बन्दुक बोक्ने बालिका

नेपालको माटोमा कोइलीसंगै गाउंदै रमाउंदै हिंडनु पर्ने उमेरका केही बालिकाहरू अहिले वारूद र बन्दुकको भाषा वोल्न थालेका छन्। उनीहरू शोषण र उत्पीडनका कारण यो अवस्थामा आइपरेको बताउंछन्। उनीहरु भन्छन्- यो उनीहरुको आफ्नो अधिकारका लागि भैरहेको लडाईं हो। माओवादी प्रभावित क्षेत्रहरुमा एक घर एक छापामारको नारा दिएर घर घरबाट किशोर किशोरीहरुलाई प्रायजसो बलजफ्ती लगेर सैन्य पोशाक लागाईदिने र छापामार बनाउने काम हुने गरेको बताईन्छ। माओवादी पक्षले हामी बाल सेनाको प्रयोग गर्दैनौं भनेपनि बालबालिकाहरु द्वन्दमा संलग्न रहेका तस्वीर र समाचारहरु बारम्बार प्रकाशमा आउने गर्छन्। दुई थरीको शिक्षा - बुर्जुवा शिक्षा र जनवादी शिक्षाको कुरा सुन्ने गरिन्छ। तर १५ बर्षका केटाकेटीको हातमा बन्दुक थमाउने शिक्षा के सही ठहर्नसक्छ?