शान्तिको कामना
नेपाल राष्ट्रको सतह जति नैं खल्बलिए पनि विश्लेशकहरु भन्छन् यस्को जग अति नैं बलियो छ। यो द्वन्द्वलाई धान्न सक्ने समाज बन्दुक शान्त भयो र राजनैतिक स्थिरता हासिल भयो भने कति माथि उठ्ला? द्वन्द्वरत पक्ष नदीका दुई किनार होईनन् जो कहिल्यै मिल्न सक्दैनन्। एकअर्कालाई काँडा होईन फूलको आँखाले हेर्नुपर्ने अवस्था आईपरेको छ। गोली भन्दा पनि बोली अघि सार्नु पर्ने समयको माग बन्न पुगेको छ। आखिर सबैभन्दा महत्वपूर्ण कुरा त राष्ट्र न हो। श्री ५ ज्ञानेन्द्रदेखि नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईरालासम्म, माओवादी विद्रोहीहरुका अध्यक्ष प्रचण्ड देखि दुर्गम पहाडी जिल्लाका सर्वसाधारणहरुसम्म सबैको चाहना र कामना त शान्ति नै हो। कसैले उपेक्षित अनुभव गर्न नपरोस् । एउटा बलियो समाजको सृजना हुन पुगोस्, भावी सन्ततिको भविष्य उज्जवल होस् र आफ्नो देशमा शान्तिपूर्वक बस्न पाईयोस्। धेरै नेपालीहरुको सोचाईमा देशनिर्माणमा अब केवल एउटा पवित्र प्रयासको खाँचो छ।
References: BBC Nepali