga kehi bato? Khoi kasari anyaaya ra atyacharko antya garnet a. hami sabai Nepalma pani sosit bhaera kunai na kunai badhyata bas bideshie ka hau ra yaha pani kunai na kunai tarika bata sosit chhau. ke yasko antyako kunai bato chhaina ta????

    Anil, KSA

    Comment by Anil Acharya — December 27, 2005 @ 4:12 am

  5. यहां हामी बिशाल महत्वाकांक्षी योजनाको दरवारमा धमिलो पीलपीले दियोको प्रकासमा हराउदै बिबसताको आशु पीएर बाची रहेका छौ । सत्य सधै तितो हुन्छ, एकपटक आफुलाई नियालेर मूल्याङ्कन गरौ हाम्रो क्वालीटी रेट के छ । यो बिरानो मुलुकमा एउटा थुनीएको अबोध कुखुरा जस्तो जस्को कुनै अधिकार नै छैन मात्र सस्तो मुल्य छ । तर कुरो नढाटेर भन्नु पर्दा सबैको सपना महत्वकांक्षा कोही कसै भन्दा सानो र कमको लाइनमा उभीने इच्छा नै छैन सबैलाइ ठुलै पोष्ट चाहिएको छ । बास्तविक कुरो गर्ने हो भने हामी आफुलाई बिर्सिरहेका छौं । म को हु, मैले के गर्नु पर्छ, के भन्नु पर्छ र हामी सबै मिलेर के गर्न सक्छौ भन्ने कुरो लाई विर्सी गरेको एकोहोरो भाषणको कुनै मुल्य र तुक छैन । एकता नभए लेख, निबन्ध, कविता, उन्यास जे लेखे पनि एक छिन पढेर मनोरन्जन लिन या दिल जलाउन अबस्य सकिएला तर समस्या साधान गर्न सकिदैन ।
    चेलीवेटी उद्वारको विषयमा, योजना नबनेको होइन, छलफल र निर्णय नभएको पनि होइन तर खोइ त साथ दिएको - कुरो चाही विश्व हाक्ने गर्नु पर्दा सीन्को नभाच्ने भो भने हामी भुकेर मात्र के गर्ने - भावनाको राज्यमा बिशाल महल बनाएर त्यसको राजा बन्नु भन्दा बास्तबिक्ताको बस्तीमा सानो झुपडिमा न्यूनतम आधारभुतकुराहरु पुय्राएर जीउनु उचित लाग्छ मेरो बिचारमा ।
    फेरी पनि समय बाकि छ हामी सबै एक बनेर एउटा निर्णायक बिन्दुमा पुग्यौ भने असम्भव भन्ने कुरो केहि पनि छैन ।
    धन्यवाद ।

    Regards,

    Chandra Pun,

    N.A. Oil Drilling Operation Department

    Building 3193, C-182

    Tel.: +966-3-862-8328; Fax: +966-3-862-8083, 8279

    Email: puncb@mail.aramco.com.sa

    Email: chandra.pun@aramco.com.sa

    Dhahran

    Comment by Chandra Pun — December 27, 2005 @ 4:34 am

  6. भाई चीजकुमार,
    तपाईंको सटीक प्रतिक्रिया मलाई असाध्य मन पर्यो । लिंक खोलेर हेर्न पनि आवश्यक देखिंन । साँच्चै हो, अरण्य रोदन रोएर वा विवसताका कथा लेखेर मात्र केही हुने वाला छैन । यसका लागि ठोस कायक्रम सहित कार्यक्षेत्रमा उत्रनै पर्छ । अरु उपाय छैन ।
    तर यस्ता लेखहरुले निदाएका मानिसहरुलाई ब्युँझाउन मात्र सकेमा पनि सबै कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने उक्ती सम्म चरितार्थ हुन्थ्यो कि -
    शुभेच्छुक
    महेश्वर श्रेष्ठ

    Comment by महेश्वर श्रेष्ठ — December 27, 2005 @ 12:00 pm

  7. tapaile thikai hoina ki yekdam thik lekhnu bhaya ko ho, yaha merai aankha le dekheka chan ki Nepali cheli ko dukha, kasta ani uniharule kam garda pani 2/3 sal samma ko paisa pani na payako, yaha testo chaina Jaha Manab adhikar ko racha hos, yaha ta thulale j bhanyo tye huncha, jasko pahuch cha tyeshle j gare pani huncha,..tyeshaile yaha aayara sangh santha kholera rajnaitik garnu bhanda pani Bidesiyaka Nepali Cheli lai firta balaune, ra Nepal mai cheli ko lagi rojgar ko byabastha garnu huncha, tara yo pani tyeti sajilo chaina, sabai kam government le garne ho kyara yeskai chal yesto cah…………….k garne

    Comment by Ravi Raj Pyakurel — August 6, 2008 @ 1:17 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.