युद्धविराम भंग भएकोमा अमेरिका चिन्तित
माओवादी विद्रोहीहरुले एकतर्फी युद्धविराम भङ्ग गरेकोमा संयुक्त राज्य अमेरिकाले पनि गहिरो चिन्ता ब्यक्त गरेका छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता शिन मक्कोरमकले आफ्नो प्रतिकृया दिंदै हिंसा पुन: शुरु गर्ने कुनैपनि बहाना स्विकार्य नहुने बताउनु भएको छ।
उहाँले भन्नु भयो “अमेरीकाले माओवादीहरुलाई हिंसा त्यागी राजनीतिक मूलधारमा आउन लगातार आग्रह गरी आएकै हो तर यो बेला युद्धविरामको अन्त्य गर्ने कदमले त्यो दिशामा सहयोग नपु-याउने मात्र होइन यो त्यसका विपरीत समेत भएको छ।”
नागरिक अधिकार र मानव अधिकारप्रति पूर्ण सम्मान सहितको बहुदलीय प्रजातन्त्र दिगो शान्ति स्थापना गर्न अत्यावश्यक छ, अमेरीकी विदेश मन्त्रालयका प्रवक्ता शिन मक्कोरमक चार महिनादेखि जारी माओवादी युद्धविराम भंग गर्ने निर्णयलाई छिमेकी भारतले तत्कालै दुर्भाग्यपूर्ण भएको संज्ञा दिएको थियो।
त्यसको भोलिपल्ट संयुक्त राष्ट्र संघले संघर्ष चर्किने संभावनाप्रति गहीरो चिन्ता ब्यक्त गरेको थियो।
भारत, योरोपेली युनियन र संयुक्त राष्ट्र संघले माओवादी युद्धविरामको खुला स्वागत गरेका थिए तर अमेरीकाले सतर्कतापूर्ण टिप्पणी गर्दै पर्ख र हेर भन्ने नीति लिएको थियो।
माओवादी युद्धविराम भंग हुँदा भने अन्तराष्ट्रीय समुदायका अरु सदश्यहरुले जस्तै अमेरिकाले पनि गम्भिर चिन्ता ब्यक्त गरेको छ।
काठमाडौंस्थित अमेरीकी दूतावासद्वारा वितरीत प्रवक्ता मक्कोरमकको विज्ञप्तिमा सरकारलाई राजनीतिक दलहरुसंग हात बढाउन अमेरिकी आग्रह दोहो-याइएको छ।
प्रजातन्त्रमा फर्किन र शान्ति पुन: स्थापना गर्न सरकारले दलहरुसंग हात बढाउनु अत्यन्त जरुरी भैसकेको अमेरिकाको भनाई छ।
प्रवक्ता मक्कोरमकले नागरिक अधिकार र मानव अधिकारप्रति पूर्ण सम्मानसहितको बहुदलीय प्रजातन्त्र दिगो शान्ति स्थापना गर्न अत्यावश्यक भएको बताउनु भयो।
माघ १९ को शाही कदमको आलोचना गर्न अमेरिका प्रजातन्त्र पुर्नवहालीका निम्ति राजालाई दबाव दिन भनेर सैनिक साहयता स्थगित गर्ने देशहरु मध्येको एक हो।
तर त्यस्तो अन्तराष्ट्रीय दबावको परिणाम अहिलेसम्म देखिएको छैन।