January 5, 2006

साहित्य

Filed under: Literature

  • हजुर
  • माफि दिनुस् आमा मलाई
  • ए चरी
  • थाहै नपाई
  • Diamond Jewelry

    Filed under: Literature

    A day of January 1st 2003…
    When I open my Eyes in the plain
    On the sky of Saudi Arabia
    I saw; some are puzzling in the earth
    I feel; Oh! Great! How beautiful are these…
    A gift as heaven of the God….
    I thanked to the God again and again
    To provided me a great chance
    To come in this Heaven for Bright Future.

    A second Day of the Afternoon!
    Oh! My God! I saw the field
    And Places of Sand all around
    After watching that event
    My heart is weeping with big tears
    It made me sad and bore

    At that time, I feel my motherland
    Calling me back in my country
    But I can’t…
    I am not able to go back
    Coz…!
    The rope of Contract, tight me
    For 3 three Years…

    And then often times, I scold
    To my certificates and my targets
    Often time, I upset on my dream…
    Coz! That sold me in this sand land.
    With Rayls for three years

    In the afternoon! When I lookup in the sky…
    I request to the god, to make me a bird
    Then fly to reach my country and motherland
    But can’t! The God; god ignored my pray.

    And again another night
    I saw the God Aalhaaa
    In this sand land
    And Showing me some gold
    In the sand land and singing
    Oh! Its makes me very happy
    And I feel; I am staying
    In the heaven with Gold
    But the day of afternoon!
    I feel; I am a bird in the case…
    Where, there are no ways to fly
    The days and nights are playing with me!
    And again a day of night; I saw Aalhaa
    He is telling me to stay in this Saudi Arabia
    And say! Open….!! Open….!! Open… your eyes!!

    He is telling me; if you open your eyes of heart!
    You can find Diamonds in this Sand Land…
    Which makes your future bright & wealthy
    Which makes your dream fulfill
    Open! Open your Eyes of heart..
    Its makes you wealthy of mind…!!

    He told me to stop the steps of foot
    Which is willing to go back in motherland
    He told me to join; Saudi Aramco Company!
    That makes you as a diamond of Sand land.

    As according as God Alahaa in Dream…
    I joined in Aramco as Computer Operator.
    I get there some friends as my parents
    I feel; Alahaa send them to teach me everything
    And day by day, I learned with them
    As a diamond of my dreams

    I got great, helpful friends & bosses
    In U-8/GPED/MPU-1 & UPED on my way.
    As bees gets flower for nectar…
    I am here for making gold & diamonds
    With my friends, sir and bosses

    Unfortunately! A day has came
    As last date of my contract
    Oh! I feel, I feel so bad and bore!
    Ya! I have got Diamond and Gold in this sand land
    I get Diamond on this Sand land
    I got the way of my dream & bright future
    I found here the way of successful life

    But!!
    Time has came here to leave this land
    It’s my pleasure to go back motherland

    But! I am not happy..!!
    Yes I gotGold and Diamond in this land
    Yes I got Gold and Diamond in different office

    But…
    Sir, Bosses!
    I am unable to made Jewelry from this…
    Which I got Diamond in Aramco
    I am unable to made Golden Jewelry
    Which I got Gold in this Sand Land?
    Sorry! Sorry to all and would like to say
    Bye Bye..!! Good Bye………

    Nilan Kumar Maharjan

    राजनीति र राजसंस्था

    Filed under: News

    सिंगो नेपाल राष्ट्रमा शाहवंशीय राजतन्त्रले २ सय ३५ बर्षको शासन पार गर्दै गर्दा राजसंस्था अहिले ईतिहासकै एउटा कठिन मोडमा आईपुगेको छ। राजसंस्था र जनताबीचको सम्बन्धमा हालैका बर्षहरुमा धेरै नै उतारचढाव आएको पाईन्छ। पार्टी नेताहरु भन्छन्- राजतन्त्रको भविष्य जनताप्रतिको समर्पणमा आधारित हुन्छ र दलहरुसंगको सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ। कार्यकारी अधिकार आफ्नो हातमा लिने र प्रत्यक्ष शासनभार आफैं ग्रहण गर्ने श्री ५ ज्ञानेन्द्रको निर्णयपछि राजसंस्था र राजनीतिक दलहरुबीचको शंकाको खाडल झन् फराकिलो बन्न पुगेको छ। यी कदमहरुलाई प्रमुख राजनीतिक दलहरुले सक्रिय राजतन्त्र पुन: ब्युंझिएको रुपमा हेरेका छन्। सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र वा गणतन्त्र? देश कुन बाटोमा अघि बढ्दैछ?

    माओवादी द्वन्दको दशक

    Filed under: News

    २०५२ साल फागुन १ गते नेपालमा माओवादी विद्रोहीहरूले जनयुद्धको शुरूवात गरे यता, देश इतिहासको एउटा अप्ठेरो कालखण्डसित जुधिरहेको छ। एउटै टेबलमा शक्ति र जीम्मेवारीको बांडफांड हुन सकिरहेको छैन। द्वन्द्वको यो दशकमा कसैको मिठो जीत नभए पनि धेरै नेपालीहरूको तीतो हार भैरहेको छ। राजसंस्था, राजनैतिक दलहरू र माओवादी विद्रोही एउटा त्रिकोणात्मक द्वन्द्वमा अल्झिएका छन् र त्यसको चपेटामा परेका छन् लाखौं नेपालीहरू।

    राजनैतिक घटनाक्रम
    बन्दुक बोक्ने बालिका
    संसदीय दलहरुको भूमिका
    माओवादी को हुन्
    राजनीति र राजसंस्था
    मानव अधिकारको प्रश्न
    जनताको पीर मर्का
    बिस्थापितहरुको ब्यथा
    बेपत्ता छन् उनी
    भारतको दृष्टिकोण
    नेपाल आमाको पुकार
    शान्तिको कामना

    राजनैतिक घटनाक्रम

    Filed under: News

    २०४६ सालमा बहुदलीय प्रजातान्त्रीक व्यवस्थाको पुनर्स्थापना भएपछि २०६१ सालको अन्त्यतिर आइपुग्दा नेपालको राजनीतिले अनेकौं मोडहरू लिइसकेको छ। अत्यन्त पिछडिएका र गरीबीको मारमा रहिआएका लाखौं नेपाली आफ्नो भाग्य बदलिने कुरामा विश्वस्त थिए। राजनीतिक दलहरु पनि संसदीय प्रजातन्त्रतर्फ अभ्यस्त हुंदै थिए। तर अधिकांश जनताले आफ्नो जीवनमा खासै सुधार आएको अनुभव गर्न सकेनन्। केन्द्रमा बेमेलपूर्ण राजनीतिक खिचातानीको क्रम आरम्भ भयो। अनि २०५२ साल फागुन १ गते रोल्पा, रुकुम, सिन्धुली र गोर्खाका प्रहरी चौकीहरुमाथि आक्रमण गरी माओवादी विद्रोहीहरुले जनयुद्वको शुरुवात गरे।

    परिणाम स्वरुप ११ हजार भन्दा बढी नेपालीको ज्यान गैसक्यो र अन्य लाखौंको जीवनमा यो द्वन्दले प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पारिसक्यो। द्वन्दको यो दशकमा रगतको रंग बाहेक अरु सबै रंग फिक्का फिक्का लाग्न थालिसक्यो। एउटा भाइले आफ्नो अर्को भाइलाई भाइकै रुपमा हेर्न छा‌डिसक्यो।

    बन्दुक बोक्ने बालिका

    Filed under: News

    नेपालको माटोमा कोइलीसंगै गाउंदै रमाउंदै हिंडनु पर्ने उमेरका केही बालिकाहरू अहिले वारूद र बन्दुकको भाषा वोल्न थालेका छन्। उनीहरू शोषण र उत्पीडनका कारण यो अवस्थामा आइपरेको बताउंछन्। उनीहरु भन्छन्- यो उनीहरुको आफ्नो अधिकारका लागि भैरहेको लडाईं हो। माओवादी प्रभावित क्षेत्रहरुमा एक घर एक छापामारको नारा दिएर घर घरबाट किशोर किशोरीहरुलाई प्रायजसो बलजफ्ती लगेर सैन्य पोशाक लागाईदिने र छापामार बनाउने काम हुने गरेको बताईन्छ। माओवादी पक्षले हामी बाल सेनाको प्रयोग गर्दैनौं भनेपनि बालबालिकाहरु द्वन्दमा संलग्न रहेका तस्वीर र समाचारहरु बारम्बार प्रकाशमा आउने गर्छन्। दुई थरीको शिक्षा - बुर्जुवा शिक्षा र जनवादी शिक्षाको कुरा सुन्ने गरिन्छ। तर १५ बर्षका केटाकेटीको हातमा बन्दुक थमाउने शिक्षा के सही ठहर्नसक्छ?

    संसदीय दलहरुको भूमिका

    Filed under: News

    बहुदलिय प्रजातन्त्रको पुनस्थापना पछि राजनैतिक दलहरुबाट सर्बसाधारणले निक्कै आशा र अपेक्षा राखेका थिए। जनताको त्यो चाहना पुरा भयो त ? सीप सिकाउने झुपडी र धान उमार्ने खेतको प्रतिक्षामा बसेका सर्वसाधारणले गएको एक दशकमा कि त ठूला ठूला महलहरुले भरिएको मैदान देखे कि हिंसाले भरिएको मैदान देखे। देशभक्ति भन्दा पनि कुर्सी भक्ति राजनीतिज्ञहरुको मिलनविन्दू बनेको धेरैले अनुभव गरे। देश राजनीतिक अनुसन्धानको एउटा प्रयोगशाला नैं बन्न पुग्यो। सरकार ढल्नु र बन्नु सामान्य खेलजस्तो लाग्न थाल्यो। एउटा सरकारको सरदर आयु १४ महिनाजति मात्र रह्यो। दलहरुले जनताको ह्रदय नजितेका होईनन् तर विकासको लहर कुना कन्दरासम्म पुग्न सकेन किन ?

    माओवादी को हुन्

    Filed under: News

    नेपालमा जारी द्वन्दमा हरेक साता सरदर २३ जनाको ज्यान गैरहेको छ। माओवादी विद्रोहीहरूलाई सरकार आतंककारी भन्ने गर्दछ - उनीहरू आफूलाई प्रगतिशील शक्ति भन्छन्। संवैधानिक राजतन्त्रको ठाउंमा कम्युनिष्ट शासन स्थापना गर्ने उद्देश्यले शुरु भएको भनिएको विद्रोहले मानवीय राजनैतिक तथा आर्थिक संकट उब्जाएको छ। माओवादीहरुको सैन्य क्षमता र युद्व अर्थतन्त्रमा वृद्वि हुंदै गएको देखिन्छ। तर विद्रोहले एउटा त्रासको संस्कृति भित्र्याएको छ। माओवादीहरु देशका प्रायजसो दुर्गम ग्रामीण क्षेत्रहरुमा आफ्नो नियन्त्रण रहेको र सरकार राजधानी तथा जिल्ला सदरमुकामहरुमा सिमित हुन पुगेको दाबी गर्दछन्। तर एकपछि अर्को सरकारको भनाई छ- हिंसा डर र त्रास देखाउनु मात्र नियन्त्रण होईन, जन समर्थन होईन।

    मानव अधिकारको प्रश्न

    Filed under: News

    नेपालमा विगत एक दशकमा मानव अधिकारको अवस्था तल्लो विन्दूमा पुगेको कुराप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै चिन्ता व्यक्त गरिंदैछ। मानिसको बांच्न पाउने अधिकार नै कुण्ठित हुन पुगेको छ। सुरक्षा दलले चलाएको गोली उछिट्टिएर निर्दोष महिलाको मृत्यु हुन्छ। माओवादीले छोडेर गएको बम चलाउंदा निर्दोष बालकको ज्यान जान्छ। यो द्वन्दमा दुवै पक्षले जितेको दाबी गरेपनि हार जनताकै भैराखेको छ। अन्तराष्ट्रिय समुदायमा मानव अधिकारको चरम उल्लंघन हुने राष्ट्रहरुको सूचिमा नेपालको नाम पनि जोडिन पुगेको छ। बेला बखतमा लागू हुने गरेको संकटकालले मानव अधिकारको अवस्थालाई झन् कमजोर विन्दूमा पुर्‌याईदिएको छ। व्यक्ति हत्या, एम्बुस र साना संगठित हमला गरेर राज्यलाई थकाउने र अस्तव्यस्त तुल्याउने रणनीति माओवादीहरुले लिएजस्तो देखिन्छ तर परिणाम- सामान्य नागरिकको जनजीवन अस्तव्यस्त भैरहेछ।

    जनताको पीर मर्का

    Filed under: News

    गत दश बर्षमा नेपाली जनताले भोग्नु परेका पीर मर्का पनि दश गुणा बढ्न पुगेको छ। संधै जसो हुने बन्द र नाकाबन्दीले मानिसहरु आफ्नै देशभित्र स्वतन्त्र रुपमा एक स्थानबाट अर्को स्थानमा हिंडडुल गर्न समेत नसक्ने अवस्थामा छन् । माओवादीहरुमा युद्ध सरदारवाद हावी भैरहेको र उनीहरु निरंकुश बन्दै गैरहेको बताईन्छ। सुरक्षा हिरासतमा रहेका मध्ये धेरैलाई यातना दिने र बलजफ्ती बयानमा सही गर्न लगाउने गरिन्छ भन्ने अनुसन्धानकर्ताहरुको भनाई छ। प्रमुख राजनीतिक दलका नेताहरु भन्छन् - लोकप्रियता नै जाँच्ने हो भने माओवादीहरु निर्वाचनमा आउने साहस गरून्। द्वन्द्वको चपेटामा परेर अन्धा अपांग हुनेहरुको संख्या पनि बढ्दो छ। मानवअधिकारवादीहरु भन्छन् - द्वन्द्वमा संलग्न दुवैपक्षबाट जनताको हक अधिकारको हनन् भैरहेको छ।

    बिस्थापितहरुको ब्यथा

    Filed under: News

    नेपालमा द्वन्दबाट बिस्थापित मानिसहरु देश भित्रै बिर्सिएका नागरीक बन्न पुगेका छन्। भारत र अन्य मुलुकहरुमा भौंतारिन बाध्य भएका छन्। नेपालीहरु आफ्नै गाँउठाँउबाट विस्थापित हुन पुगेका छन्। आफ्नै देशभित्र शरणार्थीहरुको जस्तो अवस्थामा बाँच्न बाध्य भएका छन्। सरकारले गाँस, बास र कपासको व्यवस्था गर्न नसकेको उनीहरुको गुनासो छ। आफ्ना आमाबाबु द्वन्द्वमा मरिसकेकाले सयौं केटाकेटीहरु कलिलो उमेरमै विस्थापित जीवन विताउन बाध्य भएका छन्। राष्ट्र संघीय बाल कोषको एक अनुमान अनुसार कम्तीमा ३० हजार केटाकेटी आफ्नो घर परिवारबाट छुट्टिएर बलपूर्वक श्रममा सामेल हुन बाध्य भएका छन्। उनीहरु अस्वस्थ र कठिन परिस्थितिमा बाँचिरहेका छन्। सुरक्षाकर्मीहरुका कारण विस्थापित हुन पुगेकाहरुको अवस्था त झन् दयनीय भेटिन्छ। राज्यले नागरिकहरुप्रतिको आफ्नो कर्तव्य ईमानदारीका साथ निर्वाह गर्न नसकिरहेको गुनासो सुनिन्छ।

    बेपत्ता छन् उनी

    Filed under: News

    नेपालमा द्वन्दकै क्रममा हरेक दिन एक जना भन्दा बढी बेपत्ता हुने गरेको कुरा एक अध्ययनमा जनाइएको छ। द्वन्द्वको क्रममा मानवीय संवेदनशीलताको कमी स्पष्ट रूपमा देखिन थालेको छ। विश्वमा अरु राष्ट्रमा भन्दा नेपालमा बेपत्ता पारिएकाहरुको संख्या निक्कै बढ्दै गैराखेको नेपाल भ्रमण पछि राष्ट्रसंघको एक समूहको निष्कर्ष थियो। बेपत्ता पारिएको मानिस जीवित छ कि छैन भन्ने कुरामा द्विविधा हुँदा उसको परिवारका लागि त्यो भन्दा ठूलो यातना अरु केही हुन सक्दैन। उनीहरुले दिनरात मानसिक यातना भोगिरहेका हुन्छन्। यसरी बेपत्ता हुँदा एउटा मान्छे आफ्नो आफन्तको दृष्टिमा पलपल मरिरहन्छ, बाँचिरहन्छ अनि फेरी मरिरहन्छ। यो क्रम कहिले हुने हो साम्य ?

    भारतको दृष्टिकोण

    Filed under: News

    नेपालको माओवादी विद्रोहमा बेलाबखत भारतको नाम चर्चामा आउने गर्छ। भारतसितको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धको कारण नेपालका घटनाहरुमा भारत नै सबभन्दा महत्वपूर्ण बाहिरी प्रभावित रहिआएको छ। दुई देशबीचको खुल्ला सिमानाले विद्रोहको नियन्त्रणमा एउटा कठिन स्थिति उत्पन्न गराई राखेको छ। माओवादी विद्रोही नेताहरुको भनाईमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद शान्तिपूर्ण राजनीतिक समाधानका मुख्य बाह्य अवरोध रहिआएका छन्। माओवादीहरुका ४० वटा मागहरु मध्ये पहिलो ८ वटा नेपाल - भारत सम्बन्धहरुका प्रश्नहरुसितै सम्बन्धित छन्। भारतले नेपालको संकटबाट फाईदा उठाउन खोजिरहेको आरोप समेत सुन्नमा आउने गर्दछ।

    नेपाल आमाको पुकार

    Filed under: News

    संयुक्त राष्ट्र संघका सहायक महासचिव कुलचन्द्र गौतमले एक पटक लेख्‍नु भएको थियो - नेपालको द्वन्द्वमा संलग्न तीनै पक्ष - राजा, माओवादी र संसदीय दल, सबैले नेपाली जनतालाई केही न केही राम्रो कुरा दिन सक्छन्। एउटा सच्चा संवैधानिक राजतन्त्र राष्ट्रिय एकता र स्थिरताको प्रतीक बन्न सक्छ। सामाजिक न्याय र आर्थिक व्यवस्थाका लागि माओवादी एजेण्डाका केही पक्षले लामो समयदेखि चलि आएको भनिएको अन्यायोचित अवस्थाको अन्त्य गर्न सहयोग पु-याउन सक्छ। सुशासनयुक्त आधुनिक बहुदलिय प्रजातन्त्रले २१औं शताव्दीमा विश्वको प्रगतिशील प्रजातन्त्रको मूलधारमा नेपाललाई समावेश गर्न मद्दत पुग्न सक्छ। नेपाल आमाले रोई कराई गरेको यो पुकार सुन्न तीनै पक्षबीचको गहिरो अविश्वासको वातावरण समाप्त हुनु आवश्यक छ .

    शान्तिको कामना

    Filed under: News

    नेपाल राष्ट्रको सतह जति नैं खल्बलिए पनि विश्लेशकहरु भन्छन् यस्को जग अति नैं बलियो छ। यो द्वन्द्वलाई धान्न सक्ने समाज बन्दुक शान्त भयो र राजनैतिक स्थिरता हासिल भयो भने कति माथि उठ्ला? द्वन्द्वरत पक्ष नदीका दुई किनार होईनन् जो कहिल्यै मिल्न सक्दैनन्। एकअर्कालाई काँडा होईन फूलको आँखाले हेर्नुपर्ने अवस्था आईपरेको छ। गोली भन्दा पनि बोली अघि सार्नु पर्ने समयको माग बन्न पुगेको छ। आखिर सबैभन्दा महत्वपूर्ण कुरा त राष्ट्र न हो। श्री ५ ज्ञानेन्द्रदेखि नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईरालासम्म, माओवादी विद्रोहीहरुका अध्यक्ष प्रचण्ड देखि दुर्गम पहाडी जिल्लाका सर्वसाधारणहरुसम्म सबैको चाहना र कामना त शान्ति नै हो। कसैले उपेक्षित अनुभव गर्न नपरोस् । एउटा बलियो समाजको सृजना हुन पुगोस्, भावी सन्ततिको भविष्य उज्जवल होस् र आफ्नो देशमा शान्तिपूर्वक बस्न पाईयोस्। धेरै नेपालीहरुको सोचाईमा देशनिर्माणमा अब केवल एउटा पवित्र प्रयासको खाँचो छ।

    References: BBC Nepali

    युद्धविराम भंग भएकोमा अमेरिका चिन्तित

    Filed under: News

    माओवादी विद्रोहीहरुले एकतर्फी युद्धविराम भङ्ग गरेकोमा संयुक्त राज्य अमेरिकाले पनि गहिरो चिन्ता ब्यक्त गरेका छ।
    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता शिन मक्कोरमकले आफ्नो प्रतिकृया दिंदै हिंसा पुन: शुरु गर्ने कुनैपनि बहाना स्विकार्य नहुने बताउनु भएको छ।

    उहाँले भन्नु भयो “अमेरीकाले माओवादीहरुलाई हिंसा त्यागी राजनीतिक मूलधारमा आउन लगातार आग्रह गरी आएकै हो तर यो बेला युद्धविरामको अन्त्य गर्ने कदमले त्यो दिशामा सहयोग नपु-याउने मात्र होइन यो त्यसका विपरीत समेत भएको छ।”

    नागरिक अधिकार र मानव अधिकारप्रति पूर्ण सम्मान सहितको बहुदलीय प्रजातन्त्र दिगो शान्ति स्थापना गर्न अत्यावश्यक छ, अमेरीकी विदेश मन्त्रालयका प्रवक्ता शिन मक्कोरमक चार महिनादेखि जारी माओवादी युद्धविराम भंग गर्ने निर्णयलाई छिमेकी भारतले तत्कालै दुर्भाग्यपूर्ण भएको संज्ञा दिएको थियो।

    त्यसको भोलिपल्ट संयुक्त राष्ट्र संघले संघर्ष चर्किने संभावनाप्रति गहीरो चिन्ता ब्यक्त गरेको थियो।

    भारत, योरोपेली युनियन र संयुक्त राष्ट्र संघले माओवादी युद्धविरामको खुला स्वागत गरेका थिए तर अमेरीकाले सतर्कतापूर्ण टिप्पणी गर्दै पर्ख र हेर भन्ने नीति लिएको थियो।

    माओवादी युद्धविराम भंग हुँदा भने अन्तराष्ट्रीय समुदायका अरु सदश्यहरुले जस्तै अमेरिकाले पनि गम्भिर चिन्ता ब्यक्त गरेको छ।

    काठमाडौंस्थित अमेरीकी दूतावासद्वारा वितरीत प्रवक्ता मक्कोरमकको विज्ञप्तिमा सरकारलाई राजनीतिक दलहरुसंग हात बढाउन अमेरिकी आग्रह दोहो-याइएको छ।

    प्रजातन्त्रमा फर्किन र शान्ति पुन: स्थापना गर्न सरकारले दलहरुसंग हात बढाउनु अत्यन्त जरुरी भैसकेको अमेरिकाको भनाई छ।

    प्रवक्ता मक्कोरमकले नागरिक अधिकार र मानव अधिकारप्रति पूर्ण सम्मानसहितको बहुदलीय प्रजातन्त्र दिगो शान्ति स्थापना गर्न अत्यावश्यक भएको बताउनु भयो।

    माघ १९ को शाही कदमको आलोचना गर्न अमेरिका प्रजातन्त्र पुर्नवहालीका निम्ति राजालाई दबाव दिन भनेर सैनिक साहयता स्थगित गर्ने देशहरु मध्येको एक हो।

    तर त्यस्तो अन्तराष्ट्रीय दबावको परिणाम अहिलेसम्म देखिएको छैन।

    Filed under: News

    चन्द्रसँग विदाइको क्षण

    चन्द्र सिं गुरुङ, गोरखाका निवासी हुन् उनलाई मैले सन् २००२ को नोभेम्बरमा एस. ओ. एस. म्यान पावर कम्पनीमा पहिलोपल्ट भेटेको थिएँ । पातलो अग्लो कद भएको कालो कालो हिस्सी परेको वर्ण देखिने एउटा सभ्य परिवार र शिक्षितवर्गको हुनुहुन्थ्यो, उहाँ । त्यतिवेला देशको परिस्थिति र समयको माग भनुया घरायसी समस्याका कारण म पनि विदेसिन लालायित थिएँ ।


    चन्द्र सिं गुरुङ (वीचमा)

    त्यस वखत अरेवियन फाल कम्पनीले केहि संख्यामा अफिस एड्मिनिस्टेसन एसिस्टेन्ट अथवा सेक्रेटरी भनुया सिधै सामान्य भाषामा भन्ने हो कम्प्युटर अपरेटरको लागि केहि भिसाहरु त्यहाँ छोडेको रहेछ ।

    अन्तर्वार्ता दिने दिन हामी लगभग ९, १० जना थियौं ती मध्येबाट केहि अण्डर ऐजका कारण डिसेलेक्ट भए भने कतिले मेडिकल फेलका कारण साउदी भित्र्न छिर्न र्समर्थ रहेनन् । अन्तमा साउदी अरेविया भित्र्ने क्रममा हामी दुइ मात्र भयौं ।

    नोभेम्बर ०२, २००२ का दिन हाम्रो एकैदिनको फ्लाइट काठमाडौं देखि कतारको दोहा हुँदै वहराइन ओर्लिएर दमामसम्मको भएपनि टिकटमा केहि समस्याका कारण चन्द्र जीको फलाईट डिले भएको थियो भने मेरो उडान चाँहि सोही दिन भयो । करिव पन्ध्रदिनपछि उहाँको पनि फ्लाईट कन्फर्म भएछ । हामीहरु दुवैजना लगभग २ महिनाको अन्तरालमा अरवियन फालको रियाद प्रोजेक्टमा भेट भयौं ।

    दिनहरु, हप्ता हुँदै महिना र वर्षमा परिवर्तन हुदै गए, हिजो मात्र आएको जस्तो लाग्थ्यो तर ३ साल वितिसकेको पत्तै भएन । यिनै क्रममा थुप्रै साथीहरु वनाइयो । कहिले साथीहरु वीच झगडा पनि गरियोहोला, कहिले दुःख सुखका पलहरु संगालेर वाँडने कोसिस पनि गरियो ।

    तीन सालको यो अवधिमा चन्द्र सिं गुरुङ साउदी अरेवियाबाट विदा लिएर मातृभूमि र्फकनु भएको छ । उहाँले साउदी अरेवियामा दुःख पाएका चेलीहरुको उद्धार लागि केहि गरौं भन्ने मनस्थिति राखेर कोर्डिनेट गर्दागर्दै कार्यक्रमलाई मूर्त रुप दिन नभ्याएँदै नेपाल र्फकनु भयो उहाँको यो छोटो वर्साईको ठूलो उपलव्धी हुन नसके पनि वाटो भने खोलिएको छ । साथ दिने हातहरु वढे भने उहाँको सपना साकार हुन वेर नलाग्ला ।

    आज उहाँको विदाइ पछि मनमा निकै नियास्रो जागेको छ । एउटा हितैषी मित्रलाई विदा गर्दा कसको आँखामा दुःखका पर्यायवाचीहरु नवग्लान् र तैपनि सवै साथीहरुले विदाइको क्षणमा विदा गर्न मन नलागी नलागी बाहिरी आवरणमा हाँसो दिएर चन्द्रजीलाई विदा गर्नु भयो । म उहाँसंगै हेड अफिस रहिमा तथा जहिमा क्यापसम्म पुगे तर फर्कने वेलामा उहाँसंग विदा माग्न पनि सकिन । आँखाहरु रसाएर आए, मन थाम्न सकिन । सायद मेरो मनले एकतर्फसोच्दै थियो अव पुन चन्द्रजीलाई म सायदै जीवनमा भेटन सकुँला भन्ने, अर्को एक मनले खुशी भावहरु सहित शुभकामना दिंदै थियो । “अर्काको देशमा मलजल गर्नुभन्दा आफ्नो देशको माटोलाई सिंचित गर्नुपर्छ ।”

    केहि आफैं वोल्ने चित्रहरु:























    Thank you for visiting my blog.