December 27, 2005

A letter from Chandra

Filed under: News

चन्द्रजीको भावनाले भरिएको चिठी साउदीवासीलाई

समयको छालहरुसंग दौड्ने क्रममा मानिसहरुको यो आधुनिक विश्वमा प्रतित्प्रधात्मक होडहरु चलिरहेको बेला यिनै प्रतिस्पर्धाहरुबाट हारेर भनुया भाग्यवाट ठगिएर आफ्नो मातृभूमि छाडेर प्रवासको आँगनमा जिवन विताउँनु पर्दा निकै दुःख लाग्नु स्वभाविक नै हो । तर आज साउदी अरेवियाको मरुभूमिबाट मातृभूमि र्फकने क्रममा मरुभूमिय प्रवासी नेपालीहरु माझ चन्द्र गुरुङ यसरी भावनाभूति प्रकट गर्दछन् ।

आशा छ, चन्द्रजीको भावनालाई यहाँ बसेका नेपालीहरुले आत्मसाथ गर्दै साकार पार्नेछन् ।
पशुपतिनाथले हामी प्रवासीको बुद्धि फिराउन ।

Cheli

Filed under: News

“ज्ञान विना मानिस अन्धो हुन्छ” त्यसैले गाउँघरमा गएर यस विरुद्ध सामाजिक क्रान्तिको लागि जनचेतनामूलुक कार्यक्रम लिएर गाउँघर दैलो दैलोमा पुगौं……जाऔं……

तीतो तर सत्य घटनामा आधारित समाचार/लेख “खाडी मुलुक भित्र नेपाली चेलीहरुको दुर्दशा” भन्ने शीर्षकको समाचार/लेख पढेर निकै दुःख लाग्यो । उक्त समाचारमा चिज कुमार श्रेष्ठ यस्तो लेख्नुहुन्छ- “समस्यामात्र देखाएर एकैक्षण आर्टिकलमात्रै लेखेर समस्या समाधान हुने हैन्, यस्ता आर्टिकल हाम्रो गाउँघरमा नै, न कुनैपनि व्यक्तिले पढ्ने सामर्थ राख्दछन् न हाम्रा गाउँघरको परिवेशमा इन्टरनेटले कुनै महत्व राख्दछन्- . साँचै प्रवासीएका नेपाली चेलीहरुको उद्धारमा लाग्ने हो भने छुटै सामाजिक क्रान्ति ल्याउनु जरुरी छ”

उहाँको माथिको भनाई निकै जायज कुरा हो । किनकि, कयौं पटक प्रवासी चेलीहरुलाई उद्धार गर्ने भावना लिएर क्षण क्षणमा संस्था खोलेर फेरी संस्थाको रोडम्याप तयार पारेर फेरी बन्द गरेर फेरी नेपाली चेलीहरु खाडीमा पठाउँन हुन्छ कि हुन्न भन्नेकुराहरु जान्नको लागि आउँने नेपालका दलालहरुलाई ठाउँ-ठाउँमा स्वगत गर्न जाने र पून ए, खाडीमा पनि नेपाली महीलाहरु पठाउँन सक्नेरे भन्ने कुराहरु समाचारहरु पढ्ने पाउँने…………… बाफरे…………… खेल, सबै खेल भईरहेको छ । एउटा झुठो नाटक भईरहेको छ ।

होलान त्यस नेपालबाट आउँने दलालहरु विरुद्ध बोल्ने नेपालीहरु पनि होलान । तर हामीले यस समस्यालाई कोत्याउँदैमा मात्रै भएन् । विरोध गर्दैमा मात्रै भएन् । कुनै पनि समस्या औंल्याईसकेपछि, त्यसलाई समाधानको बाटो पनि दिलाउँनु पर्छ । मात्रै जहिले पनि नेपाली नेताहरुको संज्ञा झै रोडम्याप मात्रै कति बनाउँने ? गोष्ठी र विरोध मात्रै कति गर्ने ? होला रोडम्यापविना कुनै पनि कार्य सफल नहोला भन्न सक्दैन् । तर मैले जाने बुझे अनुसार मेरो विचार अनुसार हामीले खाडी मूलुकमा नेपाली महीलाहरु नआउँन भन्ने उदेश्यले सकेमा जनचेतनामूलक घरदैलो कार्यक्रम लैजानु पर्छ । विभिन्न वास्तविक घटनाका डकुमेन्ट्री बनाएर नेपालको टेलिभिजनबाट प्रसारण गर्न लगाउँनु पर्छ । बैदेशीक रोजगारको लागि मूल रुपमा खाडी देशहरुमा जाने नेपाली चेलिहरु भनेको गाउँघरका बढि हुने हुनाले सामाजिक सेवा तथा संस्थाहरुले गाउँ गाउँमा गएर बैदेशीक रोजगारमा नेपाली चेलीहरु नामक घरदैलो कार्यक्रम गरेर चेतनामूलक कार्यक्रम दिएर विदेशजान रोक लगाउँन सक्नुपर्छ ।

माथि उल्लेखित चीजकुमारजीको हरफहरुले यस्ता कार्यहरु मागेको छ । हामीले समस्या देखाएर एकदुइ पन्ना त्यसलाई औंल्याएर लेख मात्रै लेखेर भए । सकेमा यसलाई समाधानको विन्दुमा पनि लानसक्नु पर्यो । हुन त एकजनाले मात्रै गरेर पनि हुन्न् । यहाँ विदेशमा बसेका नेपालहिरुले मात्रै नेपाली चेलिहरुको उद्धार गरेर सम्भव छैन् । हाम्रो देशको कर्सीमा बसेका नेता तथा दलालहरुलाई यस विषयमा कुनै वास्ता तथा चेष्टा छैन् । कुनै मतलब छैन् । देश बेच्नेहरुले के एकदुइ हजार महीला तथा चेलिहरु नबेच्लान भन्न सकिन्न् । त्यसैले जागौं नेपालीहरु यसको समस्या समाधानको लागि नेपाली भूमिबाटै जागौं । यसको विषयमा गाउँ गाउँको घरदैलोमा जनचेतनामूलक कार्यक्रम लानलाई जागौं । तपाईहरु पाईला चाल्नु हामी विदेशमा बसेका खाडी मूलुकमा बसेका समाजसेवा भावना भएका सम्पूर्ण नेपालीहरुले त्यसमा सेवा स्वरुप सहयोग गर्नेछ ।

बैदेशीक रोजगारमा नेपाली चेलिहरुको दुर्दशालाई अवका दिनहरुबाट सदाको लागि अन्त्य गरेर जाने हो भने खाडी मूलुकमा कुनै पनि हालतमा नेपाली चेलीहरु नाआउँन, यहाँ आएर के कस्ता दुःखहरु भोग्दारहेछन् त भन्ने कुराहरु गाउँघरमा गएर चेतनामूलक कार्यक्रम गर्न दिन जाऔं । अबुझ, र नबुझेकाअरुलाईं सिकाउँन र बुझाउँन जाऔं । भन्छन् . ज्ञान विना मान्छे अन्धो हुन्छन् त्यसैले साथी हो, यसको लागि पहिलो पाईला नै बैदेशीक रोजगार र खाडी मूलुकमा महीला कामदार तथा नेपाली चेलिहरुको आगमनलाई रोग्न घरदैलो कार्यक्रम लिएर जाऔं । तव मात्रै केहि हडसम्मा रोक्न सकिएला । खाडीमा भएको दुर्दशाहरु यसरी पन्नमा मात्रै सिमित गरेर, भएन् । समस्या समाधान गर्ने नै हो भने नेपालका विभिन्न संघ सस्थाहरुलाई यस विषयमा कार्य गर्न आग्रह गदृछ । भन्न, यस कार्यमा नेपालको कुनै संघ सस्थाहरु छ भने, हामी खाडी मूलुकका नेपालीहरु त्यस संघ संस्थाहरुलाई आफूले सकेको सेवा दिने प्रयत्न गर्दछु ।
धन्यबाद ।

निलन कुमार महर्जन
Respone on : nilan44@hotmail.com






















Thank you for visiting my blog.