जेलका माओवादी नेता आमरण अनसनमा
सशस्त्र विदोही नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता मातृका यादव र अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष कृष्ण केसी बुधबारदेखि जेलमै आमरण अनसन बस्ने भएका छन् ।
ललितपुरस्थित नख्खु कारागारमा बन्दी अवस्थामा रहेका दुबैले राज्यद्वारा बेपत्ता पारेका नागरिकहरुका सम्बन्धमा नागरिक समाजका तर्फाट छानवीन हुनुपर्ने माग गर्दै अनसन बस्न लागेका हुन । विदोही नेता सुरेश आलेमगरको संयोजकत्वमा नख्खु कारागारमा रहेका बन्दीहरुको संर्घष समितिको निर्णय अनुसार अनसन गर्न लागिएको बताइएको छ । माओवादीको आरोपमा दुइ वर्षघि गिरफ्तार गरी महाराजगंजस्थित भैरब नाथ गणमा केही समय राखेर ४७ जनालाई एकैसाथ बेपत्ता पारिएको आरोप माओवादीको छ । सैनिक हिरासतबाटै एकैसाथ बेपत्ता पारिएका अखिल क्रान्तिकारीका नेता ज्ञानेन्द्र त्रिपाठी, पूर्ण पौडेल लगायतको छानवीन संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले गर्नुपर्ने माग गर्दै आमरण अनसनमा बस्न लागेको बन्दीको अवस्था बुझ्न नख्खु कारागार पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई व्रि्रोही नेता यादवले जानकारी गराएका छन । २०६० पुस भन्दा अघि समातिएका ४७ जना बन्दीलाई विभिन्न समयमा शिवपुरीको जंगलमा लगी सेनाले हत्या गरेको आरोप माओवादी पक्षले लगाउँदै आएको छ । कारागार ब्यवस्थापनसँग कारागारको सुधार र गैर न्यायिक हत्याको समेत छानवीन गर्नुपर्ने माग पनि अनसनमा बस्न लागेकाको माग हुने छ ।
January 4, 2006
Comments »
The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/04/130/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>