जनताको पीर मर्का
गत दश बर्षमा नेपाली जनताले भोग्नु परेका पीर मर्का पनि दश गुणा बढ्न पुगेको छ। संधै जसो हुने बन्द र नाकाबन्दीले मानिसहरु आफ्नै देशभित्र स्वतन्त्र रुपमा एक स्थानबाट अर्को स्थानमा हिंडडुल गर्न समेत नसक्ने अवस्थामा छन् । माओवादीहरुमा युद्ध सरदारवाद हावी भैरहेको र उनीहरु निरंकुश बन्दै गैरहेको बताईन्छ। सुरक्षा हिरासतमा रहेका मध्ये धेरैलाई यातना दिने र बलजफ्ती बयानमा सही गर्न लगाउने गरिन्छ भन्ने अनुसन्धानकर्ताहरुको भनाई छ। प्रमुख राजनीतिक दलका नेताहरु भन्छन् - लोकप्रियता नै जाँच्ने हो भने माओवादीहरु निर्वाचनमा आउने साहस गरून्। द्वन्द्वको चपेटामा परेर अन्धा अपांग हुनेहरुको संख्या पनि बढ्दो छ। मानवअधिकारवादीहरु भन्छन् - द्वन्द्वमा संलग्न दुवैपक्षबाट जनताको हक अधिकारको हनन् भैरहेको छ।