January 1, 2006

Filed under: Article

खल्ति च्याटिएको नयाँ पाईन्ट…………

नेपाली दाजुभाइहरु हो……….. यदि तपाई नयाँ पाईन्ट लाउँदै हुनुहुन्छ भने विचार गर्नुस् त……….. यदि त्यो पाईन्टको खल्ति च्याटिएको छ भने के गर्नुहुन्छ ? त्यतिकै लाएर बाहिर जानु हुन्छ कि त्यसलाई अर्को लाउँन फुकाल्नु हुन्छ- या आफुले लाईराखेको पुरानो पाईन्ट नै सहि भनेर पुरानो लाउँनु हुन्छ कि, यस च्याटिएकोलाई नयाँ फेसन बनाएर लाउँनु हुन्छ ? मैले भन्न खोजेको कुरा हो, नेपालको हालको राजनिति पनि त्यहि खल्ति च्याटिएको नयाँ पाईन्टसरह भएको छ । नपत्याए विचार गर्नुस् त।

कपडा अमेरीकी राम्राज्यवादी राजदुतले ल्याईदिएकै छ । सिलाउँन धागो भारतिय विस्तारवादी राजदुतहरुले ल्याईदिएकै छ । अनि बनाउँने काम नेपाली हातहरुको, सुकुमार त नभनौं……….. लाज लाग्छ ……….. । नेपालीहरु हो, नयाँ पाईन्ट बन्यो तर त्यसको खल्तिहरु च्याटिएको छ तपाईहरुले देख्नुभएको छ ? पकै छैन् होला, दुनियाँलाई आफ्नो मुठ्ठीमा राख्न चाहने अमेरीकी साम्राज्यवादले नेपाललाई पनि अब विस्तारै इराक र अफगानिस्तान बनाउँन गईरहेको छ । नत्र हाम्रा दाजुभाईहरुलाई मिलाउँनुको सट्टा हतियार दिन्थ्यो होला- कहिले सरकारको विरोध गर्ने धमास छोड्छन् त कहिले हतियारको सहयोग । त्यस्तो खेल लेल्नुको एउटै कारण छ उ नेपाललाई पनि उपनिवेस बनाउँन चाहन्छ । आफ्नो पुच्छरको रुपमा रहेको भारतलाई नेपालमा हैकम चलाउँन दिन चाहन्छन् । तर हाम्रा चोर नेताहरु आफ्नो अस्तित्व नास हुने डरले बुझेर पनि बाध्यताले बुझपचारए बसिरहेका छन् । नत्र हेर प्रत्येक कुनै न कुनै नेपालको परिवर्तन हुन अगाडी यि साम्राज्यवादी र विस्तारवादीहरुले नेपालका नेताहरुलाई भेटि आफ्नो स्वार्थी पूरा गर्दछन् ।

उता भारतले ठाउँ ठाउँमा सिमाना मिच्दैछन् । कालापानीबाट आफ्ना सैनीकहरु हटाउँन मानिरहेका छैन्न । देशमा आन्तरीक राजनितिको द्वण्द चलेकोबेला लुकि छिपि नेपालको नक्सा खुम्च्याउँछन् । समय समयमा एकतर्फी निर्णयमा विभिन्न बाँधहरु बनाईरहेकै छन् । यसस्का विरुद्ध कसैले बोलेको छ- छैन् । अझ त ति १२ बुँदे सम्झौतामा पनि देशको सैनीक अन्तराष्ट्रिय सुपरिवेक्ष गराउँन खोज्नु………..बाफरे………..यसलाई त केको मात्रै राष्ट्रघाटी भन्ने………..विचरा निमुखा नेपालीहरुले बुझीरहेका छैनन्………..के गर्ने………..त्यसैले मैले भने नि, नेपालमा अमेरीकी साम्राज्यवादी र भारतिय विस्तारवादीहरुको सहयोगमा अब छिट्टै नेपालमा नयाँ पाईन्ट बन्दै छन् तर त्यसको खल्ति च्याटिएको छ । हेर नपत्याए, प्रत्येक वर्षबनाईरहेको बाँधहरु, नहरहरु, दिनदिनैको पत्र पत्रिकामा निस्किरहेको सिमान मिचाईको समाचारहरु, तस्वीरहरु, भारतीय सेनाले नेपाल भूमिमा रहेर नेपालीहरुलाई सताईरहेको समाचारहरु………..। अनि भारतिय विस्तारवाद र अमेरीकी साम्राज्यवादले आफ्नो हैकम चलाउँन बोलाईने मन्त्रीहरुको दर्शनभेट, देशको सैनीक अन्तराष्ट्रिय सुपरिवेक्षणमा राख्ने………..के नेपाली जनताहरुको लागि यो बन्नलागेको नयाँ पाईतको खल्ति नच्याटेकै होला त? यस्ता अप्रत्यक्ष राष्ट्रघाटी कुराहरु त कति छन् कति, मैले यहाँ सबै भनिरहनु नपर्ला। हो यस्ता क्षणीकको फाईदालाई हेरी राष्ट्रघाती सन्धी गर्न तम्सने नेपालका विभिन्न नेताहरुलाई सावधान गराउँन जनताले सक्नर्ुपर्छ । कित मैले भने जस्तै राष्ट्रघाटी खल्टि च्याटिएको पाईत लाउँन तयार हुनुपर्‍र्यो । कित आफूसंग भएको पुरानै पाईतलाई च्याटिएला भनि ख्यालगर्नु पर्‍यो र समय समयमा विभिन्न सिमाना च्याटिन खोजेमा आवश्यक टालटुल गर्नुपर्‍यो या उचित संग सिलाउँनु पर्‍यो । कित खल्टि च्याटिएको पाईतलाई नयाँ जमानाको फेसन भनेर राष्ट्रघाट सहेर विश्वको अगाडी फेसन गरेर हिड्नुपर्नेछ । गजब छ दुनिया र सरकार अनि नेपाली जनता र नेता ………..

भारतले एकापट्टी प्रत्यक्षरुपमा सरकारलाई सहयोग गरेर अप्रत्यक्ष रुपमा धेरै राष्ट्रघात सन्धीहरु गरिरहेकै छ । र्फकेर पहिलेका सन्धीहरुलाई हेर त………..महाकाली सन्धी, टनकपुर सन्धी, कालापानी………..अहिले मिचिदै गरेको नेपालका भूभागहरु जमिनहरु………..नेपालको क्षेत्रमा राखिएका, बस्न आएका भारतीय विस्तारवादी आर्मिहरु। पुलिसहरु, दिनदिनै नेपालको भूमिमा रहेर नेपालीहरुलाई सताउँने जस्ता समाचारहरु, यसले के संज्ञा दिईरहेको छ भने भावि नेपालीहरुले लाउँने नयाँ पाईन्टको खल्ति च्याटेकै छ । अब तपाईहरुको जिम्मा कस्तो पाईन्ट लाउँन मनपराउँनु हुन्छ ?
निलन कुमार थेच्वमि

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/01/new-paint/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.