माओवादी को हुन्

नेपालमा जारी द्वन्दमा हरेक साता सरदर २३ जनाको ज्यान गैरहेको छ। माओवादी विद्रोहीहरूलाई सरकार आतंककारी भन्ने गर्दछ - उनीहरू आफूलाई प्रगतिशील शक्ति भन्छन्। संवैधानिक राजतन्त्रको ठाउंमा कम्युनिष्ट शासन स्थापना गर्ने उद्देश्यले शुरु भएको भनिएको विद्रोहले मानवीय राजनैतिक तथा आर्थिक संकट उब्जाएको छ। माओवादीहरुको सैन्य क्षमता र युद्व अर्थतन्त्रमा वृद्वि हुंदै गएको देखिन्छ। तर विद्रोहले एउटा त्रासको संस्कृति भित्र्याएको छ। माओवादीहरु देशका प्रायजसो दुर्गम ग्रामीण क्षेत्रहरुमा आफ्नो नियन्त्रण रहेको र सरकार राजधानी तथा जिल्ला सदरमुकामहरुमा सिमित हुन पुगेको दाबी गर्दछन्। तर एकपछि अर्को सरकारको भनाई छ- हिंसा डर र त्रास देखाउनु मात्र नियन्त्रण होईन, जन समर्थन होईन।