माफि दिनुस् आमा मलाई

सगरमाथाको शीर झुकाई, सलामी गरिरहेछु
अन्जान कुनै मुसाफिरको, गुलामी गरिरहेछु ।
घर छाडि मुलुक पारि, सुख पाउने बाहानामा
दिन-रात खुन-पसिना, लगानी गरिरहेछु ।
हाँस्ने खेल्ने इच्छाहरु, थन्काएर कफनभित्र
मत प्रत्येक बिहान आफ्नै, मलामी गरिरहेछु ।
झुट बोलेको छैन मैले, वास्तबिकता सत्य छ
वीर सपुत गोर्खालीको, बदनामी गरिरहेछु ।
माफि दिनुस् आमा मलाई, बाध्यतानै यस्तै पर्यो
तिम्रो आत्मा मरुभूमिमा, लिलामी गरिरहेछु ।
विनित