December 31, 2005

Filed under: News

साउदी अरवमा प्रवासी गेष्ट हाउसको उदघाटन भव्य पार्टी
विरानो मुलुकमा स्वदेशको माया वोकेर प्रवेश गरिन्छ, दुःख र खुशीका भावहरु मुटुमा संगालेर आफ्नो देश र संस्कृतिको माया अनि अनुसरण गर्दै हरेकले नेपाली हुनुको दायित्व निभाउने जमर्कोमा साउदी अरव छिरेका नेपालीहरु आफ्नो परिवारको निम्ति मात्र नभएर राष्ट्रको ढुकुटी भर्दछन् । यिनै परिवेशमा सहजरुपमा विदेसिने क्रममा साउदी अरेविया छिर्ने नेपालीहरुको संख्या वृहत छ । यूरोपियन देशहरुमा भित्रन शिक्षण तथा आर्थिक व्ययभार प्रशस्त व्यहोर्न पर्ने हुँदा यूरोपियन देशहरुमा नेपालीहरुको संख्या निकै कम हुन गएको हो भन्दा अनौठो मान्नुपर्ने अवस्था छैन भने खाडी मुलुकहरुमा प्राय त लेवर दर्तामा कार्यरत मान्छेहरुको वाहुल्यता छ । तैपनि यस ठाउँमा पनि पढे लेखेका राम्रा पेशामा काम गर्नेको संख्या पनि दिनानुदिन पढ्ने क्रम अनवरतरुपमा भइरहेको छ ।


कार्यक्रमको शुरुआत थपडीबाट

नेपाल छोडेपछि अझ देशको माया चौगुणा हुन्छ भन्ने कुरा यहाँ भइरहने जमघट तथा कार्यक्रमहरुबाट स्वतः प्रष्फुटित भइरहेको छ । यिनै परिवेशमा साउदी अरेवियाबाट नेपाल छुटी जाने नेपालीहरु निकै हुने गर्दछन् । उसो त नेपालमा अहिले फष्टाइरहेको होटल व्यवसाय हो भनेर भन्दा गलत नहोला । खाडी मुलुकबाट दिनहुँ जस्तो काठमाडौं उत्रने नेपालीहरुको लागि विशेष सुहाउँदो खालको आर्थिक व्ययभार कम पर्ने र सुविधा सम्पन्न होटल तथा लजहरुको खाँचो पनि यहाँ आउने जाने गर्ने नेपालीहरुले महसुस गरेकै कुरा हुन् । यिनै परिवेशमा साउदी अरेवियामा लामो समयसम्म काम गरेका, ४ जना साथीहरुले मिलि प्रवासी गेष्ट हाउस, नयाँ वसपार्क, मित्रनगर २९ मा खोलेको कुरा जानकारी गराउँन चाहन्छु । हाल ४ जनामध्ये श्री विष्णु थापा र टोप बहादुर कार्की चाहि साउदी अरवमा नै वसेर नेपालीहरुलाई गेष्ट हाउस सुविधामा सहयोग गर्ने जमर्कोमा लाग्नु भएको छ भने दुइ मित्रहरु लाल बहादुर आले र बुद्धिमान थापा चाँहि नेपाल वसेर सेवा दिने तरखरमा लाग्नु भएको छ ।

उक्त प्रवासी गेष्ट हाउसमा विशेष सुविधाको रुपमा एयरपोर्ट जान आउन गाडीको व्यस्था, डोमेस्टिक, इन्टरनेशनल हवाइ टिकटको व्यवस्था, भन्सार छुटाउन नेपाली रुपैयाको व्यवस्था, २४ सैं घण्टा तातो चिसो पानीको व्यवस्था, एट्याच बाथरुमको व्यवस्था, सुरक्षा गार्डको व्यवस्था, गेष्टहरुको सामानहरुलाई बससम्म छाड्ने व्यवस्था, रिटन टिकट रि कन्फर्म को व्यवस्था, लामो समयसम्म बसोवास गर्नेको लागि विशेष छुट तथा समूहमा जानेको लागि पनि भारी छुटको व्यवस्था छ भनेर उक्त प्रवासी गेष्ट हाउसको भिजिटिङ कार्डमा स्पष्ट लेखिएको छ ।


भिटिजिङ कार्डको सामान्य नमुना

अस्ति विहिवार साउदी अरेवियाको खोवर स्थित अलिसा क्यापमा दिइएको विशेष भोज कार्यक्रमबाट पनि साउदीमा धेरै नेपालीहरुले यो गेष्ट हाउसले भविष्यमा निकै तरक्की गर्नेछ भन्ने विश्वास तथा शुभकामनाहरु प्रदान गरे ।

हुनत म दमामभन्दा निकै टाढा उधेलियाबाट उक्त कार्यक्रमको लागि समावेश थिएँ । करिव १०० जनाको हाराहारीमा भोज कार्यक्रमलाई सफल वनाउन साथीहरुको समाबेश भएको पाएँ । कार्यक्रममा विभिन्न संघसंस्थाहरुको पदाधिकारीहरुको पनि जमघट थियो । सवैले उक्त कार्यलाई सह्रानिय मानि शुभकामनाका शब्दरुपी गुच्छाहरु विष्णु थापा तथा टोप बहादुर कार्कीलाई प्रदान गरेका थिए ।

नेपालमा झैं खसीको मासुको विभिन्न परिकारहरु वनाइएको थियो । उक्त भोज कार्यक्रममा लुम्विनी प्रवासी सर्म्पर्क मञ्चका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा सुवेदीज्यूले कार्यक्रमलाई परिचयात्मक ढंगबाट अगाडि बढाउनु भएको थियो भने दमामका गन्यमान्यहरुको श्रेणीमा विभिन्न कार्यक्रमहरुमा समाजसेवीको दर्जा र सम्मान पाउनु हुने नेपाली भोजनालयका राजु सैयदको उपस्थितिले कार्यक्रममा निकै रौनकता छाएको थियो । साथै लुम्विनी साँस्कृतिक परिवारका साथीहरुको उपस्थितिले कार्यक्रम रमाइलो क्षणबाट वित्यो तर उक्त कार्यक्रममा नाचगान होला कि भन्ने ठूलो आशा बोकेको थिएँ त्यो चाँहि मेरो मनमा मात्र सीमित रह्यो ।

कार्यक्रमका केहि तस्विरहरुः

जिव्रो लोभ्याउँने स्लाद

मुख मिठ्याउँदै पुलाउ पस्कदै तमुधीका साथी

समाजसेवी राजु सैयद (कालो ज्याकेटमा)

लुम्विनी प्रवासी सम्पर्क मञ्चका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मासुवेदी (वीचमा), दाँयातिर विष्णुजी गल्फ इन्टरनेटका प्रोपाइटर, देव्रतिर भोजका विशेष सहयोगी साथी

भोजको झलक

भोजको झलक

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2005/12/31/prawasi-guest-house/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.