युद्धविराम भंग लगत्तै श्रृंखलाबद्ध विस्फोट
माओवादीले युद्धविराम भंग गरे लगत्तै रूपन्देहीका विभिन्न स्थानमा बम विस्फोट गराएका छन्। माओवादीले सोमबार सांझ जिल्ला शिक्षा कार्यालयमा गराएको विस्फोटबाट कार्यालयको दुइतले भवनका झयालढोका, फर्निचर तथा दुइ वटा कोठा ध्वस्त भएको छ। माओवादीले बुटवल नगरको गोलपार्कमा रहेको ५ नम्बर वडा कार्यालय र १ नम्बर गोश्वारा नापी कार्यालय, कालिका नगरको खाली स्थानमा बम विस्फोट गर्राई क्षति पुर्याएका थिए। त्यसै गरी माओवादीले सिर्द्धार्थनगरपालिका वडा नं ८ लुम्बिनी रोडमा रहेको जिल्ला शिक्षा कार्यालय, नगरको गल्लामन्डी र अञ्चलपुरमा पनि बम विस्फोट गराएका थिए। शिक्षा कार्यालयमा भएको विस्फोटनको क्षतिबारे यकिन भएको छैन। यसैबीच पोखरा संवाददाताले पोखराको पृथ्वीचोकमा माओवादीले विस्फोटन गराउदा मानवीय क्षति नभए पनि केही घरका झयाल, ढोका चर्किएको जनाएका छन्। पृथ्वीचोकनजिकै रहेको बैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी माओवादीले बम विस्फोट गराएको आशंका गरिएको छ।
January 3, 2006
Comments »
The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/03/116/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>