संसदीय दलहरुको भूमिका

बहुदलिय प्रजातन्त्रको पुनस्थापना पछि राजनैतिक दलहरुबाट सर्बसाधारणले निक्कै आशा र अपेक्षा राखेका थिए। जनताको त्यो चाहना पुरा भयो त ? सीप सिकाउने झुपडी र धान उमार्ने खेतको प्रतिक्षामा बसेका सर्वसाधारणले गएको एक दशकमा कि त ठूला ठूला महलहरुले भरिएको मैदान देखे कि हिंसाले भरिएको मैदान देखे। देशभक्ति भन्दा पनि कुर्सी भक्ति राजनीतिज्ञहरुको मिलनविन्दू बनेको धेरैले अनुभव गरे। देश राजनीतिक अनुसन्धानको एउटा प्रयोगशाला नैं बन्न पुग्यो। सरकार ढल्नु र बन्नु सामान्य खेलजस्तो लाग्न थाल्यो। एउटा सरकारको सरदर आयु १४ महिनाजति मात्र रह्यो। दलहरुले जनताको ह्रदय नजितेका होईनन् तर विकासको लहर कुना कन्दरासम्म पुग्न सकेन किन ?