January 4, 2006

Filed under: News

देश भयंकर युद्धतर्फ
नेकपा -एमालेका महासचिव माधवकुमार नेपालले राजसंस्था शान्तिको पक्षमा नरहेको स्पष्ट भएको बताउनुभएको छ। राष्ट्रिय जनसांस्कृतिक मञ्च नेपालद्वारा मंगलबार आयोजित कार्यक्रममा उहा“ले रोल्पामा सेना पर्ठाई माओवादी र किसानहरूमाथि बर्बर दमन गरेर राज्यले माओवादीलाई युद्धमा ललकार्ने काम गरेको आरोप लगाउनुभयो। सत्ता सम्हालेर बसेकाहरूले नेपाली जनताको शान्तिको चाहनालाई निमोठ्ने कुचेष्टा गरेका छन्’, उहा“को भनाइ थियो- भयंकर युद्धतर्फदेशलाई लैजान निरंकुशतावादीहरूले षड्यन्त्र गरेका छन्।’ माओवादीले चारमहिने युद्धविराम भंग गर्नुमा राज्यपक्ष मात्र दोषी रहेको दोहोर्‍याउ“दै उहा“ले माओवादीलाई चिढयाएर युद्ध चर्काउन उनीहरूको ढाड भा“चिएको कुप्रचार गरिएको बताउनुभयो। हतियारको कमिसनबाट मालामाल हुन जनतालाई आतंकको अवस्थामा राखिराख्ने चालबाट मुक्त भई अब अन्तिम युद्ध लड्नुपर्ने उहा“ले बताउनुभयो। राजाको निरंकुशता र लोकतन्त्रको दुइवटा मात्र कित्ता रहेको उल्लेख गर्दै उहा“ले इतिहासले बा“की राखेका कामहरू अब सल्टाउनुपर्ने बताउनुभयो।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/04/131/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.