सेनालाई लभलेटर लेख्दा माओवादी फन्दामा
सुरक्षाफौजलाई प्रेम पत्र लेखेको आरोपमा संखुवासभा जिल्लाको खराङ्ग गाविसमा रहेको शारदा माध्यमिक विद्यालयबाट ०६२ पुस १३ गते पाँच जना छात्रालाई माओवादीले अपहरण गरेकोमा तीनजना छात्राको अवस्था हालसम्म अज्ञात रहेको छ ।
दशजनाको समूहमा आएका हतियरधारी माओवादीले विद्यालयमा पढाइ भइरहेको अवस्थामा सुरक्षाफौजलाई प्रेमपत्र लेख्ने तिमीहरू नै होइनौ भन्दै कक्षा ७ की समिता काफ्ले, कक्षा ६ की शान्ता कटुवाल, कक्षा १० की सुजना श्रेष्ठ, निर्मला खड्का र विमला खड्कालाई अपहरण गरेका थिए । अपहरितमध्ये शान्ता कटुवाल र समिता काफ्लेलाई सोही दिन बेलुकी मुक्त गरेका छन् भने अन्य तीनजना छात्राहरूको अवस्था हाल सम्म अज्ञात रहेको छ । अपहरित छात्राहरूको सकुशल श्रि्र रिहाईको लागि पहल गरी दिन अभिभावक र विद्यालय प्रशासनले मानवअधिकारकर्मी र संचारकर्मीहरूलाई आग्रह गरेका छन् ।
January 3, 2006
Comments »
The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/03/115/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>