January 3, 2006

Filed under: News

आमाहरु पनि छोरासँगै स्कुल जान्छन्
जवान भए पनि दलित युवतीहरु अहिले कापीकिताब च्यापेर विद्यालयतिर लागेको देखिन्छ । विद्यालय जाने उमेर घाँस-दाउरा गरेर बिताएका तिनमा शिक्षाप्रति आकर्षा जागेको छ ।
दक्षिण पर्वतको बेउलीबास गाविसस्थित बगाले गाउँका आधा दर्जन युवतीहरु अहिले पढलेख गर्न जुटेका छन । विद्यालय धाउन थालेकाहरु १८ देखि ३० वर्षा छन । बगालेकी २९ बषिर्या नबिना सुनार अहिले कक्षा दुइमा पढछिन् । यसअघि उनले प्रौढ शिक्षा पढेकी थिइन । त्यसले थप शिक्षाप्रति उनको ध्यान खिच्यो । पढ्ने रुची भएपछि उमेर ढल्केर के भो र ? त्यही भएर स्कूल जान थालेकी हुँ उनले भनिन । सुरुसुरुमा साना भाईबहिनीसँगै बसेर पढदा सबै जना हास्ने गरेको अनुभव उनमा छ । गाउँलेले आबुइ १ यति ठूली केटी पनि झोला बोकेर स्कुल जाने १ भनेको अहिले पनि सम्झना छ, उनलाई । अविवाहिता उनी अहिले आफ्नी बहिनीको छोरा अर्जुनको सहपाठी भएकी छिन । मलाई भतिजासँग बसेर पढ्दा खुसी लागेको छ भन्दै उनले अगाडि भनिन् -अझ घरमा गृहकार्य गर्दा त एक अर्काले सिक्ने र सिकाउने गरेका छौ सानामा भाई बहिनीको हेरचाह गर्दैमा पढ्न नपाएकी नबिना अब भने पढेर आफ्नो ज्ञानलाई जातीय छुवाछुतको अन्त्य र सामाजिक क्रियाकलापमा लगाउने कुरा निर्धक्क बताउँछिन् । बगाले गाउँकी नबिना मात्र होईन १८ बषिर्या लालमती पनि बिद्यालय जाने गरेकी छन । उनी पनि नबिनासँगै दुइ कक्षामा पढ्छिन । उनी भन्छिन् - पढ्नका लागि पहिला समय पाइएन, खर्च भएन, अब पढेर दुइचार अक्षर चिन्ने अबसर पाएकी छु । अहिले बिदाको दिनमा ज्याला मजदुरी गरेर पनि पढने उनको योजना हो । गाउँकी सुमित्रा सुनार पनि अहिले कक्षा आठमा पढछिन । पहिला ५ कक्षासम्म पढेर विद्यालय जान छाडेकी सुनारले भाईबैनीको हेरचाहमा ब्यस्त रहनुपर्‍यो । पहिला बाध्यताले छाडेँ अब कसैले छाड् भने पनि छाड्दिनु उनले पर्ढाई मोह दर्शाउँदै भनिन । नबिना र सुमित्रा जस्तै सोही गाउँकी २२ बषिर्या जमुना विक पनि यति बेला झोला भिरेर स्कूल जान थालेकी छिन । अहिले पाँच कक्षामा पढदै गरेकी जमुनाले पनि पहिला पर्ढाई छाडेकी उनी फेरि पर्ढाईमा जुटेकी छिन ।
स्थानीय दिपज्योती प्राविका प्रधानाध्यापक देउबहादुर बिक अहिलेसम्म एक दुइ अक्षर चिनेका युवतीहरु पर्ढाईप्रति आकषिर्त रहेको र लगाव पनि देखिएको बताउँछन । विद्यालयमा पनि उनीहरुलाई प्रोत्साहन गर्ने गरेका छाैं उनले भने ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/03/113/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.